सेलिना म आयरल्याण्ड आइपुगे
निलो आकासमुनि मुस्कुराई रहने
चादी जस्ता हिमाल छाडी आए
तिम्रो सहर सुदुर पश्चिम युरोप
हरदिन कालो बादल मडारिने आकाश
ऊडाउलाझै गरि घोचेट्ने बतास
तिमीले देखाएका सपना बोकी
चाहर्दैछु “डब्लिनका ” हरगल्ली
यो जीवन गुजाराको लागि
कामको खोजीमा हिड्दैछु
दिनको एक झोला सी भी बोकी
म बाड्दै छु हर डॊर टू डॊर
भेटे म जस्तै सपनाका भरियाहरु
यो सहरमा बिसौनीको खोजीमा
७५% तिम्रा झुटा अस्वसनले
पिल्सिएका हामी के भनौ ?
आज बल्ल बल्ल काम पाए
साँझ भर भाडा माझ्ने गर्छु
२० युरो तलब पाउछु ” सेली ”
यहाको महंगीमा कसरि धान्ने ?
यहाँ आको ३० दिनमा भिसा लगाउनु छ
३०० युरो फिस लग्नेकुरा भन्न भुलिछेउ
भिसाको लागि बैंक ब्यालेन्स ३००० युरो
पी आर कोकुरा तिम्रो ! मृग तृष्णा रहेछ
आइ यल टि यस गरेकै हो नि नेपालमा
कलेजमा सबै नेपाली हिन्दि बोल्छन
पढ्ने सबै छिमेकि देश भन्दा अरुको छ र ?
राज थापा
आयरल्याण्ड !
(स्रोत : रचनाकार स्वयंले ईमेल(Kritisangraha@gmail.com)मा पठाईएको)