असारको बर्षा सुरु भएर पनि गाँउघरमा रोपाईको रमझम र चटारो छैन । युवाहरु पलाएन भएर , पानी भएर पनि खेतका ग–ह्राहरु हिलाम्मे छैनन् । गोरु भएर पनि जोत्ने हलीहरु छैनन् । धान रोप्ने महिलाहरुका चुरा बजेका छैनन् खेतमा पाईला टेक्ने उनिहरुको जागर छैनन् । परार साल बिहे गरेर सुहागरातको भोलि पल्ट बिदेशिएको पल्ला घरे काकाका छोराको यादले मेरो मन भक्कानियको छ । पोहर साल मैले बिदेशमा फोन गरेर भनेको थिए । गाँउ घरमा सबैको रोपाई सकियो । तिम्रो खेत बाझै छ के भनौ तिम्रो श्रीमतिको चाला ठिक छैन भन्दा , गल्ति मेरै हो दाई , मैले गर्न नहुने काम गरे । याहाँ बिदेश आएर थाहा पाए नेपालीहरुको पिडा । सबैले पैसाको लोभले गर्दा आफ्नो घर ब्यवहार पारिवारीक जिन्दगी चकनाचुर भएको छ । दाई मैले घरमा ठिक्क पैसा पठाएको छु ।
खेतबारी बाँझो भए ठाँउ छोडदैन । बिहे गरेर छोडेर आएको मेरी श्रीमतीको बेदना अहिले म बुझ्दैछु । गाँउ घरमा कुरा काटेर नहेप्नु होला । म फर्कि नआउन्जेल घरमा भए म आए पछि सबै कुरा मिलाउला याहाँ साथिहरुको घटनाले मलाई दिन रात सुख चयन छैन । ओभर टाईम गरेर अलि पैसा कमाएर छिटै घर फर्किने छु । अहिले राम्रो काममा हात लागेको छ । फोन गरेकोमा धेरै धेरै धन्यवाद दाई ।
फोन गरेको एक महिना पछि भाई आएन बक्सामा बन्द भएर लास घरमा आई पुग्यो । दुई दिन श्रीमान संग बिताएर कलकलाउदो उमेरमा बुहारी बिधवा भई नारी समाज , नारी चेतना समुह र सामाजिक संस्थाको अगुवाईमा बुहारीले दाह संस्कार गरे । सेता बरखी नबारी केही महिनामै रातो लुगा र तिलहरी लगाई । बिदेश बाट बिमा र अरु पैसाहरु गरी दश , बाह्र लाख लिएर अहिले बुहारी अतोपत्तो छैन ।
आज राती पानी परेर काका बा को घर गोठ केहि छैन । धेरै समय बाँझो रहेको ले होला । करेसा बारीहरुमा छिद्रबाट पानि धसेर जग्गा जमिनले पनि बाँझोपन सहन नसकेर होला ठाउँ सरेर ठुलो पहिरोले सबै परीवारहरुको लास अतोपत्तो छैन। म कसलाई फोन गरुँ मेरा हातहरु थर थर कापि रहेका छन् ।
सांगा ५ काभ्रे
July 21, 2014
(स्रोत : Sahityasansar.com )