मुरली प्रसाद गाँउका प्रसिद्ध पण्डित थिए । उनको पण्डित्याइ चारगाँउ परसम्म फैलिएको थियो । त्यो भन्दा पनि महत्वकासाथ उनकाचंचल आँखा र धूर्तताको बयान घरघरमा हुन्थ्यो । हुनपनि उनी जातपात र उचनीचको विषयमा खुब निन्दोचर्चो गर्थे । आफुभन्दा निर्धासानालाइ थर्काउन कुनै कारण नै चाहिदैंनथ्यो । उनको महिलावादी विचारसँग सबै परिचित थिए । अगाडी अनेक उखान-टुक्का जोडेरफुर्क्याउने र अरुसँग “आइमाइको जातलाइ माथि उचाल्दा अनिष्ट” भन्न समेत पछि पर्दैनथे । तर तुरुन्तै बदलिन पनि सक्थे । मान्छेकोऔकात, जात, कुल हेरेर कुरा गर्न र उचाल्न पछार्न सिपालु थिए । त्यसैले कसैले पनि उनलाइ हत्तपत्त पक्रन सक्दैनथे । जे होस, उनिनिष्ठावान थिए । देश खाएका थिए । पढेलेखेका थिए । सच्चा ब्रामण थिए र पनि किन हो ‘उनका चंचल र चम्किला आँखाबाट जोगिनसुझाव दिइन्थ्यो, विशेष महिला वर्गलाइ ।‘
उनको बाल्यकाल त्यति सुखद थिएन । पश्चिमको कुनै सानो गाँउमा जन्मिएका थिए उनी । पुरेत्याइँ गर्ने उनका बाबुले घरमा त्यति समयदिन सकेनन् । घरका सारा काम । ब्रामण धर्म निभाउनै पर्ने । अभावको जीवन उनकि आमाले थेग्न सकिनन र सुत्केरी भएको केहि दिनमैसंसारबाट बिदा भइन् । यो समाजको निति नियम पनि बडो बिचित्रको छ । घरकी स्वास्निलाइ भोकभोकै सुकाउदा, छोराछोरीको जिउनाङ्गो हुदाँ, लाखौं प्रताडना दिदाँ पनि कसैलाइ केहि मतलव हुँदैन । जव कसैकी छदाखादा की स्वास्नि मर्छे भोलि पल्टदेखि नै बिहेगर्नुपर्छ भनेर सल्लाह दिने र आफ्नी कलकलाउदी छोरीको लाइन लगाइदिनेको कमि हुदैन । कसैले आपत्ति जनाइदिइ हालेमा मृतकआमाले छाडेर गएकी उसको सन्तानको लालनपालनको लागि भनिदियो, सजिलै उन्मत्ति पाइहालिन्छ ।
हुनपनि महिलाको पक्षमा कहाँ र कहिले निर्णय हुन्छ र ? यहाँ पनि यस्तै भयो, मुरलीका पिता धरणीले कान्छि भित्राए । कलिलि केटीत्यसमा पनि सौतेनी बच्चा । कान्छि आमा मुरलीप्रति कहिल्यै उदार बनिनन् । मामाघरकी हजुरआमाले यो सब हेरिरहन सकिनन् रएकदिन आफ्नो नाति च्यापेर लगिन् । मामाघर मै उनको लालनपालन भयो । उतापनि माइजुहरुको छटपटि कम्ति थिएन तैपनि सासु नैहर्ताकर्ता भएकोले कसैले मुख खोल्न भने सन्दैनथे । हजुरबा कम्ति नामी पण्डित थिएनन् । उनको आवाजमा जादु थियो मानौं शब्दैपिच्छेकेहि न केहि अमृतवाणी भर्छ भन्थे जान्नेहरु । दुरदर्शि हजुरबाले नातिले पछि यो भन्दा बढि दुख नपाओस् भनेर एकजना दानी यजमानलेदिएको जग्गा उनैको नाममा गरिदिए । सानोतिनो गुजाराकोको व्यवस्था पनि मिलाइदिए । यसरि मुरलीप्रसाद यो गाँउमा आइपुगे ।
सानैदेखि हजुरबाको अघिपछि भएकोले होला उनमा पनि त्यसको प्रभाव पर्यो । उनको दैनिकी पनि औंशि, पूर्णीमा, एकादशी, द्धतिया र………..भन्दै पात्रो पल्टाउदै जजमानहरुको घरघरमा श्राद्ध, रुद्री र ………..गर्दैमा बित्न थाल्यो । होचो कदका भएपनि हृष्टपुष्ट, फुर्तिला र फरासिला मुरलिले छिट्टै नै सबैका मन जित्दै गए । विदुर र बुढाहरुलाइ समेत पाल्नसक्छ भनेर आफ्ना चेलीहरुको लाइन लगाइदिनेहाम्रो समाजमा लक्का जवानलाइ छोरी दिनेको के कमि थियो र ?
