~इश्वर चाम्लीङ्ग~
जूनले पनि सोध्यो मलाई बतासले सोध्यो मलाई
ए परदेशी
यतिन्जेल कहाँ थियौ किन माया मारयौ यो गाँउलाई
साथी भाई सँगि सबै गाँउ छाडेर भागिसकेछन्
दिनहुँ नै गोली चल्ने संयौ गाँउले मारिएछन्
कुलले पनि भुल्यो की मलाई फूलले पनि सोध्यो मलाई
ए परदेशी
यतिन्जेल कहाँ थियौ किन माया मारयौ यो गाँउलाई
आमा दिदी बहिनी मात्रै करैले यहाँ बस्दा रहेछन्
छाती भित्र पिरै पिर पालेर दिन काट्दा रहेछन्
गाँउ पुग्दा दुख्यो मलाई गाँउले सबले सोधे मलाई
ए परदेशी
यतिन्जेल कहाँ थियौ किन माया मारयौ यो गाँउलाई
6th jan,2007
Bijayakharka, Khotang
(स्रोत : Dobato )