आगो माग्न आयौ तिमी मेरो अँगेनीमा
आगो होइन आँसु दिएँ झार्दै परेलीमा
आफै वाचा गरिकन कसम आफै खायौ
आफ्नै कुरा गरिकन मेरो हात माग्यौ
ओत माग्न आयौं तिमी मेरो बलेँसीमा
ओत होइन झरी दिएँ झार्दै परेलीमा
सबाल धैरै गरिकन जवाफ आफै दियौ
देखाएथे औंला मात्र हत्केला नै लियौं
पानी माग्न आयौ तिमी मेरो पधेँरीमा
पानी होइन तिर्खा दिएँ भर्दै अम्खोरीमा
– श्रमिक बराल, पोखरा
(स्रोत : UNN.com)