यौन कथा : वेभक्याम्पको आकृतिविहीन पुरुष

Sharmila Khadka Dahal~शर्मिला खड्का दाहाल~

वसन्तीय लालीमा बोकेर धर्ती फुली, फक्री- आकाशले हेर्यो उसलाई वैशले उन्मुक्त भएकी धर्तीले अदित्य वासना छरिरहेकी थिई । उसले बिस्तारै र्स्पर्श गर्यो । प्रकृति धर्तीकी अभिन्न मित्र थिई त्यसैले उसले पनि सहयोग गरी । आकाशको र्स्पर्शले धर्ती रमाई । उसको चारैतिर सुगन्धित हावा बग्न थाल्यो । धर्तीले फुलाएकी पे्रमका पालुवाहरू आकाशको मीठो समागमबाट यौनको आनन्दित क्षणमा रमाउन थाल्यो । धर्तीले भुलिदिई आफूलाई अनि संसारलाई ।

आकाश सधै धर्तीसँग रहन सक्दैनथ्यो । केही समयको अलौकिक आनन्दका अनुभूतिहरू वितृष्णा र पीडामा जन्माएर आकाश हिँडिदियो । धर्ती एक्लै भई ।

ऊ छटपटिई, तडपिई । तर आकाश उसको चाहना बुझेर पनि बुझाउन सक्दैनथ्यो । थाहा पाएर पनि अनभिज्ञ भइदियो । यो उसको बाध्यता पनि थियो । ऊ गयो कतै टाढा । धर्ती मात्र उसलाई हरेर चित्त बुझाउन थाली । प्रकृति उसकी साथी थिई । उसैले भेट गराइदिएकी थिई उसलाई आकाशसँग । तर अहिले प्रकृति पनि निराश छे , उजाड छे । उसले केही गर्न सकिन धर्तीलाई । ऊ धर्तीलाई सम्झाउँछे । अनि आकाशको बदला अरू विकल्प खोज्न भन्छे । तर ऊ मान्दिन पटक्कै मान्दिन । कहिलेकाहीँ प्रकृति उसँग हुन्छे । राती आउँछे । उसँगै सुत्छे । धर्ती उसलाई ओढ्छे । आनन्द मान्छे । तर बिहान प्रकृति हिँडिसकेकी हुन्छे । उसको तन जलेको हुन्छ । मनले ज्वाला निकालिरहेको हुन्छ । ऊ चिसिएकी हुन्छे । ऊ थिलथिलिएकी हुन्छे । ओहो † कस्तो मीठो सपना । सायद विपना भइदिए । ऊ आकाशलाई हेर्छ आकाश धेरै टाढा छ । आउने कुनै संकेत छैन । ऊ नुहाउन जान्छे । केही शीतलता हुन्छ । तर यो त कृत्रिम हो । उफ ! कृत्रिमताबाट पनि कही सन्तुष्टि प्राप्त हुन्छ – प्रकृति उसको साथी हो तर कहिलेकाहीँ उसलाई शत्रुझै लाग्छ । यो सब त्यसैको काम हो ऊ नभए ऊ यसरी विचलित हुनु पर्दैनथ्यो । कुनै मृगतृष्णामा तड्पिनु पर्दैनथ्यो । तर पनि ऊ प्रकृतिलाई छोड्न सक्दिन ।

ओहो † चारैतिर ज्वालामुखी छ , विस्फोट छ, आगो छ । कतै शीतलता छैन राप र तापले तन जलिरहेछ । कसले बुझ्छ धर्तीको पीडा । ऊ मर्दै , बाँच्दै गर्छे कुनै दिन आउँछ आकाश वायुयानमा चढेर अत्यन्तै रफ्तार र आवाजका साथ । ऊ त्यो दिनको प्रतीक्षामा आफूलाई भुलाउँछे । समयलाई सारिदिन्छे । तर वर्तमान उसलाई पोल्छ, डाह हुन्छ । प्रत्येक दिन स्नेहालु आँखाले हेर्छे आकाशलाई, तर खोई बुझेको उसले । सायद उसले बुझेको हुनुपर्छ तर बाध्यता र विवशताको कालचक्री पञ्जाले उसलाई निलेको हुनुपर्छ । कुनैदिन आकाश आउँनेछ अनि धर्तीको सम्पुर्ण इच्छा पूरा गर्नेछ । धितमरुञ्जेल धर्ती र आकाशको समागम हुनेछ । धर्ती त्यही आशामा सास फेरिरहन्छे ।

