~अनिल याखा~
टिरिङ sss टिरिङ ssss गर्दै बजेको मोवाइलको अलार्मले मेरो निद्रा खलबलायो । हेरेँ, विहानको ५ बजिसकेछ, माघको महिना न हो अति जाडो थियो । आज त त्यहीमाथि वायोलोजीको प्राक्टिकल क्लास पनि लिनुपर्ने थियो । ती सब कुरा बिर्सदै मोवाइल खोलेर ड्राफ्ट मेसेज फोल्डर खोलेँ र हेर्न थालेँ उही मेसेज करिव दुई महिना अगाडि लेखेर पनि सेन्ड गर्न नसकेको । उनको फोन नम्वर पनि कम दुःख गरेर मागेको थिइन । जानी-जानी एक दिन कलेज नगई
उनको साथी प्रिन्सालाई नोट माग्ने बहानामा मागेको थिएँ । त्यस रात लेखेको मेसेज आजको दिनसम्म पनि उनको मोवाइलमा स्थान जमाउन सकेन । भनौँ मेरो मुटुले त्यो साहस गर्न सकेन । सायद यसैलाई ‘वान साइडेड’ लभ भन्छन् कयार । तर ट्रु लभ पनि त यही हो । उनी समक्ष भावना राखे पो ‘टु साइडेड’ हुन्छ त म मुस्कुराएँ । सोचेँ त्यो दिन कहिले आउनेछ । सायद मैले भावना राख्ने तरिका आविष्कार गर्न सके म जस्तो कैयौँ एकल प्रेमीको उद्दार गर्न सक्नेछु ।
कलेजमा व्रेक टाइम थियो । म फिजिक्सको हिसाव गर्दै थिएँ । तर मगजमा त्यही केटी अपेक्षा थिइ, जो कक्षा १२ मा ट्रान्सफर गरेर आकी थिई । उनको हरेक कुरा मन पर्थ्यो ।
-‘आविष्कार तेरो मोवाइल एकछिन दे त,’ प्रयासले माग्यो । मैले पनि कुनै कारण नसोधी दिएँ । एकछिन पछि प्रयास आयो र आत्तिदै सोध्यो –‘ओइ आविष्कार तैले के राखेको मोवाइलमा यार ? हेर्न नहुने फिल्म खोज्दा केटाहरुले तेरो मेसेज भेटेछन् । गौरवले बोलाउदैछ । जा रे । सरी यार ।‘गौरव अर्थात् अपेक्षाको प्रेमी । पढाईमा अव्वल नभएकाले म खासै उसलाई महत्व दिन्नथेँ । उ धनाढ्य परिवारको थियो तर कहाँ विध्द्या धनले किन्न सकिन्छ र ? डर त लागेको थियो किनकी मैले उसको प्रेमिकालाई मेसेज लेखेको थिएँ तर के उनलाई लेख्नु कुन ठूलो कुरा हो र ?
गौरवको साथमै रहेछ अपेक्षा बडो फसाद पर्यो । मानिसहरु क्यान्टिन वरिपरी थिए । मेरो मोवाइल अपेक्षाको हातमा थियो । गौरवले मोवाइलतिर देखाउदै सोध्यो यो कसको मोवाइल ? मैले मुन्टो मात्र हल्लाएँ । अपेक्षाले थपी –‘के तिमी अरुलाई राम्री देख्नेबित्तिकै र तिमीले मन पराउने बितिकै अरुले नि तिमीलाई मन पराउँछ ठान्छौ ?’ म उनको प्रश्नले थिचिएँ । तर फर्काउनलाई जवाफ थिएन । धेरै मानिसहरु जम्मिसकेका थिए हाम्रो संवाद सुन्नको लागि । उनले फेरी थपी –‘माया त आत्माबाट गरिन्छ कसैको रुप हेरेर होइन । माया भनेको दुई आत्माको मिलन हो तर लोभी आँखाको होइन । म यो जान्न चाहान्छु कि तिमीले मेसेज लेख्नुको उद्देश्य के हो ? किन लेखेर नि पठाइएनौ तिमीले ?’ उनको मायाको परिभाषा सुनेर कुनै फिल्म हेरीरहेको अनुभव भयो । अनि आजको वातावरण अनि हाम्रो यो संवादहरु पनि कुनै पुर्वतयारीसहित मञ्चन गरिएको नाटक जस्तो भइरहेको थियो । साँच्ची नै जीवन एउटा रंगमञ्च रहेछ, अनि म, र यी अपेक्षा गौरवहरु रंगकर्मी अनि अरु स्टुडेन्टहरु दर्शकहरु जस्तै । म नबोलेको देखेर उनले फेरी सोधिन् –‘आविष्कार किन नबोलेको ? मलाई थाहा छ तिमी ट्यालेन्ट छौ पढ्नमा तर यो पनि बुझ की कसैको माया पाउने त्यस्तो कुनै “फादर अफ लभ” आको छैन जसले कुनै न्युटन, आइन्टाइनजस्तो सर्वव्यापी नियम प्रतिपादन गर्न सक्ने । माया त व्यवहारद्वारा देखाउनु पर्छ, शब्दद्वारा होइन । बोलेर भन तिम्रो भावनालाई किन निर्जीव मोवाइलको साहारा लिन्छौ ? मलाई थाहा छ तिमी कुनै खराव नियतको स्टुडेन्ट होइनौ भनेर । तर प्लिज अव देखि यस्तो व्यवहार नगर ल ।‘ मैले नाई भन्न नि सकिनँ न त हुन्छ भन्न नै सकेँ न त मेरो मुन्टो नै हल्लियो । सुस्तरी मोवाइल थापेँ र क्लास रुमतिर लागेँ । त्यो दिन मैले कलेजमा के पढेँ, के पढिन केही थाहा पाइन ।
मैले अपेक्षाबाट थप आशा राखिनँ, न त उनलाई मेसेज नै गरेँ न त बोलाएँ नै तर उनलाई लेखेको मेसेज हरेक दिन हेर्ने गर्थेँ । समय बित्दै गयो । कक्षा १२ को अन्तिम परिक्षा दिने समय पनि लगभग आइसकेको थियो । एडमिट कार्ड लिन जाँदा संयोगवस अपेक्षालाई भेटेँ साथमा प्रिन्सा थिइ । उनी अलि मोटाएकीजस्तो लाग्यो । एक्जामको अल दि वेस्ट उनले भनी । मैले उनीतिर नहेरी सेम टु यु भनेँ र घरतिर फर्केँ । परिक्षा राम्रै भयो । परिक्षाको अन्तिम दिन गेटमा प्रिन्सा उभिइरहेकी थिन् भने केही टाढा अपेक्षा र उनका साथीहरु थिए । अपेक्षाले मेरो नम्वर मागिन् मेले निशंकोच दिएँ ।
रिजल्ट आउने समयको सदुपयोग गर्दै इन्जिनियरिङ प्रिपेरेसन क्लास लिदैँ थिएँ । एक विहान क्लास लिएर फर्किदै गर्दा मेरो मोवाइलमा अपरिचित नम्वरबाट कल आयो । उठाएँ, प्रिन्साको रहेछ । भन्दै थि अपेक्षा मसंग भेट्न चाहान्छिन् भनेर । म अचम्ममा परेँ । कल्पनाबाहिरको कुरा हुदै थियो । म उनीहरुलाई भेट्न गएँ प्रिन्साको रुममा ।
दुवैको अनुहार मलिन थियो । मैले सोध्ने आँट गरिनँ । दुवैजना मौन रहेकाले मैले नै सोधेँ गौरवको खवर के छ नि, अपेक्षा ? तर उनले मेरो प्रश्नलाई पूर्ण बेवास्ता गर्दै सोधि –‘मलाई हेल्प गर्न सक्छौ, आविष्कार ?’ मैले मुन्टो हल्लाउदै सोधेँ –‘कस्तो हेल्प ? के गर्नुपर्छ मैले ?’ त्यसपछि सम्पूर्ण बेलिबेस्तार प्रिन्साले गरी । मैले मञ्जुर गरेँ ।
अपेक्षा जसलाई मैले उनबाट कहिले यस्तो अपेक्षा गरेको थिइन । उनलाई मान्यता प्राप्त मेरी स्टोप्स सेन्टर लगेर गएँ । जहाँ पायो त्यही एवोर्सन(गर्भपतन) गर्नु स्वास्थ्यको लागि अति खतरनाक हुन्छ । आज म उनको श्रीमान् बन्दै थिएँ केवल उनको लागि, उनको खुशीको लागि । हामीले डाक्टरसामु समस्या राख्यौँ । डाक्टरले मलाई सुझाव दिदै भने –‘आविष्कार जी, तपाईजस्तो शिक्षित र पढे, लेखेका युवाहरुले नै परिवार नियोजनको साधन प्रयोग गर्नमा हेलचेक्र्याइ गरेर हुदैन नि ।‘ म उहाँको कुरा सुनेर केवल मुन्टो झुकाइ रहेँ । हे जिन्दगी, यो कस्तो जिन्दगी…. एउटाले गरेको गल्तिको आज परिणाम मैले भोग्दैथिएँ । तर मैले एउटा अशल नागरिक अनि साथिको भूमिका निभाउदै थिएँ । भगवानसंग कामना गरेँ की मेरो अपेक्षालाई केही नहोस् ।‘-‘कति भयो गर्भ रहेको ?’ डाक्टरले सोध्नुभयो । मैले उनलाई हेरेँ, उनी लाजले हो की डरले हो रातै पाकी । सायद मेरो उपस्थितिले होला ठानेर म बाहिर निस्केँ ।
