अस्ति भर्खर जस्तो लाग्छ
तिमीले कविता लेख्न थालेको
साहित्यको खुल्ला बजारमा
फेरि पनि लोकापर्ण गरेछौ
अर्को नयाँ किताव
कवि मित्र
तिमीलाई साधुबाद †
मैले सर्सर्ती हेरेँ तिम्रो नयाँ किताव
तिम्रो किताव भन्दा पनि सुन्दर थियो
तिम्रो कितावी गाता
त्यस भन्दा पनि सुन्दर थियो
तिम्रो रङ्गिन फोटो
र अझै त्यस भन्दा पनि सुन्दर थिए
तिम्रो कितावमा तिम्रा प्रकाशित कृतिहरुको सूची
र तिमी संलग्न वायोडाटा ।
कवि मित्र †
एक भेटमा तिमीले भन्दै थियौ मलाई
‘तिमीले किन छाड्यौ कविता लेख्न ?’
ठीकै हो तिम्रो बुझाई
तिमीले जस्तो महङ्गो गाता राखेर
एउटा मात्र पनि किताव ल्याउन सकेको छैन बजारमा ।
कवि मित्र
मेरो कवि संवेदनाभित्र
‘फाटिरहेको छ मेरा ‘बा’ को कछाड
धूजा–धूजा भएको छ मेरी आमाको गून्यू
र गरिवीको थाङ्नामूनि
गुटमुटिएका छन् मेरा पारिवारिक जीजिविषाहरु ।’
यस्तो गरिवीको घातक महामारीभित्र
म कसरी प्रकाशन गर्न सकुँला
आफ्ना कितावहरु ?
र तिमीलेजस्तो प्रत्येक महिना
लोकापर्ण गरुला आफ्नो ‘बायोडाटा’
अँ साँच्ची
अस्तिमात्र एउटा तारे होटलमा
तिमीले आफ्नो कविताको एकल साँझ ग¥यौ रे
तिम्रा निम्तारु पाहुनाहरु
वर्णन गर्दै थिए तिम्रो स्वागत गाथा
धेरै भव्य र सम्भ्रान्त थियो रे
तिम्रो कविता साँझ
अति स्वादिस्ट थियो रे त्यो ‘चिकेन फ्राई’
र वेहद आनन्दित थियो रे
त्यो विदशी ‘ह्स्किी’
कवि मित्र †
हिजो आज जताततै तिम्रो प्रशंसा छ
र यो साहित्यको खुल्ला बजारमा
तिम्रो मान मनितो पनि छ ।
तर आजकल मत
तिम्रो मात्रै एक असल पाठक भएको छु
तर कवि मित्र
आजकल खर्कको माथि
गाई चराउँदै साहित्यको साधनामा तल्लील
नवदेवकोटाहरुको चर्चा बजारमा गुमनाम छ ।
आजकलका पाखण्डी समालोचकहरु पनि
‘ह्स्किी’ र ‘व्राण्डी’को स्वादमा
तिमीहरुकै ‘भजनमण्डली’ मा सामेल भएर
अन्धप्रशंसामा अभ्यस्त देखिन्छन् ।
कवि मित्र
यतिखेर टेलिभिजनमा आउने
सस्तो चाउचाउको विज्ञापन
र आजकलको कविता मलाई उस्तै–उस्तै लाग्छ ।
सायद यस्तो पनि हुनसक्छ ..
म कवि नभएर यो कविता बुझिरहेको छैन् ।
बलेवा, बागलुङ
– शुक्रबार, 5 बैशाख, 2071
(स्रोत : Samakalinsahitya.com )