~जनक शर्मा लामिछाने~
दृष्टिसहितका आंखाहरु नभै दिएका भए
त्यहां जहां उनीहरु छन्
दुलादुला खोजेर, पहिल्याएर डुडेलो घुसार्न कसरी सक्थे ?
जब शक्ति के आउंछ हातमा
मदोन्मक्त हुंदै देवदुत सम्झंदै आफुलाई
बर्बराउन किन सक्थे ? महावाणि, आश्वासन र प्रतिबद्धताहरु
सुनिन्थ्यो ल्याप्चेहरु देश परदेश चलाउंछन
त्यसैले नचलेको हो यो देश
सियोदेखी मियोसम्म भएन, हातदेखी मुखसम्म चलेन
टाउकोदेखी पैतलासम्म चलेन
त्यसैले,
अहा ∕ अब त समय बदलियो रे
निरंकुशतामा अंकुश लाग्यो
भरपेट खान नपाउनेले चौराशी व्यञ्जन पायो
भुक्के चप्पल लाउनेले मखमलमा टेक्न पायो
छाप्रो छाउन खर जुटाउन नसक्नेले दरबार बनायो
तब, आफ्नो घरमा आगो लगाई खरानीको व्यापार बढायो
तर, संगैका छापाहरु टाल्न नसक्ने बनायो ।
अब त दुर्दिनहरु विदा भए
किनकी सर्वश्रेष्ठ धनुर्धहरु हर्ताकर्ता भएका छन्
त्यत्ति मात्र कहां हो र ?
आफ्नो विकास तरिका पत्ता लगाएका छन्
नयां भन्दा नयां विधि र प्रविधि भिœयाएका छन्
कसरी जोगाईराख्ने पुस्तौ पुस्ता, मेसो मिलाएका छन्
दत्तचित्त रहंदा देशप्रति निदहराम गराएका छन्
त्यसैले त सात समुद्रपारलाई पानी पंधेरो बनाएका छन्
स्वदेशमा नोट नमैलाउन परदेशमा धुलाईको काम मिलाएका छन्
तारे होटलमा डेराडण्डा जमाएर
गरिवी उन्मुलन, अशिक्षा, रोग भगाउने योजना बनाएका छन्
सासको टेकोले अड्किएका जनतामाथि
प्रत्येक सप्तान्तमा थेग्नै नसक्ने महंगी बढाएका छन्
ताल सांचो हातमा परेर होला मनलाग्दी गराएका छन्
सुंकु सुंकु रुन्थे पहिले
अब त डांको छोडेर चित्कार गर्ने बनाएका छन्
राष्ट्रबादको के कुरा र
त्यो त विकसित देशको कुरा हो
तसर्थ स्वदेशलाई अन्तराष्ट्रवाद बनाएका छन्
अनुरोध छ,
ध्यान दिएर सुन्नुहोस, दृष्टि दिएर हेर्नुहोस
जे भनिदैं छ, तपाईहरुका लागी
जे गरिंदै छ, हाम्रा लागी
भैसक्यो औशीको रातमा शशिको उदय
तैपनि दिनमै निष्पट्ट छ भन्छन् किन ?
कि असक्षम बेइमान र अयोग्य बनाइएछ ?
नत्र के दे्रख्छन्, उनीहरु ।।
– जनक शर्मा (लामिछाने)
भक्तपुर, हाल सिडनी,अष्ट्रेलिया
(स्रोत : Namastenepalnews.com