~राजेन्द्र श्रेष्ठ~
उठ जुट एक भई ए प्रवासी हा,
देश निर्माण तिमिलेनै गर्नु पर्ने भो
आज हाम्रो पसिनाले देश धान्दै छ
हामी मिलि अधि बढे देश बन्दछ।।
सडक छैन, पानी छैन, विजुलीनी छैन,
विदेशीको मुख ताक्छौ बन्ने कहिल्यै होईन
हाम्रो पानी हाम्रो जमिन हाम्लाई वेचिईन्छ
हाम्रौ आफ्नो साधन श्रोत डलरमा किन्छ।।
कस्तो रैछ विडम्वना हामी नेपालीको,
विदेशको गल्ली गल्ली विजोग प्रवासीको
आफ्नै देश हराभरा पार्ने होईन अव,
हातेमालो गर्दै जुटौ प्रवासी हो सव।।
उठ जुट एक भई ए प्रवासी हो
देश निर्माण तिमिले नै गर्नु पर्ने भो।।
रामेछाप हाल, कतार
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३१- २०६७ आषाढ ९ गते, बुधबार )