मुरलीप्रसादको पनि धुमधामसँग विवाह भयो । मुरलि र कमलाको जोडिको खुव तारिफ भयो । हुनपनि कमला शिलस्वभावले युक्त रगुणवती थिइन् । दिनहरु बित्दै गए । मुरलिले आफ्नो प्रभाव बढाउदै लगे । आफ्नो यजमान खोसेको भनेर उनको खोइरो खन्नेहरुको पनिकम्ति थिइनन् । उनि पनि कम्ति आडम्बरी त थिएनन् । तर उनको व्यक्तित्वले त्यसलाई छोपेको थियो । फेरी हजुरबाको कृपा दृष्टिपरेकाले पनि उनलाइ कसैले डगमगाउन सकेका थिएनन् । अरुहरुलाइ ‘टपरेबाहुन‘ । सभ्यताकासाथ भनिहाले ‘पुरेतबा‘ सम्म भनिन्थ्यो । तर उनी पढेका र प्रत्येक कुरालाइ अर्थ्याएर बुझाउन सक्ने भएकाले सबैका सम्मानित ‘पण्डित बा‘ भएका थिए । उनका दुइ छोरा र दुइछोरी जन्मिए । लाग्यो अब उनका दुखका दिन टाढिदै गए ।
समय कहाँ सधै एउटै रफ्तारमा चल्थ्यो र ! उनका कुदिन फेरी शुरु भए । एकदिन उनि पल्लो गाँउका पुजापाठ गर्न गएका थिए । भदौंकोबेला, झरीको मौसम । अबेरसम्मपनि पति घर नआइपुगेकोले कमला चिन्तित थिइन् । साना बच्चाहरु निदाइसकेका थिए । कसैले बाजेयजमान कहाँबाट दिउसै हिडिसक्नु भएको खबर दियो । कमला आत्तिदै पल्लो गाँउतिर हानिइन् । बाजे वारी आइसकेका थिए, उनलेदेखिनन् । हेर्दा हेर्दै भेल उर्लेर आयो । मुरलीले जति प्रयास गरेपनि उनलाइ बचाउन सकेनन् । खोलामा हेलिएकी कमला स्याउते खोलाकोबहाबसँगै बगेर गइन् । उनको जिन्दगीमा फेरी उहिदिन दोहरियो । वर्षेनीका साना बच्चा स्याहार्नु सानो र सजिलो कुरा होइन । तर जसलेजति अर्ति दिएपनि उनले अर्को विवाह गर्न मानेनन् । सायद आफूले भोगेको पिडादायी बाल्यकाल आफ्ना अबोध शिशुलाइ दिन उनको मनराजि भएन ।
पुतलीको बिहानै उठेर नुहाउने बानि थियो । गाँउघरका घरैपिच्छे धारा हुने कुरै भएन । बिहानै खोलामा डुबुल्कि मार्ने हिम्मत जुटाउन पनिगाह्रो । त्यसैले उनि हरेक झिसमिसेमै छिमेकीको धारामा नुहाउथिन् । घरका सारा काम पनि त भ्याउनु थियो । गाँउघरका तल्लो जातभनेर अकारण हेपिनु त छदैंछ, फेरी गरिवीले पर हूत्याएर उसको लोग्ने ‘माइलो‘ मुग्लान भासियो । कलिलो उमेरमै उसलाइ ‘घरबुढी‘भएर बस्नु परेको छ । लोग्नेको दिर्घायुको लागि भनेर हर सोमबार ब्रत राख्छे । लामो कपाल, गोरो अनुहार, हाँसेर बोल्ने बानी । समग्रमाउ राम्री थिइ । पुतलिको त्यो छिमेकी अरु कोहि नभएर जातभातका कट्टरपन्थि उनै पण्डित बाजे थिए ।
मुरलीप्रसादले दोश्रो बिहे गरेनन् । अब त उनका नातिनातिना पनि जन्मिसकेका थिए । छोराहरुले बाबुको बिडों समाएर सबै कामकारबाहीजिम्मा लिइसकेका थिए । साना नाति नातिनासँगै उनको समय गइरहेको थियो । तर उनको मनले कताकता युवतिहरुप्रति चाहि बढि नैलगाव राख्थ्यो । उनि सचेत थिए आफुलाइ लुकाउन यति हुँदाहुँदै पनि गाँउसमाजका उनका चंचल आँखा र धुर्तताको बढी नै चर्चा चल्थ्यो ।बाजेले आफ्ना बुहारीहरु र आफूले भनेको मान्ने सबैलाइ खबरदारी गरेका थिए । भर्खरै बसाइ सरेर आएका तल्ला जातकाहरुसँग संगत,लेनदेन र सकेसम्म बोलचाल समेत नगर्नु अन्यथा आफूलाइ सह्य हुन्न भनेर । बाजे आफू त झन् कसरी र किन सहन्थे र ? विचरापुतलीको लोग्ने पानी लिन जादाँ कयौपटक बाटोबाट फर्किएको छ । ‘आफ्ना अनुहार देखेर बाजेको साइत बिग्रन्छ की‘ भन्ने सोचेर । तरअचम्म पुतलीलाइ भने उनले कहिल्यै गालि गरेको देखिएन, सुनिएन । स्त्रीजाती भनेर बाजेले दया देखाएका भन्ने तर्क थियो गाँउलेहरुको।
बाजे चिया लिनु भो ?
