बिश्व मानचित्र अंकित ग्लोब घुमाउँदै इन्सपेक्टरले म तर्फनजर केन्द्रित गर्दै सोध्यो, “अस्मिता बहिनी,आमरुपमा हत्या प्रतिशोधलेर्,र् इष्र्या र डाहाले ब्रम्हचेतन अचेत भएको बेलामा गरिन्छ । तपाईंले भाष्करको हत्या गर्नुको पनि कुनै कारण होला । के त्यसको राज जान्न सकिन्छ l -” म बोल्दै गएँ । “हो इन्सपेक्टर साहेब मैले नै भाष्करको हत्या गरेकी हुँ । उसको हत्या गरेर मलाई एकरत्ति पनि आत्मग्लानी छैन । उसको हत्या गरेर
मैले मानसिक तनावबाट मुक्त भएकी छु । अव मैले पश्चात्ताप गर्नुको पनि कुनै अर्थ रहदैन । किनकी हत्या गर्नु पहिले नै मलाई राम्रो संग ज्ञान थियो कि हत्या गरीसके पछि मैले कुन महल अर्न्तर्गतको सजायँ भोग्नु पर्छ भनेर ।” म बोल्दै गईरहेँ । मेरो सम्मुखमा बसेको हवल्दार बिल्लाधारी कारिन्दाले बयान लेख्दै गइरहृयो ।
२०६१ सालमा बहिनी आयूषा र मैले गाउँकै भीमोदय माध्यमिक बिद्यालय बाट संगै प्रवेशिका परिक्षा उत्तर्ीण्ा गर्यौँ । त्यसपछिको स्तरीय शिक्षार्जन हेतु बहिनी आयूषा र म काठमाण्डौँ आयौँ । आयूषाले कमर्स रोजी भने मैले आर्टस्मा अध्ययन जारी राखेँ । काठमाण्डौँमा हामी दिदी बहिनी डेराको कोठामा संगै रहन्थ्यौँ । दोलखाको रमणीय प्राकृतिक उच्छवासमा स्वतन्त्र उडान भरेर रमेका हामी २ चरी अत्यासलाग्दो घना मानव कोलाहल र फुङ्ग उडेको कृत्रिमतालाई अँचेटेर सिमेन्ट नै सिमेन्टको जंगललाई आफ्नो बिशेषता बनाएर ठडिएको काठमाण्डौँलाई अङ्गकिार गरी बस्नुपर्दा मानसिक अस्वस्थताको अनुभूत गरिरहनु पर्यो । खैर हामीमा उच्च शिक्षा हासिल गर्ने लक्ष्य भएको हुँदा प्रतिकूल शहरी सास्ती खेपेर अध्ययनलाई जारी नै राख्यौँ ।
“अस्मिता, त्रि्रो फोन, मम्मीले दोलखा बाट गर्नु भएको झट्ट आउ त ।” भाष्करले कम्मर देखिको माथिल्लो सवै भाग स्वात्त ढोकाको हाताबाट घुसारेर मलाई पुकार्दै भन्यो । धेरै समयको अन्तराल पछि घरबाट फोन आएको थियो । म हतारिदै हर्ुर्रिएर भाष्करको कोठामा पुगेँ । फोन भाष्करले आफ्नै कोठामा राखेको थियो । भाष्कर अर्थात् मेरो घरबेटीको छोरो । बुवा सानैमा बितेको रे । आमाको एकल लालनपालनमा हर्ुर्किएको एक्लो छोरो । एक्लो छोरो भएर पनि सौम्य र शालीन हँसमुख केटो । एक्लो छोरो हुनेहरु बाबुआमाको लाहाडे मायाले हठी हुन्छन् भन्ने आमकथन अनुरुपको बिपरीत भंग्ाीको बिनोदी स्वभावको केटो । म फोनमा व्यस्त हुँदा उसले मलाई एकटंकार संग घोरिएर हेरिरहृयो । शायद यो उस भित्र प्रवाहित तारुण्य उद्वेगको प्रभाव होला । उसको यस्तो कृयाकलामा म मौनता साँधेर बसिदिन्थेँ । एक यौवनाको आकर्ष रुपसी सौर्न्दर्यतामा बिपरीतलिङ्गीको र्श्पर्शरहित रुपपान प्रति घोर आपत्ति जनाउनु पनि त मिलेन नि । मेरो सुष्मा-सौर्न्दर्यले उ भुतक्क भए पनि उसले हामी दुवै दिदी बहिनीलाई पारिवारिक सदस्यको जस्तो व्यवहार गर्छ भने किन उ प्रति अनर्गल कुरा मनमा पालौँ – उसले बिठ्याई नगरेपछि मैले छुच्याईं पनि देखाउनु भएन नि । म चुप लाग्नुको कारण यहि थियो । आयूषा संग त उ धेरै नै झ्याम्मिएर कुरा गर्ने गथ्र्यो । भाष्करको यस्तो व्यवहारले लाग्थ्यो कि आयूषा उसकै सहोदर बहिनी हो । एकदिन आयूषा कलेजबाट आउन ढिला गरेपछि भाष्करले उसको सात्तो खाएको थियो । आयूषा ढिलो आयो भनेर आमालाई समेत कुरा लगाउन पुगेको थियो । अव आइन्दा ढिलो आएमा कारण देखाउ उर्दी जारी गरेको थियो । आयूषा प्रतिको यस्तो रुखो व्यवहारले मलाई किञ्चित दःुखी बनाएन । बहिनी प्रति उस्ले देखाएको अभिभावकत्वले म भित्र भित्र गद्गद् भएकी थिएँ । आयूषा पनि भाष्करको आवाज सुनेपछि थर्कमान हुन्थी अनि भाष्करको आमाको ढाडमा लपक्क टाँसिएर शरणागत भईदिन्थी । “राम्रो मुखले सम्झाउन सक्दैनस् – कत्ति डस्छस् बिचरीलाई ।” भाष्करको आमाले आयूषाको ओठ ढाकेर भाष्करलाई हकारेको देख्दा मेरो आँखा तत्क्षण जलमय भएका थिए । कत्रो ममत्व हामी माथि तिनीहरु आमा छोराको । कस्तो पुत्रीवत व्यवहार हामी दिदी बहिनी माथि भाष्करको आमाको । भाष्करको आमाको मायावी व्यवहारले पुलकित हुँदै आँसुको ढिक्का परेलीको डिलबाट गुड्दै गालाको फाँट हुँदै चिउँडोमा गएर खसौँ कि नखसौँ भएर टुपुल्किएर बसिरहन्थे । भाष्करको आमाले हामीलाई गर्ने मातृममत्वको व्यवहारले गर्दा दोलखामा रहनुहुने आमा बुवालाई पनि अलि अलि बिर्र्सर्ेेजस्तै बन्ााएको थियो ।
एक दिन भाष्करले अजस्र साहस निकालेर म संग बैवाहिक प्रस्ताव राख्यो । उसको शालीन स्वभावले मलाई पनि आकषिर्त नगरेको त कहाँ हो र – मनमा उसको बिछट्टै माया भए पनि नारीलज्जाले गर्दा मैले उ सामु उसलाई मन पराएको कुरा भन्न सकिरहेकी थिइन । बैवाहिक प्रस्ताव संगसंगै मैले भाष्करलाई पनि एक शर्तनामामा अनुबन्ध गराएँ । मैले आफ्नो अध्ययनक्रम सकिएपछि मात्र बिवाह गर्ने कुरा जाहेर गरेँ । बिवाहपर्ूव हामी बीचमा कुनै त्यस्तो शारीरिक सम्वन्ध हुने छैन । यत्ति सम्मकी हामी बिचको भावानात्मक सम्बन्धको बारेमा कस्ौले भनक समेत पाउने छैन । मेरो कुरामा भाष्करले सहर्षा जनाएर स्वीकृती पर्ूवक मुन्टो हल्लायो । साँच्चै मैले भाष्करलाई कहिले बाट कसरी मन पराउन थालेछु , म आफैँलाई हेक्का थिएन । माया बस्न कुनै योजना र तयारी नै चाहिँदो रहेनछ । अनि कसैलाई मन पराउँदैमा माया निस्पिmक्री संग पाईने चीज पनि होइन रहेछ । गम्भीर प्रकृतिको भाष्कर धेरै सुन्थ्यो र कम बोल्ने गथ्र्यो । “कस्तो अचम्मको केटा, घरबाट बाहिर निस्किएर घुम्न गएको पनि कहिलै देख्दिन । साथीभाई पनि छैन कि के हो भनेको उसको । कत्ति घरमा नै कोच्चिएर टि.भि.