~हरिसिंह थापा~
यसपाली पनि मुग्लानमै वित्ने भो
दशैं र तिहार
साउने झरी झैं मन रून्छ धरर
ओहो सम्झेर गाउँघर ।
वर्षाको बेला झरी र बादल
पटुका कसेर
लेक वेसी धाउँदै रूँदिहुन प्रिय
डाँडैंमा बसेर ।
लर्कदो जोवन ढल्कदै गईगो
दिन विते वेसरी
साहुको ऋण नपुराइकन
जाउँ पनि कसरी ।
यसपालि पनि मुग्लानमै वित्ने भो
दशैं र तिहार
साउने झरी झैं मन रून्छ धरर
ओहो सम्झेर गाउँघर ।
दशैंको वेला साथीभाइ भेला
लिङ्गेपिङ सरर
सम्झेर छोरा बाउआमा वरा
रूँदाहुन वरर ।
झन सम्झी ल्याउँदा चिरिन्छ छाती
बुझाउँ मन कसरी
भरिन्छ गह छल्किन्छ आँसु
मन रून्छ धरधरी ।
यसपाली पनि मुग्लानमै वित्ने भो
दशैं र तिहार
साउने झरी झैं मन रून्छ धरर
ओहो सम्झेर गाउँघर ।
– अध्यक्ष, नेपाली साहित्यिक विकास परिषद, यु.के.2006
(स्रोत : Germany – Inls)