कस्तो अचम्मको मानिसको जीवन, परिस्थितिअनुसार फरक-फरक पात्रको भूमिका निभाउनु पर्ने । मैले उनलाई वेटिङ रुममा पर्खेँ । उनी १० मिनेट पछि आइन् । मैले सोधेँ –‘के भन्नुभयो ?’ उनले डराउदै जवाफ दिइन् –‘आविष्कार, एक्जाक्ट गर्भ रहेको डेट थाहा भएन । त्यसैले अल्ट्रासाउन्ड, भिडियो-एक्सरे गर्नु पर्ने रे ।’ मैले मुन्टो हल्लाएँ । म त उनको खुशीको लागि जे पनि गर्न सक्थेँ । मेरो मोवाइलको घन्टि बज्यो । मामुको रहेछ, उठाएँ । साथीसंग अस्पतालमा छु भनेँ । अपेक्षाले मेरो मामुसंग बोल्न चाही । मैले उनलाई फोन दिएर बाहिर निस्केँ । केहीवेर पछि उनी मेरो सामु आइन् । हेरेँ उनको मुहारमा आँशु थियो । कतै मामुले त केही भन्नु भएन ? मनमा चिसो पस्यो । उनले मेरो काँधमा टाउको राख्दै सोधी –‘औषधि खानु पर्दैन ?’ भन्न मन त थियो तिम्रो काममा तिमीसंग हिडिराछु कहाँबाट औषधि खानु तर तिमी साथमा हुँदा औषधि खाइरहनु पर्दैन मलाई । मैले नजान्ने हुदै सोधेँ –‘के को औषधि ?’ उनले मेरो हात लिई अनि भनी –‘सरी, आविष्कार मलाई थाहा थिएन तिम्लाई हार्ट डिजिज छ भनेर ।’ उनको वोली काँपिरहेको थियो ।
मैले उनलाई अलट्रासाउन्ड, भिडियो-एक्सरे गराउन लगेँ । केही घन्टा रिपोर्ट आउन लाग्ने भयो । हामी बाहिर आयौँ । उनको आग्रहमा मैले पानी पुरी खाएँ तर डाक्टरले ती सबै नखानु भनेका थिए । हामी डुल्दा उनको मुहार खुशी त थियो तर अझै उनमा गौरवको याद हराएको थिएन । उनलाई गौरवको याद दिलाउँछ कि भनेर मैले मेरो व्यवहारलाई निकै सतर्कता अपनाउदै थिएँ । किनकी केटीहरु आफ्नो पूर्व-प्रेमीलाई धेरै नै मिस गर्छन् । तर मेरो मतलव उनी मेरो प्रेमिका हुन् भन्न खोज्या होइन । मलाई लागेको थियो उनलाई गौरवले कल गर्नेछ तर उसको कल आएन । घरी-घरी उनी हिड्दा-हिड्दै रुमालले मुख छोप्थी सायद गौरवको याद मैले झनै बल्झाएँ होला ।
हामी डाक्टरको रुममा थियौँ । डाक्टरले रिपोर्ट हेरेपछि बोल्नुभयो –‘सरी, आविष्कार जी हामी यो एवोर्सन गर्न सक्दैनौँ ।‘ मेरो मुटुमा झट्का लागेझैँ भो । अपेक्षा रुन थालेकी थिन् । डाक्टरले अझ प्रष्ट पार्दै भन्नुभयो –‘सरकारले २०५८ साल फागुनमा मुलुकी ऐनको ११औा संशोधन गरी गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको छ । सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वीकृतिप्राप्त संस्थामा महिलाको इच्छाबाट १२ हप्तासम्मको जस्तोसुकै गर्भपतन गराउन सकिन्छ । जवरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यान खतरामा पर्ने भएमा वा शारीरिक वा मानसिक रूपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा विकलाङ्ग बच्चा जन्मनसक्ने अवस्थामा योग्य चिकित्सकको रायका आधारमा जुनसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था कानुनले गरेको छ । तर आविष्कार जी तपाईहरुको गर्भ रहेको १५ औँ हप्ता कटिसकेको छ अर्थात् झण्डै ४ महिना पुगिसकेको छ । हामी कानुनको विपरित गएर कसैको एवोर्सन गराउन सक्दैनौँ ।’ डाक्टरको कुरा सुनेर म अति दुःखी बनेँ । झनै दुःखी बनेकी थिई अपेक्षा पनि । अपेक्षाले मलाई दिएको सुझावको याद आयो “माया भनेको त दुई आत्माको मिलन हो ।” मलाई हाँस्न मन लाग्यो यदि तिमी र गौरवविचको माया आत्माको मिलन भएको भए कहाँबाट आयो गर्भमा वच्चा ? तसर्थ उनीहरुको माया आत्माको नभई केवल शरीरको थियो ।
यो भगवान पनि कति निठुर रहेछ । किन नारी जातिलाई यस्तो सृष्टि गर्यौ ? किन नारीलाई प्रसव वेदना दियौ अनि जिम्मेवारी र समाजप्रति जवाफदेही बनायौ ? यदि म भगवान भएको भए गौरवजस्ता मायाको नाटक गरी युज एन्ड थ्रो रणनीति लिने यौनपिसाचहरुलाई के हो प्रसव वेदना अनि माया र पैसाबिचको फरक देखाउने थिएँ ।
हाम्रो वेचैनी देखेर होला डाक्टरले हामीलाई सल्लाह दिदै भने –‘तपाईहरुसंग एउटा उपाय छ । यो फर्म भर्दा वलात्कार भएको भनी झुटो विवरण दिई भर्नु भयो भने कानुनले १८ हप्तासम्मको भ्रुणलाई एवोर्सन गर्ने अनुमति दिन्छ । के यो अप्सन तपाईहरुलाई स्वीकार्य छ ? तर तपाईहरुले अन्य अवैधानिक संस्थाबाट चैँ भुलेर पनि एवोर्सन नगराउनु होला । के गर्न चाहानुहुन्छ अपेक्षा जी ?’ अपेक्षाले कुनै जवाफ दिन सकिनन् । मलाई उल्टै हेरिन् । वलात्कारको रुपमा आफ्नै कलेज साथीलाई राख्नुपर्दा मलाई नराम्रो लागेको थियो । मैले डाक्टरलाई अनुरोध गर्दै भनेँ –‘डाक्टर सा’व हामी तपाईलाई यसको डिसिजन भोली दिन्छौँ है ।‘ उनले हुन्छ भनिन् र ढिलो नहोस् भनिन् ।
हामी घर फर्कने क्रममा थियौँ । मैले त सोचेको थिएँ, एवोर्सन गरेपछि अपेक्षासंग टाढिनेछु भनेर तर एवोर्सन नै गराउन सक्ने अवस्थामा हामी भएनौँ । अघि त केवल मान्छे र भगवान् मात्र हाम्रो विरुध्दमा थियो तर अहिले त सिङ्गो कानुन प्रशासन नै हाम्रो विपरीत भइदियो ।
साँझ भइसकेको थियो । उनको अनुहार त्यति नै रातो,कालो भइरहेको थियो । उनी अनिर्णयको वन्दी भइसकेकी थिन् अनि डिप्रेसनले थलिएकी थिन् । उनले आज मलाई राती जुन आउञ्जेलसम्म साथ बसिदिन अनुरोध गरी । मैले मानेँ । मभित्र अनेक उपायहरु खोज्दै मनमा कुरा खेलाउथेँ तर कुनै उपाय पूर्ण थिएन । मैले उनलाई जीवन दिनु थियो अनि हौसला र प्रेरणा पनि । उनको मोवाइलमा फोन आयो । सायद गौरवको होला । तर त्यो फोन प्रिन्साको रहेछ । उनीहरु गफ गर्न थाले । म भने चैँ फेसबुक खोलेँ अफलाईनमा बसेर । एउटाले मलाई फोटो ट्याग गरेछ । फोटोमा केवल टेक्स्ट लेखिएको थियो –
सुन्दर अनुहार मात्र नहेर्नुस, यो एकदिन बुढो हुनेछ
राम्रो छाला मात्र नहेर्नुस, यो एकदिन चाउरी पर्नेछ
आकर्षक शरिर मात्र नहेर्नुस, यो एकदिन परिवर्तन हुनेछ
कालो सर्लक्क परेको कपाल मात्र नहेर्नुहोस्, यो एकदिन सेतै फुल्नेछ
यो भन्दा एउटा अशल मन हेर्नुहोस् त्यसबाट सधैँ माया पाउनु हुनेछ ……..