मा आँखा जोतिरहेको होला । त्यो पनि किड्स च्यानलमा कार्टर्ुुहेरेर दिन त सिनित्त निलीदिन्छ ।” एकामन त हर्ुर्रिएर गएर उसको हातको रिमोट कन्ट्रोल खोसेर अरु नै च्यानल लगाएर छोडिदिउँ जस्तो लाग्थ्यो । उसको कोठामा मलाई पस्न वर्जित त थ्ािएन तर मन छाडा गरेर ताराम्तार गईरहँदा उ मेरो रुपाकृतिमा सम्मोहित भएर ज्यानछाडा नबनोस् भन्ने मेरो ध्येय थियो । किनकी पूरुषबर्गहरु नारीको तुलनामा आफ्नो यौन उद्वेगलाई छेकथुन गरेर राख्न सक्ने क्षमता अति न्युन हुन्छ भन्ने ज्ञान मलाई राम्रो संग थियो । जब उसले वल्लो कोठाको डेरावाल्ाीलाई सिन्दुर पहिराएर दुलहीको दर्जा दिदै अर्को कोठामा सार्नेछ ,त्यसपछिका मेरा हर अंगप्रत्यंग संग रगमगिएर मधुमय आन्ान्दपान गर्ने उसको पे्रममय घडि त छँदैछ नि । बिवाहपर्ूव उ सामु रतिराग्ाी पात्रको रुपमा प्रस्तुत भएर बैँस पस्किएर पल्काउनु मेरो लागि पनि अलि संन्दिग्ध खतरा नै हुन्थ्यो । अर्थात् मसंगको चरमानन्दको शारीरिक सुखपान प्राप्ती पछि उसले पानको पिक झैँ नाङ्गो सडकमा बजारेर नाङ्गेझार पारीदिन सक्थ्यो । रछानमा फ्याँकिएको भातको जूठो सितोमा पदार्पित हुन सक्थेँ । उ संग संन्दिग्धता जताउनुको कारण यहि नै थियो । मेरो मनको एकान्तकुनामा उ प्रति अजस्र माया हुँदाहुँदै पनि बिवाहपर्ूव शारीरिक सम्वन्धको बिषयमा सन्धिर्सपन गर्न नसक्ने उसलाई बताएकी थिएँ ।
ओहो हामी दिदी बहिनीले कत्ति छिट्टै ६ बर्षकाठमाण्डौँमा नै पढ्ने क्रममा सिनित्तै पारिसकिएछ । अव त भाष्करलाई भन्दा मलाई नै उ संग नजिकिन मन लागिरहेको थियो । “छ्या ! तिमीलाई म कसरी भनुँ भाष्कर, अब तिमीले अपनाउने दिन आइसके भनेर । त्रि्रो अर्धाङ्गनिी बनेर त्रि्रो बाहुपाशमा बाँधिन म पो कता कता आत्तुरीरहेको छु त । केटा भएर पनि कस्तो लठेब्रो हो । अब त केहि बोल न भाष्कर ।” आजकल किन किन यस्तै हुण्डरी र मनोबादहरु ले मनलाई गिजोलिरहन्थ्यो । एक दिन उसले म संग शारीरिक सम्बन्ध राख्ने अनुनय गर्दा मैले नै उसलाई मायालु शैलीमा सम्झाएकी थिएँ । “धत् भाष्कर, बिवाह अघि यो कसरी सम्भव छ भन त । बिवेकी मान्छे भएर पनि तिमीले यस्तो कुरा गर्न सुहाउँछ भन त । बिहे पछि त यो अस्मिता सदा सदाको लागि त्रि्रै त हो नि भाष्कर । प्रबल कामबासनालाई सन्तुलनमा राखेर संयमी बन्न सिक प्लीज” भन्दै उसको कपाल मुसार्दै उसलाई सम्झाएकी थिएँ । बिचरा भाष्करले त्यस क्षण निन्याउरो मुख लाउँदै उद्धिग्न हृृदय ल्ािएर आफैँलाई थुप्थुपाएको थियो । अब त आफैँ गएर उसले र मैले गरेको बाचा कसमको कुटुरो खोलेर पुनस्मृति गराउनु पर्ने भयो । अनि हामी दुवै जना बिहे गर्ने पक्कापक्की भएपछि सबभन्दा पहिले मेरी प्यारी बहिनी आयूषालाई सरप्राइज दिनेछु । त्यसक्षण मेरो निर्ण्र्ाासुनेर एकछिन त अवाक पर्दी हो आयूषा त । मेरो मुखमा एकतमास संग हेरेर दंगदास पर्दी हो । यत्तिका बर्षसम्म हामी दिदी बहिनी संगै बस्दा पनि भाष्कर र मेरो अन्तरंग सम्बन्धको बारेमा छुसुक्क सम्म गन्ध थाहा नपाउनुको हाम्रो गोपनियता देखेर तीन छक पर्दी हो । तरुनी भईसकेकी दिदीको निर्ण्र्ााप्रति किन आपत्ति जनाउनु भनेर स्वीकृति स्वरुप मुन्टो हल्लाएर सहमत हुँदी हो ।
