~गजेन्द्र बुढाथोकी~
ताप्छन , मानिसहरु बलेकै आगो
ताप्दैनन राप चिताको कतै पनि
अनि शायद
आफ्नै छाप्रो बालेर खरानीमा न्यायो कसले पो खोज्ला र?
कफिन र चिताहरुको थुप्रोमा
जीवन खोज्नेहरु
पानीको आकार कल्पन्छन्
धुँवाजस्तै छ ईश्वर
अनि अल्लाह र येसू पनि
भन्दैन कोही मैले देखेको छु
अवचेतन मनको फगत एक कल्पना।
भगवान बन्नेहरु
पूजाको भोका छन्
शायद बलिको,
जीउँदोलाई मरेको कामना गर्नेहरु
मृत्युमा सहानुभूति र फूलका माला चढाउँछन्
तस्वीरमाथि नक्कली आँशु
पानी…..गुह्ये खोलाको
बन्छ, गंगाजल
नाक थुनेर चढाउँछन
भगवानलाई, लाशलाई
देखावटी श्रद्धा
राप निकाल्दैन, मनको ज्वाला
पानीले निभाउने भए
सबै आगो
आँशुले किन निभाउँदैन मनको आगो?
(स्रोत : Dainikee.com)