साना जुर्मुराए परिवर्तन ल्याए मौका उछिटे ठुलाले ।
न रंग छ न छ कुनै ढंग भनि सानालाई सिटे ठुलाले ।
साना झुकेनन् निहुरिएनन् शिर ठाडो गरेर उठिरहे ,
पख्लास ए ! तलाईँ भनेर कड्कीएर दाह्रा किटे ठुलाले ।
शुरु भो खेल सुकिला मैला बिच , खुल्लमखुल्ला बजारमा ,
रेखा विभाजनको मेटाउंछौं भन्दै दलित पिटे ठुलाले ।
नयाँ आकासमा स्वतन्त्र श्वास फेर्ने सानाको चाहनालाई ,
बन्द , हड्ताल र जुलुस् बनाई सडकमा घसिटे ठुलाले ।
भागबण्डा कुर्शीको लगाए उनैले र माथी बस्ने को भन्दै ,
म्यारिज बनाई परिवर्तनलाई तासमा फिटे ठुलाले ।
भन्दैथिए जलाउंछौं शान्तीको ‘दीपक’ घरघर सर्बत्र ,
सल्काएर राँको निर्धा झोपडी ति आगोमा अँचिटे ठुलाले ।
2008-06-24
(स्रोत : नेपाली गजल गुगल ग्रुप )