कथा : समुन्द्रको छेउम

~कमला सरुप~Kamala Sarup

समुन्द्रको छेउमा त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवन भन्दा पनि महापूर्ण कुरा भावना कसरी हुनसक्छ – अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको

विषय यो पनि भएको छ । शनिवारको रात र तिम्रो सम्झनाको र्स्पर्श अहिले मलाई के पनि लागेको छ भने जीवन वास्तवमा कति सत्य छ ।

‘जीवन सत्य छ त्यसैले हामी बाँचेका छौं । ‘तिम्रो र मेरो सम्बन्ध यही दिन र रातजस्तो त हो नि, अस्थिर सम्बन्ध । ‘तिमीले पुसको पहिलो साता अचानक बोलेका यी शब्दहरूको जवाफ दिनु पर्छ भनेर म यो पत्र पठाउँदैछु । मन त्यसै त्यसै उल्लासित भएको छ शायद वातावरणले पनि साथ दिएको अनुमान मैले गरेको छु ।
‘जीवन र प्रेमको शाब्दिक अर्थ, जीवनलाई लेख्नु हो । जीवन त सोचेको भन्दा बढी सुन्दर छ । जीवनलाई भौतिकवादले मात्र जित्न सक्दैन । ‘जीवनको यो महत्वपूर्ण मोडलाई स्वीकार्न भावना चाहिन्छ, आखिर जीवनको अ मरत्व पनि भावनामा नै छ ।’ मैले पनि भनेकी थिएँ । जीवनका महानतम् क्षणहरूले अवश्य एकदिन मूर्तरूप लिनेछन् । जीवनलाई स्वीकार्ने पक्षमा विरोधात्मकसँग बाँचेका मान्छेहरूलाई पनि बाँच्ने प्रेरणा दिनु नै महानता हो । ‘ तिमीले हाँस्दै बोलेका यी कुराहरू तिमी अहिले पनि सम्झन्छौ कि सम्झदैनौ तर मैले भने पटक्कै बिर्सेको छैन ।

“हेर प्रिय तिमीले मलाई बाँच्नु पर्छ भन्ने जुन प्रेरणा दियौ । त्यो त सबै बाँचेका मानिहरूले सामूहिक रूपमा स्वीकार्नुपर्ने कुरा हो । तर प्रश्न तिमीसँग के छ भने जीवनको अन्त्य सापेक्षित हुन्छ भनेर कसरी विश्वास गर्ने – जीवनपद्धतिलाई स्वीकार्ने हाम्रो समानान्तरतामा यस्ता प्रश्नहरूको उत्तर पनि खोजिनु पर्छ हैन र !”
तिमीलाई थाहा छ – म हरेक साँझ झयालनिर बसेर मानिसहरू हिँडेको हेरिरहन्छु । मलाई के विश्वास छ भने मानिस बाँच्नकै लागि बाँच्छन् । मानिसहरूलाई जब अभ्यस्त जीवन बाँच्न वानी पर्छ अनि उसलाई सडक र अँध्यारोसँग पनि डर लाग्न छोड्छ । त्यसैले त्यतिबेला म के सोच्दैछु थाहा छ – हरेक परिवर्तन यो झयाल खोलेर बाहिरको संसार हेर्दा देख्न सकिन्छ । आखिर परिवर्तन मानिसहरूलाई बुझनुमा पनि हुँदो रहेछ । म तिम्रो पत्रको दोस्रोपेजमा पुगेको छु ।

तिम्रो पत्रलाई पढ्दा मैले मेरो वर्तमानलाई यति धेरै मन पराउन थालेको छु कि शायद तिमी नजिक भएको भए म निस्फिक्रीसँग हाँस्दै एउटा सुन्दर कविता कोर्ने थिएँ होला । तिमीले लेखेको पत्रको तेस्रो पेजमा गएपछि मेरो आँखा रोकिएको छ । तिमीलाई म शब्दमा बताउनै सक्दिन यो पत्र पढ्दै गर्दा पनि मलाई फेरि आफ्नै भावनाको संसारमा पुर्याएको छ । थाहा छ तिमीबाट टाढा भए पनि यो सडक यो समुद्र र यी मान्छेहरू सबै सबैको माया लाग्न थालेको छ । तिमीले फेरि लेखेका छौ – “माया गरेको भावना अस्वाभाविक हुँदैन । जीवनलाई दुःख र पीडा दिनु हुँदैन । मेरो कुराले तिमीलाई दुख्यो भने म बाँच्नै सक्दिन । तर सत्य कुरालाई तिमीसामु पुर्याउन सकिन भने मेरो मायाप्रतिको इमान्दारिता गुम्छ । म तिमीलाई सबै कुरा बताउन चाहन्छु ।” म मन्दमन्द बहिरहेको हावालाई छल्दै र अँध्यारो सडकलाई पछ्याउँदै आफ्नो घरभित्र पसेकी छु यतिखेर । पूर्वपट्टि िझयालनिरै, मेरो सानो कोठा छ । अर्थात् मेरो सानो संसार छ । मलाई मेरो जीवन जति नै प्यारो लाग्ने यो कोठाप्रति मेरो मोह यसरी किन बढेको छ त्यो त मलाई थाहा छैन तर मैले के पनि स्वीकारेको छु भने यी कितावहरू र कविताहरूले मलाई बाँच्ने प्रेरणा दिएको छ कम्तीमा खुशी भएर बाँच्ने ।