हेरेँ भावना त धेरै राम्रो लाग्यो तर मलाई न त्यस फोटोमा लाईक हान्न मन लाग्यो न त कमेन्ट नै । व्यवहार विनाको विचार मात्र राम्रो भएर के गर्नु ?
अपेक्षा मेरो सामु आइ । सायद उनले सबै निराशाजनक खबर प्रिन्सालाई सुनाएकोले गर्दा होला उनको आँखामा आँशु निकै नै बढिरहेको थियो । मैले सोधेँ –‘अपेक्षा तिमीले यो कुरा किन पहिले नै गौरवलाई भनेनौ ?’ उनले जवाफ दिन सकिनन् । मलाई उनको साइकोलोजी बुझ्दा लाग्यो सायद उनले केवल गौरवलाई पाउदा आउने सम्पतिको लागि माया गरेकी थिन् । उनले गर्भपतन गर्ने डेट कटेर मात्र उसलाई भनेर विवाह गर्न वाध्य पार्न चाहान्थिन् ।
-‘आविष्कार, अव त मलाई धेरै वाँच्न पनि मन छैन । हेर, त त्यो जुनलाई । जति त्यो जुन राम्रो छ नि त्यो भन्दा नि तिम्रो विचार र व्यवहार राम्रो छ । मैले तिमीलाई चिन्न सकिनँ, तिम्रो भावनालाई कदर गर्न सकिन र तिम्रो वदनाम गराएँ अनि तिमीलाई व्र्यर्थ आदर्शको कुरा सिकाउन खोजेँ । यसको लागि म माफ माग्न त माफ माग्न योग्य छैन होला तर पनि आज तिमीलाई अन्तिम पटक भेट्दैछु त्यसैले सक्छौ भने माफ गरिदेऊ ल । आजको तिम्रो यो सहयोगको लागि धेरै-धेरै धन्यवाद । तिमी यो जुन भन्दा नि राम्रो छौ, दागरहित निस्वार्थ । यसरी नै मेरोजस्तै अरुको जीवनमा उदाइदेऊ है । आफ्नो स्वास्थ्यको ख्याल राख्नु । मैले त बाटो विराइसकेको छु र मेरो अस्तित्व अनि चरित्र गुमाइसकेको छु । अन्तिम समयसम्म साथ दियौ । धेरै-धेरै धन्यवाद ।‘
उनको यो भनाइले मेरो मन कताकता दुख्यो म उनलाई हौसला दिन चाहान्थेँ तर उनी त जीवनबाट हार खाँदै गइरहेकी थिन् । उनलाई यसरी नै छाड्ने हो भने त उनले डिप्रेसनको कारणले नै आत्महत्या गर्न सक्ने सम्भावना प्रशस्त थियो र म मैले माया गरेको मान्छे मदेखि टाढा भएको हेर्न चाहान्नथेँ । त्यसैले मैले भनेँ –‘अपेक्षा, जीवनदेखी धेरै हार नलिउ । ठिकै छ, तिमीले एवोर्सन गर्न पाएनौ त एउटा विकल्प मात्र बन्द भयो । तर हामीसंग अर्को विकल्प पनि छ । तर त्यो विकल्पमा तिमीले नाई भन्न पाउने छैनौ । यो तिम्रो गर्भको नानीको वावा म बनिदिन्छु । के मञ्जुर छ ?’
