सोधेमा नाम कस्को लेखुँ किताबमा
घुम्टो उठाई दिनु हाँस्दै जबाबमा
दिँदादिँदै म थाके, थाकेन लिँदा ऊ
खालि लिनु रहेछ उसको हिसाबमा
निल्दैछ औशीले नि छानिवरि शशि
चम्किलो नै त पर्छ सँधै चुनावमा
मायालु हुन्छ भन्थे बिहानीका फूल
आगो लुकेको देख्छु रातो गुलाबमा
मेरो हजुर आई सानो खुसी दियो
राजीले दे को या दे को दबाबमा
चिच्याएर रुँदैछ छातीको घाउ यो
पानी मिसायो कसले फेरि सराबमा
(स्रोत : रचनाकार ले माथि रहेको ‘नयाँ रचना पठाउनुहोस्’ मा पठाउनुभएको )
Naya naya srijana haru uplod garnus na bises gari gajal ani upnayas