“म आज तिमीलाई मेरो र नुमासँगको सम्बन्धलाई खुलस्त पार्ने प्रयासमा छु ।” तिम्रो पत्र म पढिरहेकी छु । तिमीले आफूलाई सत्यको प्रतिमूर्ति बनाएर मलाई लेखेको पत्र कुनै फिल्मको कहानीभन्दा कम भने लागेको छैन । तिमीले यसरी पत्र लेखेका छौ र म ओछ्यानमा ढल्किएर तिम्रो पत्र पढिरहेकी छु ।” बुझयौ ऊ अर्जात् नुमा पैतीस वर्षनाघेकी भए पनि उति नै भरभराउँदी छे । बिहे गरेको तीन चार वर्षनबित्दै लोग्नेको सडक दुर्घटनामा मृत्यु भएपछि नुमा काठमाडौं झरेकी हो । एउटै छोरो त्यसमाथि पनि हुनेखाने परिवारकी बुहारी भएकीले उनका सासुससुराले काठमाडौं कलङ्कीमा पाँच कोठाको घर किनिदिएका थिए । सासुससुरा गाउँमा नै बस्ने भएकोले काठमाडौंमा एक्लै नुमा बस्न थालेकी हो ।

उठेर झयाल बन्द गर्ने तरखर गरेँ । ओहो झयाल बन्द गर्दा त बाहिरको सुन्दरता देख्न पाइँदैन । बाहिरको सौर्न्दर्य बाहिरनै रहन्छ । जुनेली रातसँग रातभरि साउती मारेर एक्लै रुन र हाँस्न पनि पाइँदैन किनभने झ्याल बन्द हुनु भनेको बाहिरको संसारबाट आफू अलग्गिनु हो । मैले अनुमान गरे र झ्याल नै बन्द नगरी तिम्रो पत्रलाई छातीको ढुकढुकीमा नापेर फेरि तिम्रो बाँकी अंशको पत्रहरू पढ्न थालेको छु ।

मैले विश्वासै गर्न नसकेको सत्य तिम्रो चरित्र र मेरो विश्वासको आधार यसरी खण्डित होला भन्ने त मैले कहिले पनि सोचिन । हुन त मैले उचित र अनुचित बीचको समझदारीलाई स्वीकार्दै जीवनभन्दा महìवपर्ूण्ा कुरा केही छैन भन्ने कुरालाई आफ्नो बनाएको छु । मैले के पनि सोचेको छु भने मेरो जीवन त एक सुन्दर कविता हो र एक सुन्दर कथा हो । जीवनलाई त्यो समयसँग चित्रण गर्नु जुनबेला अँध्यारो र एकदमै अँध्यारोमा आफ्नो जीवनलाई पनि सुखका साथ स्वीकार्ने गरिन्छ । मैले जीवनलाई यसरी स्वीकारेको छु । तिमीसँगको मेरो सम्बन्ध र तिम्रो र नुमाबीचको सम्बन्धले मलाई एउटै कुरा के सिकाएको छ भने मलाई साँझसँग डरलाग्न छोडेको छ । दिनसँग र अझ भनौं रातसँग पनि डरलाग्न छोडेको छ ।

म अहिले जीवनको एउटा यस्तो मध्यान्तरमा उभिएर जीवनको सानो निर्माणपनि गर्न नसक्ने गरेर थाकेको छु । तिमी धेरै टाढा छ्यौ, प्रेम हुनलाई त र्स्पर्श हुनुपर्छ ।”म यो दुरत्वमा भावनासँग मात्र बाँच्न सक्दिन ।” तिम्रो पत्र सकिएकेा छ ।

बाहिर झन्झन् अँध्यारो बढेको भए पनि सडकभरि मान्छेहरू हिँड्न छोडेका छैनन् । जुनेली रातमा मान्छे निस्फिक्री हिँड्न पाउनु पनि एक किसिमको आनन्द नै हुनु पर्छ । अब वास्तवमा सोच्नबाहेक केही गर्न सक्दिन तर मलाई थाहा छ सत्यको विजय हुन्छ र जीवन झन सुन्दर हुन्छ ।

– कमला सरुप

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.