मेरो कुरा सकिन नपाउदै उनी मेरो अंगालोमा बाँधिएर रुन थालिन् । मैले उनलाई ढाँडस दिइरहेँ । मेरोमा मामुको फोन आयो । अपेक्षाले चाल पाईहाली मेरो औषधी खाने समय भयो भनेर । अनि हामी छुट्टियौँ । छुट्ने बेलामा मैले उनलाई मेरो घरमा आउने निम्तो दिएँ । उनले आउने वाचा गरी । मेरो मामुलाई म सबै कुरा भन्छु भन्दै हामी छुट्टियौँ ।
********************
भोली विहान म प्रिपेरसन क्लास सकिएर घर आउदा अपेक्षा अगाडि नै आएर घर गइसकेकी रहिछ । मैले मामुलाई सोधेँ उनको बारेमा मामुले पनि मलाई उनको सबै कुरा मन परेको बताउनु भयो । मलाई थाहा छ मेरो छोटो जीवन आयुको कारणले नै मामुले मेरो हरेक इच्छा र मेरो निर्णयलाई कहिले हस्तक्षेप गर्नु हुदैन र कसैको गर्भ बोक्ने केटिलाई बुहारीको रुपमा समेत स्वीकार्ने गम्भीर निर्णयमा साथ दिनु भयो । त्यति खेरै मेरो मोवाइलमा प्रिन्साको कल आयो । उनले हामी घुम्न जादैछौँ भनिन् सायद मेरो साथले फेरी अपेक्षालाई बाँच्ने उर्जा दिएको ठानेर खुशी भएँ ।
भोली पल्ट म घर फर्कदै गर्दा बाटोमा प्रिन्सा बसिरहेको देखेँ । सायद उनको व्याइफ्रन्ड पर्खेकी ठानेर नबोलाईकन जादैथिएँ । उनले नै बोलाइन र मलाई एउटा पत्र दिदै भनी –‘अपेक्षाले दिएको खोलेर पढ त ।’ मैले उनको अनुहारमा हेर्दै पत्र लिएँ । तर उनको अनुहारमा केही डर लुकिरहेको प्रष्ट देख्न सकिन्थ्यो । पत्र खोलेँ र पढ्न थालेँ ।
प्रिय आविष्कार दर्शन ।
आविष्कार सरी है हिजो मैले तिमीलाई तिम्रो घरमा भेट्न सकिनँ । तिमी आउदासम्म म तिम्रो घरमा बस्नु पर्ने थियो । तर तिमीलाई एउटा सरप्राइज दिनको लागि भनेर म हतार हिड्नुपर्यो । तिम्रो मामु अति मायालु हुनुहुदो रहेछ । आविष्कार, जसरी तिमीले मलाई माया गर्यौ र मेरो कमी, कमजोरी र नराम्रो कुरा जानी-बुझेर पनि मलाई साथ दियौ त्यसरी नै तिम्रो मामुले पनि तिमीलाई धेरै माया गर्नुहुन्छ र त म जस्तो चरित्रहीन केटीलाई पनि बुहारीको रुपमा स्वीकार गर्नुभयो । तिम्रो मामुको महान् गुण तिमीमा पनि छ । तिम्ले मलाई माया गर्यौ, मेरो खुशी हेर्न चाह्यौ । त्यस्तै तिम्रो मामुले तिमीलाई माया गर्नुभयो अनि तिम्रो खुशी हेर्न चाहानुभयो । केवल माया गरिने व्यक्तिको खुशीको लागि हरेक कुरासंग सम्झौता गर्न सक्नु नै वास्तविक माया रहेछ ।
मायालाई व्यवहारमा देखाए पनि सबैले देखाउने व्यवहार साँचो हुदैन रहेछ । केही क्षणको स्वार्थ पुरा गर्नको लागि मानिसहरुले साँचो माया गर्ने नाटक गर्दा रहेछन् । जसलाई कहिक्यै विश्वास गर्नु हुदैन रहेछ । माया त केवल आत्माबाट गरिदो रहेछ । जव मायामा शरीरको कुरा आउँछ, तब वास्तविक मायाको रहस्य खुल्दो रहेछ । माया शरीरको मिलन होइन रहेछ यो त आत्माको मिलन रहेछ । तर शब्दमा मात्र होइन, व्यबहारमा देखाउनु पर्दोरहेछ ।
