~विनित ‘सानु’~
नकोरी कनै त्यो सलाई तिमीले ।
मिटायौ चिठी सब् जलाई तिमीले ।।
म आफु विरोधी कठोरै बनेथें,
पगाल्यौ फतक्कै गलाई तिमीले ।
अकेला बनायौ र छाडेर हिँड्यौ,
भरोसा सुटूक्कै ढलाई तिमीले ।
कि फेरी बहाना अनौंठो गरायौ,
र आँखा सबैको छलाई तिमीले ।
नसोधे हुने भो गिरायौ कसोरी रु
सबैको नजर्मा मलाई तिमीले ।
Bikas Magar
7/1 Green St.
Kogarah 2217
NSW, Sydney
(स्रोत : नेपाली गजल गुगल ग्रुप )