उनकै घरमा जन्ती आयो सघाई दिउँ की जस्तो लाग्यो
सिंउदो अझै खाली रहेछ रंगाई दिउँ की जस्तो लाग्यो ।
पाहुना पात धेरै थियो खैलवैला ठुलै थियो
लोगन्तीलाई झुक्याएर भगाई दिउँ की जस्तो लाग्यो ।
दुलाहा हेर्दा सानै थियो चिनाजानी जस्तो थियो
उठाएर सिस्नो झ्याङमा हुत्याई दिउँ की जस्तो लाग्यो ।
राम्री पाउँदा फूर्किएर मेरै सामु ठाँटीएको
चोखो छैन भन्दीएर भड्काई दिउँ की जस्तो लाग्यो ।
थाली भरि अक्ष्यता टीका दियो बत्ती बालेको थियो
टीका लाउने निहुँँ गरेर छोई दिउँ की जस्तो लाग्यो ।
2008-06-16
(स्रोत : नेपाली गजल गुगल ग्रुप )