~गणेश भट्ट ‘अणु’~
चामल लैजानुस बियाँ दिएर जानुस
मान्छ भने खेत अधिँया दिएर जानुस
हात छैन माग्नेले खुट्टा फैलाईरहेछ
छ भने केहि रुपिँया दिएर जानुस
भोलि देखि सरकार सुत्ने बेला झस्किन्छ
आज टायरको तकिया दिएर जानुस
पिउने बेला मुख कस्तो बनाउँछ हेर्नुछ
तपाइँ जडाय्हालाई चिया दिएर जानुस
मर्नै बेला पिँजडाको सुगाले सुनायो
बाच्नेलाई त दुनिँया दिएर जानुस
गणेश भट्ट ‘अणु’
गोरखा
हाल काठमाडौं
(स्रोत : UNN.com )