शङ्खधुनी सँगै बज्न थाल्यो मन्दिरमा घण्ट
धुप ,दिप मग्मगाउने बासना मन्दिर वरपर !
भजन,किर्तन भइेरहेछ हार्मोनियमको तालमा
भक्तजनको लाम लस्कर मन्दिर परिसरमा !
इश्वर सँग बर माग्छन कर्म सिद्ध होस भनी
जलाएर दिप प्रण गर्छन दु:ख हटोस भनी !
मंगलधुन सँगै सुरु हुन्छ मंगल दिनको काम
ध्यान, जप पछी आनन्दछ भक्तजनको मन !
सत्य बन्छ धर्म यहाँ शान्त भाबको मनले
पलाउछ दया, माया सेवा गर्ने भाबनाले !
शङ्खधुनी सँगै बज्न थाल्यो मन्दिरमा घण्ट
धुप ,दिप मग्मगाउने बासना मन्दिर वरपर !
– राज थापा
लिम्रिक , आयरल्याण्ड !
(स्रोत : रचनाकार स्वयंले ईमेल(Kritisangraha@gmail.com)मा पठाईएको)