सृष्टिले धर्तीको कथा पढी । उसले सुनी धर्तीको आर्तनाद । उसले आफूलाई धर्तीसँग साटिदिई । धर्तीको आकाशर्झैँ उसको पनि कुनै पुरुष थियो । जसले उसको वसन्तीय पालुवामा प्रेमको आकुरण गराएर कतै हराएको थियो । यो उसको बाध्यता थियो । त्यसैले ऊ परिवेशको दास भयो । धर्तीले आकाशलाई टाढाबाट हेरेझै ऊ पनि हेर्ने गर्छे आफ्नो पुरुषलाई वेभक्याम्पमा । छुन खोज्छे तर यो सब भ्रम हो । ऊ भ्रमसँगै बाँच्न बाध्य हुन्छे । धर्तीले प्रकृतिलाई साथी बनाएझैँ उपनि भ्रमलाई साथी बनाउँछे । सधैँ भ्रम उसँग सुत्न आउँछ । ऊपनि रमाउँछे । भ्रमसँगै सुत्छे । सपनामा हराउँछे । बिहान उज्यालो हून्छ, भ्रम हिँडिसकेको हुन्छ । अनि दिनभरि ऊ एक्लै हुन्छे । दिउँसो ऊ एक्लै हुँदा कतै मीठो वासना चल्छ । तिर्सना जाग्छ । मल्टीमिडियाका उत्पादनले उसको तिर्सना मेट्न सक्दैन । महङ्गामहङ्गा जुसले उसको प्यास बुझ्दैन । ऊ छटपटिन्छे । ऊ बरालिन खोज्छे । जीउ रापिन्छ, मन तापिन्छ । जताततै क्रन्दन छ , ज्वालामुखी छ र छटपटी छ । ऊ पुरुषलाई सम्झन्छे । कतै शीतलता छैन । कृतिम शीतलता उसको लागि मूल्यहीन भइसक्यो । कतै भेट्छे कि शीतलता अहँ…. छैन , कृतिम शीतलता उसको लागि मूल्यहीन भइसक्यो । ऊ देख्छे कतै पुरुषको आगमन भइरहेछ । ऊ लटि्ठन्छे त्यतैतिर । ऊ मोहित हुन्छे , आकषिर्त हुन्छे तर फेरि साँझ पर्छ भ्रम आइपुग्छ । भ्रमले खबरदारी गर्छ । उसलाई अब भ्रम मित्र हैन शत्रुझैँ लाग्छ । भ्रमले उसलाई बाँच्न हैन मर्न सिकाएको छ तर्सथ अब ऊ भ्रमको सँगत छोड्न तयार हुन्छे । ऊ धर्तीको कथा सम्झन्छे । तर ऊ धर्ती हैन ऊ मानिस हो , ऊ यथार्थ हो ।

नजिकै उसले देखी पुरुषको अर्को रूप । उसले कल्पना गरी यो उसको पुरुष हो अरू कोही होइन । एउटा मीठो आकर्षाले तानिई ऊ । त्यो पुरुषको आकृति सल्बलायो । उसको पुरुष पनि यस्तै थियो । पक्कै उही हुनुपर्छ । उसले सुम्पिदिई आफूलाई पुरुषसँग । उसले बिर्सिदिई संसारलाई उसको मृत शरीरमा संजीवनी प्राप्त भयो । उसको ढुकढुकी बढ्यो । ऊ वास्तवमा बाँच्न सफल भई नत्र भने ऊ मरिसकेकी थिई । उसको शरीरको कणकण उमङ्गित भयो । उसको जर्जर मरुभूमि बनेको तनमा घनघोर वषा भयो । ऊ आनन्दले रुझिरही । उसले शारदीय आनन्द प्राप्त गरी सकेकी थिई । ऊ आनन्दले पागल जस्तै भई । उसले बिर्सिदिई आफ्नो पुरुषलाई । उसको पुरुष साटिसकेको थियो । उसको वेभक्याम्पमा देखापर्ने पुरुष बिस्तारै आकृतिविहीन भएर हराउन थाल्यो ।

April 3, 2010

(स्रोत : Sharmila Khadka Dahal’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.