सांसद
ज्योतिषीलाई हात देखाउछन्
खिसिक्क हाँसी दाँत देखाउछन्
सांसद छान्ने यो कस्तो कसी
योग्यता होइन जात देखाउछन् ।
राजदूत
कोही कम्युनिष्ट कोही काँग्रेस भन्छन्
थाहा छैन कतिले मेरो देश भन्छन्
ठूला देशका राजदूत सामु झुकेर
हामी भन्दा हजुर बेस भन्छन् ।।
राष्ट्रपति भवन कि मुसि
यहाँ जो पनि सस्तो खुसी खोज्ने
पृथ्वीमा रम्भा र उर्वशी खोज्ने
हुँदा हुँदा सोर्स हुने मुसोले पनि
राष्ट्रपति भवनकि मुसि खोज्ने ।।।
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस
(स्रोत : रचनाकार स्वयंले ई-मेलमा पठाईएको । )