~राजेन्द्र श्रेष्ठ~
हामी प्रवासी नेपालीहरूले देशप्रतिको गहिरो मायाँ र राष्ट्रिय भावनाका साथ देशको आर्थिक अबस्थालाई कमजोर बन्न नदिनको लागि रातो दिन अरबको तातो घाममा रगत र पसिना बगाई रहेको कुरात दिनको घाम जतिकै छर्लङ्गछ। हामीलाई कुनै स्वार्थ छैन ताकी हामीले देश र जनताप्रति गैरजिम्मेवार हुनु परेको होस्, हामीलाई यतिमात्र आशा छ, हाम्रो देशमा शान्ति सुरक्षाको ग्यरेण्टी होस, नयाँ गनतान्त्रीक संंविधान बनोस, आम जनताले शान्तिको सास फेर्न पाओस, स्थिाई सरकार बनोस र देशलाई अग्रगामिदिशामा अगाडी बढाओस जाहाँ कोही पनि नेपाली बेरोजगारी, अशिक्षित, अभाव, भोकमारी र एक ट्याबलेट औषधिको कमिले अकालमा ज्यान गुमाउन नपरोस। यही आशा र अभिलाशाका साथ नेपाली जनताले पटक पटक गरेको बलिदानीपूर्ण आन्दोलनहरूले देशको घुम्ने कुर्चिमा बस्ने मान्छेहरू फेरीदिएको छ। राणको कुर्ची राजा लाई दिलाएको थियो, भने पंञ्चको कुर्ची बहुदललाई, बहुदलमा पनि ठुला दलका ठुला नेताहरूलाई।
बहुदल र संवैधानिक राजतन्त्रको कुर्चि खोसेर लोकतन्त्र र राष्ट्रपतिय प्रणली वा गणतन्त्रमा आइपुग्दा सम्म हजारौ जनताले वलिदानी र रगत पसिना बगाएको कुरात हामीलाई भन्दा ति कुर्चीमा बस्ने नेताहरूलाई बढिनै जानकारी हुनुपर्दछ। तर पनि उनीहरूले जाने पनि नजानेको जस्तै, देखे पनि नदेखे जस्तै गरेको छ। हुनत हाम्रा एउटा उखानै छ, अचनाको चोट खुकुरीलाई के थाहा, याहाँ पनि जनताको चोट हाम्र नेताहरूलाई के थाहा उनिहरूलाई खाली एउटा कुरा थाहा छ। त्यो हो कुर्ची.. कुर्चि पाए सबै राम्रो नपाए सबै नराम्रो देख्छन र नेपाली जनतालाई बारबार एउटा शब्दजाल फ्याकी रहन्छ यो सब सहमतिको लागि गरेको हो। आज बार्ता गर्छ एउट निश्कर्ष निकाल्छ, त्यो हो बार्ता गर्ने सहमति भयो भोली पनि त्यही हुन्छ। पर्सि पनि त्यही एवं रितिले चल्दा चल्दै संविधान सभाको दुईबर्षे समय अवधि पनि सकियो थप गरिएको एक बर्षे समय पनि विस्तारै जादैछ पाँच पाँच पटक सम्म पनि ६०१ जानाले एउटा कामचलाउ सरकारलाई विदा गरेर अर्को नयाँ सरकार दिन सक्दैन हाम्रो देशको यो पुराने चलन हो पहिला भत्काउछन, विगारछन, काटछन, अनि बनाउन, सुधारन र सिलाउन थाल्छन्।
यसका कैयौ उदाहारण हाम्रा अगाडी छन जस्तै गलैचाबाट बाल मजदूर हटाउछ तर ति बालमजदूरहरूलाई के गर्ने भन्ने सोच बनाउदैन त्यस्तै बादी महिलाको समस्या, मुक्त कमैयाको समस्या, शुकुमवासीको समस्या, इराक, र लेवनन जस्ता देशमा प्रवासी नेपालीहरूलाई परेको समस्या यस्ता कैयौ उदाहारण छन पहिला काटने र नाप्ने चलन भएको। त्यही चलन र नियम अनुसार नै भईरहेको सरकार भत्काउन पनि लागु भएको छ। पहिला एउटा सहमति गरेर सरकार भत्काएको भए भत्केको भोली पल्ट नयँँ सरकार नेपाली जनताले पाउने थियो तर आज यतिका दिन सम्म पनि नयाँ सरकार पाउन सकेको छैनौ अव छैटौं पटक हुने प्रधानमन्त्री चयनको चुनाव पनि हात्ति आयो हात्ति आयो फुस्स हुने जस्तो नै देखिएको छ। जसरी सरकार भत्काउन लागि परेका थिए अहिले नया सरकार दिने विषयमा उदासिन छन। हाम्रा ठुला दलका ठुला नेताहरू लेलिनले भन्नु भएको दश पटक नाप एक पटक काट भन्ने विचारका ठिक उल्टो गर्छन हाम्रा लेनिनवादी नेताजीहरू पहिला काट्छन अनि के गतिलो काम हुन्थ्यो। यो लगातार चलिरहेको छ, अव कहिले सम्म चल्ने हो थाहा छैन।
