शितल छाया तिमी भन्थ्यो मन पोल्ने रैछ
मेरो जुनको शितल छाया पराईलाई रैछ
ताराबिच एउटा तारा सधै सधै प्यारो
प्यारो तारा बिलाई गए मनलाई भो गाह्रो
शिशिरमा घाम लागे सवले ताप्ने रैछ
मेरो जुनको शितल छाया पराईलाई रैछ
राम्रा सवै मेरो भन्ने मन हुँदो रैछ
निरीहलाई हेला गरी सवले थुक्ने रैछ
थुक्यो मलाई आ–आफ्नैले सहनुनै रैछ
मेरो जुनको शितल छाया पराईलाई रैछ
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )