‘क’ सानै देखी मेधावी स्वभावको थियो । उसले सहजै प्रथम श्रेणीमा एस एल सी पास गर्यो । ‘ख’को पढाई त्यति राम्रो थिएन । उसले मरितरी गरेर तेश्रो श्रेणी मात्र ल्याउन सक्यो । दुवैले उच्च शिक्षा अध्ययनको लागि फलामे ढोका पार गरे ।
दुई छाक टार्न समेत धौ धौ पर्ने परिवारमा जन्म लिएको हुनाले ‘क’को उच्च शिक्षाको लागि टाढा गएर पढ्न सक्न क्षमता नै थिएन । तसर्थ ‘क’
गाउँकै उच्च मावीमा पढ्न थाल्यो । ‘ख’ धनी वाउको एक्लो छोरो थियो । उसलाई सवै कुराको पुगिसरी थियो । ऊ उच्च शिक्षाको लागि शहर पस्यो ।
केही साल पछि ‘ख’ गाउँ फर्कियो । आर्थिक अवस्थाका कारणले ‘क’ले गाउँकै विध्यालयमा निजी श्रोतमै भए पनि पढाउन थाल्नु पर्यो र पढाईका साथसाथै घरव्यवहार पनि चलाउनु परेकोले उसले परीक्षामा राम्रो अंक ल्याउन सकेको थिएन तर ‘ख’ले भने फर्कदा उत्कृष्ठ अंक सहितको डिग्री पास गरेको प्रमाण पत्र पनि लिएर आएको थियो ।
‘क’ले पढाउँदै गरेको विध्यालयमा एउटा शिक्षक दरवन्दी थपियो । शिक्षक छनौटको मूख्य आधार प्रमाण–पत्रलाई वनाइएकोले गर्दा उक्त दरवन्दीमा ‘ख’लाई नै राख्ने काम भयो । ‘क’ले निजी श्रोतमै चित्त वुझाउनु पर्यो । निजी श्रोतमा रहेर त्यति लामो समय सम्म विध्यालयलाई ‘क’ले पुर्याएको योगदानको मूल्यांकन हुन सकेन ।
केही महिना वित्न नपाउँदै ‘ख’ले विध्यालयमा उपलब्ध गराएका शैक्षिक प्रमाण पत्रको वारेमा गाउँमा शंका उपशंका हुन थाले । मन्त्रालयमा उजुरी पुग्यो । छानविन समिती वन्यो । समितीको छानविनबाट के पत्ता लाग्यो भने ‘ख’ले पेश गरेका सवै प्रमाणपत्रहरू नक्कली रहेछन । तर अचम्मको कुरा त के भयो भने उसले उच्च शिक्षा हासिल गरेको भनिएको भारतको विहार विश्वविध्यालयमा त उसले कहिल्यै पाइला नै टेकेकै पो रहेनछ ।
(स्रोत : Shabdahar)