~अन्जान मानव~
“अंकललाई नमस्ते गर्नु पर्दैन ?” -आमाले छोरालाई हप्काउँछिन् ।
“कस्तो जाडो छ ।” -दुबै हात गोजीमा राखेको छोरा खिसिक्क हाँस्दै भन्छ ।
“के भन्छ यो ? जाडो भयो भनेर खल्तीमा राखेको हात झिक्न गाह्रोले नमस्ते नै
नगर्ने होस् त ?” -आमाचाहिँ पनि अलिअलि हाँस्दै भन्छिन् ।
यता म पनि जाडोले दुबै हात गोजीमा राखेको थिएँ । छोरोचाहिँले नमस्ते गरिहालेको भए त मैले पनि नमस्ते फर्काउन गोजीबाट हात त झिक्नु नै पर्थ्यो । म पनि मुसुमुसु हाँस्दै सोचेँ जे गर्यो केटोले ठिकै गर्यो ।
– अन्जान मानव
(स्रोत : Bimamyagdi.com )