(विदेशीएकी चेलीको जिवनमा आधारित सत्य कथा )
(पात्रको नाम परिबर्तन )
उ नारायणीको पानी जस्तै पबित्र थिई । तर पनि धमिलो आफै हुदैन कि त चलाईदिनुपर्छ कि त भेलनै आउनु पर्छ तर बुझ्दै नबुझि ती आबोध अनि अबला नारी माथिको चरित्र हत्या गर्ने कोशिश गर्दैछ रुबिन ।
कुरा सायद २०६४ सालको हुनुपर्छ आँखाभरी टिलपिल आँशु अनि ति तोतेबोली बोल्दै गरेका आमाको काख भित्र ममताको छाँयामा हुर्कने बेलाका साना आँखाका नानी छोराछोरी छोड्दाको पिडा कुन आमालाई गार्हो नहोला अनि घरपरिवार ईष्टमित्र नातागोता छरछिमेकीबाट छुट्टीदा मुटुमा ठुलै ढुंगाले थिचेको अनुभव गर्दै झिनो आशा र ठुलो सपना बोकेर मातृभुमि छाड्दै ईजरायल प्रबेश गर्छिन निमा ।
उनको पनि ठुलै सपना थियो होला श्रीमानलाई खुशी राख्ने छोराछोरीको असल आमा बन्ऩे अनि छोराछोरी पढाउने हुर्काउने र असल नागरिक बनाउने अनि घरको जिम्मेवारिक बुहारी बन्ऩे तर के गर्नु लोग्ने मान्छेनै हो आखिर श्रीमान रुबिनले शंका गर्न थाल्यो झन रुबिनको शंकामा साथीभाई छीमेकिले झन साथ दिन्छन् र भन्छन्- “हेर रुबिन ईजरायलमा नेपाली महिलाले शरिर बेचेर पैसा कमाउछन् ।” उस्लाई के चाहियो र यहाँ भन्दा, पुर्ण रुपमा नकारात्मक बन्दैजान्छ निमा प्रति ।
बिचरी निमा बिदेशको भुमिमा १८ अठार घन्टा काम गर्छे भोक तिर्खा निन्द्रा भन्दिन बचेको ६ घन्टा घरको याद छोराछोरीको संझना र रुबिनको यादमा तस्बिर हेर्दै बिताउँछे ।
निमा केवल सुन्दर र सानो झुप्रो बनाएर त्यो झुप्रोमा आफ्नो परिवार खुशीका साथ बस्दै एक अर्कामा माया र ममता साटासाट गरि जीवन बिताउने उस्को अन्तिम ईच्छा थियो तर अचानक बिरामी हुन्छे कति काम गरोस् त बिचरी ! शरिरले अनि त्यस माथि पनि चिन्ता पिरले ग्रसित निमा ।
कठै ! निमा इजरायलको अस्पतालको बेडमा कराउँछे चिच्याउँछे छट्पटिन्छे घरको यादले आतिन्छे त्यो भन्दा पनि रोगले च्याप्दाको पिडामा झन् ……….. ।
उ भन्छे साथीहरुलाई- “छोराछोरीको मुख हेर्छु, कृपया यतिकै भएपनि मलाई नेपाल पठाईदेउ । म प्राण त्याग्दिन छोराछोरीको मुख नहेरि यदि त्यागेछु भनेपनि मेरो भौतिक शरिर रुबिन सम्म पुर्याईदेउ है नत्र मेरो रुबिन मृत्युको बियोगमा तडपिन्छ । उ पनि बाँच्न सक्दैन कमसेकम मेरो अनुहार त हेरेर चित्त बुझाउँछ ।” कठै निमा यस्तो भन्छिन् ।
केहि दिनमा निमालाई औषधिले ठिक गर्दै जान्छ बिस्तारै उस्लाई अस्पताले ले डिस्चार्ज गर्छ साथीहरुले कोठामा ल्याउँछन एक दुई दिनपछि उ पहिले जस्तै हुन्छे
रोगसँग लड्न उ सफल त हुन्छे तर शंकालु रुबिनको आँखाबाट पबित्रताको नामबाट बच्न सफल हुँदिन ।