संघियताको विषयमा पनि यही सुत्र लागु गरिएको छ। नेपाली जनताको विच बृह्रत छलफल र बहसनै नगरिकन देशलाई टुक्रयाउने र जातजातको नाममा खन्डीत गराउने जस्ता निर्णय हुन्छ, यो कति विचारसिल कुरा हो आजका प्रवासी र नेपाली सपुतहरूले गम्भिर भएर सोच्ने बेला भएको छ हामीले जसलाई अधिकार दिईएका थियौ उसले त्यो जिम्मेवारी पुरा नगरेपछि जनताले फेरी यस्तै बाटो रोज्यो भने हामी त्यही गोल चक्करमा पर्ने छौ। अब फेरी एउटा बहाना बनाएर जनतालाई झुक्याउन आउने छन। त्यो अबस्थामा नेपाली जनताको स्वागत सम्मान यि ठुला दलहरूलाई चाहीएको हो भने यो थपेको समय भित्र आफ्नो काम पुरा गरेर आउनु पर्यो, होईन भने फेरी मुख देखाउन गाह्रो पर्ला ढाँटछल एक दुई पटक मात्र चल्छ सधै चल्दैन भन्ने हेक्का तपाईहरूलाई हुनुपर्दछ। होइन नेपाली जनतालाई सधैभरी आश्वासनको पोको बाडेर झुक्याउन सकिन्छ, भन्ने सोच पटक्कै नराख्नुस अव नेपाली जनता स्वदेश तथा विदेशमा पनि सचेत भईसकेको छ। अहिले सम्म नेपाली जनताले जति पटक आन्दोलन गरेर नेताहरू फेरीए पनि नेपाली जनताको घेरा फाटेको टोपी, टालेको चोली कहिल्यै फेरीएन, खाली खुट्टामा एकजोर चप्पल परेन भोका पेटमा मुसा कुदन छोडेन झाडा र पखलाले सयौ नेपाली दाजुभाई दिदीबहिनीहरूले अकालमा ज्यान गुमानु त नेपालमा जन्मनुनै भगवानको सराप हो भन्ने जस्तो भएको छ। शहरमा हेर पनि अभाव र असुरक्षा बेरोजगार त्यतिकै छन भने गाउमात झन कुरा गरि साध्य छैन, आजको दिनमा पनि मोटरको टायर नदेख्ने लाखौ नेपालीहरू छन शिक्षाको कुरात के गरौ बर्षौनी दुई तिन लाख विद्यार्थिले एस. एल. सि. पास गरेको खबरत आउछ, तर पनि उनिहरूले आफु नत स्वरोजगार हुन सक्दछन नत राज्यले कुनै रोजगारी दिन सक्दछ।
हाम्रो शिक्षा नीतिले हाल सम्म स्वरोजगारी हुने ज्ञान दिन सकेको छैन दिर्घकालिन रूपले कुनै पनि निति तथा कार्यक्रम आउन सकेको छैन यसरी नै हामी अगाडि बढेर विश्वका दाजोमा कहिले पुग्ने हो? यो त सपना जस्तो भएको छ प्रवासीहरूको समस्या दिन प्रतिदिन बढीरहेको छ कहिले सम्म हामीले यो विदेशी भुमिमा गगन चुम्वी महल, चिल्ला गाडि कुदने चिल्ला बाटो सुन्दर र हराभरा बगैचा बनाउने हो। हामी प्रवासीहरूले आफ्नो देशमा यी काम गर्ने मौका कहिले पाउँछौ? यसको उत्तर हाम्रा तेताहरूले दिनु पर्दछ, मलाई लाग्छ। जबसम्म हामी प्रवासीहरूले आफ्नो देश हराभरा र विकास गर्ने अवसर पाउदैनौ तबसम्म हाम्रो देशले काजुली फेर्न पनि सक्ने छैन। तसर्थ समयमा सरकार बनाऊ, संविधान बनाउ, शान्ति सुरक्षको ग्यरेन्टी गर, कानुनी राजको अनुभुति जनतालाई गराउन सक्यो, भने मात्र हाम्रो देशको विकासले फड्को मार्न सक्दछ। अन्यथा हामी गोलचक्करमा फस्ने छौ, बेलैमा होस गरौं।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४१ – २०६७ भाद्र १६ गते, बुधबार)