कलेजबाट मार्कसीट लिएर आईसकेपछि आफु सुत्ने पलङ्गमा फ्यात्त फाल्दै मिर्ठाईको झोला लिएर भाष्करको आमाको कोठामा पसेँ । मैले भाष्करको आमालाई भन्नु थियो आज । “आमा अहिले पनि तपाईकी छोरी अस्मिताले एम. ए. को परिक्षा पनि प्रथम श्रेणीमा उत्तिर्ण्र्ाारी । यस खुसियालीमा मेरो आमाको मुख मिठो बनाउन भनेर बजार बाट मिर्ठाई लिएर आएकी छु । आँ˜˜˜˜ गर्नु त आमा” भनेर आमाको मुखमा मिर्ठाई कोचाईदिएर थपडी बजाउँदै आमालाई जिस्क्याउनेछु । मलाई भाष्करको वास्ता पनि लागेन त्यस क्षण । किनकी घरको जेठो पाको आमा हुनुभएको कारणले गर्दा यो खुसी सुन्ने पहिलो भागीदार आमालाई नै बनाउनर्ुपर्छ । त्यसपछि बिरालोको चालमा आमाको कोठामा पसेँ । त्यहाँ मैले आमालाई देखिन । भान्छाकोठामा गएर आँखा चाहारेर नियालेँ । त्यहाँ पनि आमालाई पाउन सकिन । आमाको खाटमा नित्यरुपमा आमाले लगाउने साडी व्लाउज हरु असरल्ल अवस्थामा फालिएको पाएँ । मैले सहजै अड्कल काटेँकी आमा आज घरमा हुनुहुन्न । म खल्लो मन लिएर भाष्करको कोठा तर्फलागेँ । भाष्करको कोठामा चर्को आवाजमा टि.भी. बजिरहेको थियो । उसले नदेख्ने गरी उसको कोठामा प्रवेश गरेर आँखा छोपीदिँदै भन्नेछु । “थाहा छ भाष्कर, त्रि्री अस्मिताले एम.ए. को परिक्षा पनि प्रथम श्रेणीमा उत्तिर्ण्र्ाारी । मैले तिमीलाई लामो घडिसम्म प्रेम परागमा प्रतिक्षित गराएर शिक्षार्जन गर्ने लक्ष्य पुरा गरेकी छु । अब तिमी र म बीच भएको बाचा पुरा गर्ने जिम्मा त्रि्रो हो । आउ, यो खुसियालीमा लड्डु खाएर मुख मिठो बनाऊ” भन्दै उसको मुखमा मेरै हातले मिर्ठाई खुवाईदिनेछु र एकाकारको लागि बाहु फैलाएर प्रणयता दर्शाउनेछु । “आऊ भाष्कर, हामी दुवै यस निरभ्र बन्द कोठामा बर्षौँ देखिको प्रतिक्षित बाचालाई तोडेर एकाकार भएर उद्धिग्नताको धज्जी उर्डाईदिउFm ।” यसै यसै भन्दै मेरो शरीरको सम्पर्ूण्ा भार ऊ माथि घोप्ट्याईदिनेछु । उसको कोठामा प्रवेश गर्नु अघि ढोकाको प्वालबाट उसलाई चियाएँ । उसको कोठाभित्र मैले जुन आपत्तिजनक भयावह दृश्य देख्न पुगेँ , त्यो दृश्यले मलाई नराम्रो संग रन्थनायो । बर्षौँ बाट उ प्रति पालेको माया बिश्वाश र कसम छिन भरमा नै खरानी भयो । बन्द कोठाको त्यस अत्यासलाग्दो दृश्यले मेरो योजना र सोचले कायापलट खायो । कोठा भित्रको पाण्डवलीला हर्ेर्ने म मा साहसिकता नै रहेन । निरभ्रकालिन मध्यरातमा टहटह चम्किएको चन्द्रमाको कोखमा देखिएको कालो टाटो जस्तो लाग्यो भाष्करको मन र मायाहरु । आज सम्म मैले भाष्कर प्रति बिश्वाश पालिरहेकी रहेछु भने भाष्करले म संग गरेको बचनबद्धतालाई भुसुक्क बिर्सिएर,विश्वाशको अन्धतामा मलाई लपेटिदिएर उसले एक कुमारी केटीको अङ्गकिा नङ्गय्ाउँदै त्यो केटीको