जुनेली रातमा मैकुरी बस्छु
तिम्रो बाटो हेरी चौतारी डिलैमा !
रेडियो घन्काई काँधमा तिमि
जुल्फी लर्कै फर्किनु गाऊ घरमा !
चाहिदैन मलाई सुनचुरी हातमा
मिठो मायाँ ल्याईदिनु साथमा !
धेरै मायाँ र आशिर्बाद तिमीलाई
बाबा र आमाको सम्झना साथीको !
मखमली फुल गोड्दै छिन बहिनि
तिहारको बेला दाई आउने भनेर !
सध्दै छिन् छोरि सबैसंग हरेक दिन
कति दिनछ बाबा घर आउन भनि ?
जुनेली रतमा मैकुरी बस्छु
तिम्रो बाटो हेरी चौतारी डिलैमा !
– राज थापा
लिम्रिक ,आयरल्याण्ड !
(स्रोत : रचनाकार स्वयंले ईमेल(Kritisangraha@gmail.com)मा पठाईएको)