~सुजन बैरागी~
म त्यस ठाउँमा पहिला पनि पुगेको थिँए, तर धेरै पहिला । त्यतिबेला त्यो एउटा सुन्दर संसार थियो । त्यो प्रसंशनिय थियो । त्यहाँको नदीनाला, हावापानी, वनजंगल अनि त्यहाँका सहयोगी निःस्वार्थी मानिस, आहा ! कति राम्रो थियो कति असल थियो । तर त्यहाँ केही वर्ष अगाडी देखि मनमुटाब गर्दै झगडा सुरु भएछ, यस्तै एउटै परिवार भित्र आपसमै काटमार सुरु भएछ । यसरि आपसमा भएको युद्धले नराम्रो रूप लिईसकेको थियो ।
यो देखेर पृथ्वी संरक्षक श्रृष्टिकर्ताले एउटा बुद्ध पठाउनु भयो त्यस ठाउँमा शान्तिको सन्देस छर्न । र, त्यहाँको द्वन्दात्मक वातावरण अनुकुल पार्नको लागि । तर बेकार भयो, किनकि त्यहाँको पोखरी र नदिहरू सबै रातो भैसकेको थियो, हावा सबै बारुदले भरिइसकेको थियो । खाल्टो र खोल्साहरू लासले सम्म भैसकेका थिए । त्यहाँको बस्तीमा मानिस नै थिएनन्, अब कसलाई दिने सन्देश ?
सुजन बैरागी
तिल्पुङ ३, रामेछाप
ईमेल – ursm.ss@gmail.com
वेव – www.sujanbairagi.blogspot.com
(स्रोत : Bimamyagdi.com )