अस्मिता धरधरी च्यातेर भकाभक चरम यौनसुख पान गरीरहेको थियो । मेरो मानसपटलमा त्यो दृश्यले भयानक कम्प ल्यायो । यौनक्रिडामा निमग्न ति यौन पिपासु माथि ब्रि्रोह गर्नु भन्दा पनि प्रतिशोध साध्ने कुत्सितताले गँज्याईंरहृयो । किनकी भाष्करले निस्लोट हुँदै त्यस केटी माथि आपmनो बैँस खन्याईरहेको थियो भने तिर्सनाको अजर्ीण्ा बैँस पस्किदिएर एउटी सुकन्या नारी पात्रले भाष्करलाई तृप्तताको चरमतामा पुर्याईरहेकी थिई । त्यो नारीपात्र माथि रीस साँध्नु मेरो कुनै औचित्य रहन्थेन । किनकी भाष्कर र म बीचको अन्तरंग प्रेम सम्बन्धको बारेमा उ पर्ुण्ातया अनभिज्ञ थिई । मेरो मुटु भित्र भाष्कर प्रति रहेको माया, विश्वाश र सद्भाव एकाएक गधाको सिंग झैँ बिलुप्त हुन पुग्यो । त्यस दृश्यबाट आँखा हटाएर किचेनमा गएर छामछाम छुमछुम गरेँ । भित्तामा झुण्ड्याएर राखेको मासु काट्ने दाउ हातमा लिएर तेज बिजुलीको गतिमा सरासर भाष्करको कोठामा गएँ । म भित्रको मानवतत्व तत्क्षण लोप भएर उसलाई मार्न भनेर मानसिक रुपमा नै तयार भएर अगाडि बढ्दै गएँ । मैले भाष्करलाई मार्नै पर्छ । उ बाट मलाई ठूलो धोका भएको छ । मेरो मुटु ढक्क फूलेर आयो, टिमिक्क पारेर बाँधेको कपालको चूल्ठो र्सल्ाक्क खोलेर चण्डी रुप धारण गरेर सम्पर्ूण्ा बल निकालेर भाष्करको कोठाको ढोकामा लात्तीले जोडले बजारेँ । भित्र पट्टबिाट लगाएको छेस्किनीले मेरो प्रहार प्रति निरीहिता देखाउँदै फङ्गलङ्ग खुलेर आफ्नो गति छोडिदियो । घोप्टो परिरहेको भाष्करलाई आत्मरक्षा गनर्ेर्ैैवसर पनि नदिईकन मासु काट्ने दाऊले छपाछप छप्काईरहेँ । टाउको,ढाड,घाँटी यत्रतत्र छ्याक्क-छ्याक्क पारीरहेँ । उसको शरीरले थिचिएर बसिरहेकी व्यभिचारिणी नारीपात्र निमेषभरमै जुरुक्क उठेर अनुहारमा लत्पतिएको रगत पुछ्दै भित्तामा अडेसिएर म संग जीवनरक्षाको भिख माग्दै रोईरही । यति बेलासम्म भाष्करको छट्पटाहट शान्त भैसकेको थियो । अर्थात् उसको प्राणपखेरु उडेर जहाँ गएर बस्छ भन्ने आम आस्था पालिन्छ त्यहिँ गईसकेको थियो । भर्ुइंमा लत्रिएको भाष्करको लाशलाई नाघेर भित्तामा अडेसिएको नारीपात्र तिर पाइला बढाउँदै गएँ । “मलाई नमार्नु प्लीज, म बाँच्न चाहन्छु” भन्दै त्यो नारीपात्र अघोरताका साथ रुँदै थुचुक्क बसेर मेरो खुट्टा समाउँदै त्वं शरणम् भईदिई । हातमा भएको हतियारलाई भर्ुइंमा फाल्दै त्यस नारीपात्रलाई गम्लंग अंगालो मारेर म बेस्सरी रोईरहेँ । त्यो नारीपात्रलाई पनि त्यहि हतियारको एकै प्रहारमा भाष्करको प्राणपखेरु संगै उतै पुर्याईदिने कुत्सित साहसिकता त नपलाएको कहाँ हो र ,तर मैले उसलाई त्यसो गर्न सकिन । किनकी भाष्करको रतिरागी पात्र बन्ने नारी अरु कोहि नभएर मेरी बहिनी आयूषा नै थिई ।
डिसेम्बर 13, 2008
रवि भट्ट “रोषी”
दोहा, कतार
E-mail: rabi_roshi@yahoo.com
(स्रोत : Silauti.wordpress.com)