कसले दिन्छ र बा ?
बाहुन नानिहरु कहाँ जानु भो र ?
होलान् नि यतै, कसलाइ पो मेरो मतलव छ र ?
ए ……………….!
पुतलीसँग बाजेको यस्तै कुरा हुन्थ्यो । पुतली मिहिनेती थिइ । रसिलि हसिली थिइ । सबैसँग मिल्न सक्ने पनि थिइ । तर बाजेकाबुहारीहरु ससुराको डरले कम मात्र बोल्थे ।
दिनहरु बित्दै गए । बाजे बार्दलिको आफ्नै कोठामा बसेर चिना पात्रो पल्टाइरहनछन् । बच्चाहरुसँग रमाउछन् । उनको पहिलेदेखि कै बानिहो, जुरुक्क उठेर बार्दलिबाट दुनियाँ निहाल्ने । अहिले अलिकती समय बदलिएछ र हेर्ने कुरा पनि । बुढा त हरेक दिन पुतलीको नुहाउनेसमय कुरेर पो बस्दा रहेछन् । पुतलीले बिस्तारै साना नानीहरुहरुबाट यो कुरा थाहा पाइ । यस्तो सुनेर अमिलो मन बनाइ धारोनै बदल्दिइ।
बाजेले यसो देखेमा बोलाउथे, ‘नानि आजकाल त नुहाउन पनि आउन्नस्, किन हो ? कसैले केहि भन्यो कि ?’ उ कम्ति बोल्थि मन नलागिनलागि, ‘हैन बाजे म राति नै नुहाएर जान्छु । काम पनि त भ्याउन पर्छ ।‘बाजे आफ्नो बानी कसैलाइ थाहा छैन भनेर केके केकेबोलिरहन्थे ।पुतली आक्रोशमा फतफताउथी, ‘यो त गिद्ध बस्ने ठाँउ पो रहेछ । बुढाले गाँउका एक्लै छाड्न मानेनन्, पछि लागेर आए । उतात बाघभालुको मात्र डर हुन्थ्यो । यहाँ त सभ्य ब्वाँसाहरु बस्दा रहेछन् ।‘ ‘कसले के ग-यो र बा, हामि यहाँ हुदाँहुदै ?’ बाजे ढाडस दिन्थे ।
पछिपछि मुरली बाजेले बिचित्रको व्याबहार देखाउन थालेका थिए । उनलाइ रक्तचापको रोग छ भन्थे । छोराबुहारी यता उता लाग्यो कि तबाजे कहिले पोखरीमा डुबुल्कि मार्न जान्थे त कहिले विनाकारण भिरभि रै, खोलाको तिरतिरै हिड्न थालेका थिए । एक्लै केके केकेबर्बराइरहन्थे । उनको पागलपनबाट सब आजित हुन लागेका थिए ।
रक्षाबन्धनको दिन छोराहरु जनै बोकेर गाँउतिर लागे । बुहारीहरु घासपात, धरधन्दाका लागि । बच्चाहरु यता उता खेल्न दौडिए । बाजेघरमा एक्लै परे । जुरुक्क उठेर हिडेका उनि सरासर पुतलीको घरतर्फ हान्निए । बोल्दैमा जात जान्छ भनेर पाठ पढाउने बाजे चिया पका तनानि पो भन्न थाले । बाजेको आखाबाट कायल पुतलीले जतिभन्दा पनि ‘जातभात अरुलाइ पो हो, हामिलाइ हैन । मेले नै भनेपछि खुरुक्कमान्‘भन्दै कराउन पो थाले । डरले थरथराउदै पुतलीले बाजेको हातमा चिया राखिदिदैं थिइ । कुन सुइको उसको गालामा माया बर्सियो ।
त्यसदिन पछि मुरली बाजे गाँउशहर कतै भेटिएनन् । विचरी पुतली नत कोहि कसैसँग बोल्थि, न केहि खान्थि । घरमा भएनभएको चालैपाइन्नथ्यो । जव माइला हजार सपना बोकेर मुग्लानबाट फर्कियो, उसकी प्यारी जीवनसंगिनी धेरै पर पुगिसकेकी थिइ । यो दुनियाँभन्दापनि टाढा ।।।
कल्याणपुर ७, नुवाकोट ।
हाल-शंकरदेव क्याम्पस, काठमाडौं ।