वास्तविक मायामा समझदारीपन आवश्यक हुदोरहेछ । समझदारीपन(understanding) यानेकी अरुको कमी, कमजोरीलाई बुझेर माफ गर्न सक्ने क्षमता आवश्यक हुदोरहेछ । वास्तविक माया भन्नु नै अरुको कमजोरी बुझेर करेक्सन गरिदिनु नै माया रहेछ ।
आविष्कार तिमी साँच्ची नै मेरो जिन्दगीको आविष्कार बनेर आयौ । मेरो निरश अनि शुन्य जीवनमा खुशीको बहार अनि सकरात्मक सोँच अनि वाँच्ने आशको आविष्कार गरिदियौ । मेरो जीवनको अन्तिम माया तिमीलाई बनाउने छु ।
आविष्कार तिमीलाई कौतुहल लाग्यो होला है कस्तो सरप्राइज होला भनेर ? म भन्छु पढ है । म र प्रिन्सा हिजो घुम्न होइन मेरी स्टोप्स सेन्टर गएको हो । तिमीलाई लिएर जाँदा कसरी रेप केस (वलात्कार मुद्दा) भनेर भन्न सक्छु ? तर नरिसाउ ल तिम्लाई ढाँट्न विवश भएँ । म एवोर्सन गरेर पनि तिम्रो जीवनमा लायकको त हुदिन तर तिम्रो समाजमा केवल अरु मानिसको अगाडी चरित्रवान् युवती बनेर भित्रिन चाहान्छु ताकी तिम्रप परिवारको इज्जतमा कुनै ठेस नलागोस् ।
आविष्कार तिमीले दिएको साथले मलाई धेरै वाच्न मन छ, अनि वाँकी पल तिमीसंगै विताउने चाहाना छ । प्लिज मेरो उपचार सकिए पछि मेरो आँखा खोल्दा तिमीलाई देख्न पाऊँ ।
उही तिम्रो हुन चाहाने
अपेक्षा
पत्र पढ्दा कतै-कतै रोएँ त कतै हाँसे पनि । कतै उनीसंगै भावना डुबेँ त कतै उनलाई आफ्नै बनाएर मधुकरझैँ वायुपङ्खि घोडामा कल्पनामा उडेँ । उनको उपचार सफल होस् भगवानसंग कामना गरेँ । अपेक्षाको मोवाइलमा फोन आयो । म आँखा चिम्लेर केवल उनको सु-स्वास्थ्यको लागि कामना गर्न थालेँ । उनले फोन काटेपछि मतिर निराश हुदै भनी –‘अप्रेशन त सक्किस भयो रे तर एक्सेस ब्लिडिङ भएकाले ज्यानको केही खतरा हुन सक्ने भनेर भन्यो ।’ म टाउको समातेर बसेँ । प्रिन्सा पनि चिन्तित भई । हामी भ्यानमा चढ्यौँ र लाग्यौँ सेन्टरतर्फ । प्रिन्साको मोवाइल फेरी बज्यो । उनले फोन उठाइन् । म फेरी भगवानलाई प्रार्थना गर्न थालेँ । प्रिन्साले हाँस्दै भनी –‘आविष्कार, अगिको फोन त अर्को प्यसेन्टको रहेछ । झुक्किएर मेरोमा डायल भएछ । अपेक्षा सुरक्षित छिन् रे ।‘ म खुशीले उफ्रेँ ।
आजसम्म म, मामु र अपेक्षा सुखी र खुशीसाथ जीवन विताइरहेका छौँ । खोइ हेरौँ भन्छन् मायाको अगाडी काल पनि टाढा भाग्छ भनेर । जति वर्ष बाँचे पनि मेरो अन्तिम सास फेरीञ्जेलसम्म मेरो माया मात्र अपेक्षालाई । आज म अहिले इन्जिनियरीङ गर्दैछु र अपेक्षा एम.बि.बि.एस. गर्दैछिन् । र हामी यसरी नै संगै साथ जीवन विताउनेछौँ ।
समाप्त!!!!!
– डाडाँवजार-४,धनकुटा
(स्रोत : Rojgarmanch.com)