प्रिय !
थाहा छ तिम्लाई
कति दिनदेखि
चञ्चल थिए मेरा इन्द्रियहरु (??)
जो–
कहिले,
आरुका हागाँहरु समाउदैं
टलक्क
टल्किरहेका ताराहरुमा अडिन्थे
कहिले,
नदीका पैतालाहरु पछ्याउदै
प…र को
देखिदो–बिलाउदो फिँजमा गाडिन्थे ।।
बतासले सिठ्ठी बजाउदाँ
फिरफिराउदैं पालाम गाऔं झै गर्थे
बेशीखेतमा धानहरु लहराउदाँ
चपक्कै अगांलेर नाचे झैं भान पार्थे
कहिलेकाहिँ त
काँचका फुलदानमा घर्लप्पै पोखिन्थे ।।
तर
कुन्नि के गर्थ्यौ तिमी (?)
आकासिदैं, तेर्सिदै, झर्दै …
मेरा नजरहरुले टेकेका
हर–डोबहरुमा तिम्रै प्रतिबिम्ब टासिएको हुन्थ्यो
पाखैभरी मुस्कुराइरहेका
लालुपातेहरुमा तिम्रै ओठ कुदिएको हुन्थ्यो ।।
आज,
क्षितिजलाई पर छाडेर
हाजिर छन्– इन्द्रियहरु
हाजिर छ– तिम्रो जन्मदिन
हाजिर छु– म
……………………..
आउदा–आउदै
ल्याएको छु
केही टुक्रा उज्यालोहरु
केही जंगली फूल,चरीका गीतहरु
अनि
तिम्रै तस्विरका घनाबस्ति आफ्नै आँखाहरु ।।
अँ साच्ची !
तिम्ले बजाउदै गरेको बासुरीमा
पठाएथे,अग्रिम उपहार
‘सप्रेम एक चुम्बन’
स्विकार गर्यौ, गरेनौ ??