कुरा के भने अस्पतालबाट कोठामा आई नपुग्दै रुबिनलाई आफ्नो पिडा,मर्म दुःख र रोगसँगको आफ्नो अन्तरद्वन्दको काहानी सुनाउँछु भन्दै आफ्नो कार्यब्यस्तताका कारण केही समय अगाडिबाट deactivate गरिएको फेसबुक एकाउन्ट पुन: खोल्छे आज फेसबुक खोल्न के पाएको मात्र थिई, एक्कासी छाँगाबाट खसेजस्तो हुन्छे पुरा ब्रमाण्ड नै ढलपल ढलपल भएजस्तो गरि उसैमाथि पुरा आकाश खसेजस्तो हुन्छे फेसबुकको भित्ता भित्तामा रुबिनले निमाको बारेमा नानाथरि आरोप र निमाको पबित्रताको ठुलै करणी गरेको छ । निमा रुन्छे आतिन्छे कराउँछे तर उ के पो गरोस् । एउटी नारी नै त हो कस्ले पत्याउँछ यो पुरुष प्रधान समाजमा अबोध पबित्र र ईमान्दार निमाको कुरा ।
झन् निमाको दुःख बिदेशिएकि नारीको पिडा मर्मलाई बुझ्नु कता हो कता झन् रुबिनको फेसबुक स्टाटस सबैले सेयर गर्छन् । बिश्वभरि सनसनि फैलिन्छ निमाको गल्ति औल्याउँछन । उता रुबिन आफ्नो बिजय भएको महशुस गर्छ । तर निमाको ईज्जत उस्को परिवार र उ माथि जोडिएको ख्याल राख्दैन । अनि छोराछोरीको भबिष्य प्रतिको कुनै बोध छैन बिचरा ति अबोध छोराछोरी आमाको बाटो हेर्दै आज पनि टोलाई रहेका छन् । उता निमा होस हराए झै बेहाल भएकी छे कहाँ जाओस्, कस्को सहारामा बाँचोस्, अचेल रुबिनको कुराले निमालाई विनाकरण दोषी र चरित्रहिन नारी ठान्छन् ।
यसै बिचमा मैले पनि रुबिनको फेसबुक स्टाटस शेयर गर्ने एक पात्र हुँ । “अनयासका पानाहरू गजल संङ्ग्रस ” फेसबुक मा पनि कागकै पछाडि डौडिरहेको थिएँ । एउटी नारीको भावना बुझ्न सकिन मैले माफी चाहन्छु निमा प्रति ।
निमाले मैले फेसबुकमा रुबिनको स्टाटस सेयर भएको देखेपछि मलाई अचानक २०६९/१२/२२ गतेका दिन निमाको म्यासेज आयो र मैले सबै कुरा बुझेँ निमाको म्यासेज मध्ये सानो अंशमात्र जस्ताको तस्तै साभार गरेको छु (होइन भाई त्यति खेर मलाई hospital मा बस्नु परेको थियो त्यसैले deactivate गरेको थिएँ फेसबुक, जब hospital बाट फर्किएँ त्यसपछि फेसबुक खोल्दा त्यस्तो देखेँ ……..यो सबै मेरो बद्नाम गरिएको हो रुबिन बाट ….उहाँले गरेको बदनाम त पचाउने बानी परिसकेकॊ थियो । तर अरु बाट पनि आगोमा घिउ थप्ने कामले गर्दा मन दुख्ने रहेछ …हजुरहरु कसैको पनि दोष त छैन । त्यस्तो status नदेखेको भए कसैले पनि त्यस्तो लेख्ने मौका पाउन्न थियो । तर सत्य कुरा के हो त्यो कमेन्ट गर्नेहरु कसैलाई पनि थाहा छैन …. मन नपरे एकअर्कोलाई छोडेर बस्न पाउँछ । तर त्यस्तो public बद्नाम गर्न त नपाउनु पर्ने हो ….तेसै माथि त्यसमा थपथाप पारिएका कमेन्ट हरु ……. आबस्यक पर्यो भने मैले सबै सत्य तथ्य अबस्य पनि भन्ने छु । अहिले यो फेसबुक चलाउन थालेको २ बर्ष पछिको कहानी मात्र होइन बिगत २०४६ मङ्सिर १५ गते देखिको दुखद कहानी …माफ गर्नुस् भाई बेला बेलामा म्यासेज send गरेको मा…)
म पनि कुरै नबुझि किन लहैलहैमा लागेको होला रुबिन अझै निमाको बद्नाम गर्दै छ । उता निमा आफ्नो जिवन रक्षाको लागि र बिनाकारणको दोष आरोपको दागको लागि मेटाउने आधार खोज्दैछिन् । गुहार माग्दैछिन् न्यायको अपेक्षा गर्दैछिन् ।
निमा के गलत छिन् त ?
निमा गलत छैनन् ।
अब पाठकको जिम्मा रुबिनलाई के भन्ऩु हुन्छ ?
निमालाई कसरी न्याय दिनुहुन्छ ?
रामकृष्ण पौडेल “अनयास”
गजलकुन्ज, चितवन
ramkrishnap1@yahoo.com
(स्रोत : Bimamyagdi.com )