~खुबी राम पोख्रेल ‘दीपक’~
नौनी जस्तो मन किन ढुङ्गा सरि साह्रो भयो
आज भोली तिम्रो दर्शन पाउन पनि गाह्रो भयो
अकाट्य ति आग्रह लाई शिरोपर गरे पनि
कोइली लाई शिशिर भन्दा बसन्त नै प्यारो भयो
प्रेम चरी बस्ने मेरो हृदय त नीद थियो
बिद्यारानीलाई त्यो त निशान को तारो भयो
परिश्रमी हात लाई इश्वरले चुम्छ भन्छन
मेरो मन आज न त तातो न त छारो भयो
दीपकले जलायो कि नौनी जस्तो तिम्रो मन
आज भोली दर्शन पाउन पनि गाह्रो भयो
(स्रोत : स्रस्टाले “नयाँ रचना पठाउनुस्” मार्फत पठाईएको । )