~शशिधर भण्डारी~
एच.जी. बेल्स १८६६ मा जन्मेका थिए। १९४६ मा उनको निधन भएको थियो। उनी अंग्रेजी इतिहासकार र उपन्यासकार तथा एकजना समाजवादी चिन्तनका साधकका रूपमा पनि परिचित छन्। ८० वर्षको उनको जीवन अध्ययन, चिन्तन र लेखनमा बित्यो। विश्वको इतिहास (A History of The World) उनको एउटा सरल तर विराट महत्व राख्ने कृति हो।
अध्ययन र चिन्तनको क्षेत्रमा इतिहासको ठुलो महत्व छ। इतिहासको अज्ञानताले वर्तमान र भविष्य बुझ्न कठिन हुन्छ। इतिहासको अध्ययनमा एउटा क्षेत्र मात्र सन्निहित भएको हुँदैन। यसभित्र दर्शन, राजनीति, संस्कृति, सभ्यता, आर्थिक, सामाजिक र ऐतिहासिक परिवेशको सिलसिला हुन्छ। त्यसैले यो विषय गहन मात्र छैन, जटिल पनि छ।
इतिहास जान्नै पर्ने विषय हो। तर विशेषतः हाम्रो मुलुकमा इतिहास विषय उपे73ँामा परेको छ। प्रविधि शिक्षाले इतिहासलाई विस्थापित गर्न खोजेको जस्तो देखिन्छ। त्यसैले हाम्रो शैक्षिक उत्पादनका रुपमा चिन्तक होइन, साधक पनि होइन खाली कारिन्दाका रूपमा जनशक्ति तयार भएको छ। यो हाम्रो शैक्षिक क्षेत्रकोगरिबी हो।
एच.जी. बेल्सको “विश्वको इतिहास” भन्ने यो पुस्तक इतिहासभन्दा बाहिरका विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी छ। लेखकले यो पुस्तकलाई उपन्यास जस्तै गरेर इतिहास पढ्न सकियोस् भनेर तयार पारेको बताएका छन्। पुस्तक धेरै सरल छ तर यसमा अन्तरिक्षमा हाम्रो दुनियाँदेखि द्वितीय विश्व युद्ध (१९१४–१९४५) सम्मका सामाग्रीहरू प्रस्तुत भएका छन्। लेखकले यो पुस्तकलाई इतिहास पढ्नेहरूको पूर्व तयारी पुस्तकका रूपमा पनि चर्चा गरेका छन्।
विश्व बजारमा असाध्य विक्ने विश्व इतिहासको सर्वाधिक लोकप्रिय र प्रमाणिक पुस्तककारूपमा रहेको यो पुस्तकलाई मित्र नारायण गिरीले नेपाली भाषामा अनुवाद गरेर तथा प्रगति पुस्तक सदन बागबजार, काठमाडौंका भूपनारायण पोखरेलले प्रकाशन गरी बजारमा ल्याएर नेपाली पाठकहरूलाई ठूलो गुन लगाउनु भएकोछ। संक्षिप्तमा मानव जातिको ऐतिहासिक श्रृंखला पस्केको यो पुस्तकले एउटा पढ्नै पर्ने पुस्तकका रूपमा नेपाली बजारमा चर्चा पाएको छ।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३८ – २०६७ श्रावण २६ गते , बुधबार)