~इन्दिरा चाम्लिङ्ग~
सुनसान अँधेरी रातमा
जूनको उज्यालो बोकेर आयो कोही
जलि रहेंथे भित्र-भित्रै शितल
पवन बनेर आयो कोहि,
निश्चल एउटा पोखरीमा
बिस्तारित तरङ्ग बनेर आयो कोही
शून्यताको एकान्त अन्तष्करणमा
सुमधुर संगीत बनेर आयो कोही
त्यसैले त,
आज भोली म पीडा बिर्सर हाँस्न थालेको छु
केवल उसैकालागि ब्यथा भूलेर,
अन्धकारपूर्ण मायाको बस्तीभरी
जूनको उज्यालो बोकेर आयो कोही
सम्हाल्नै नसकिने
असिमित खुशी बोकेर आयो कोही,
आज-भोलि म खुशीमा डुब्न थालेको छु
खोसिने पो हो कि कतै भनि….
शंका र्रर् इष्र्याले जल्न थालेको छु
बाल्न त मैले उसैको नाउँमा
लाख बत्ति बालेको छु, चिरायुको कामना गर्दै,
लुकाएर नसक्ने अर्न्तहृदयबाट भन्छु म त
उसलाई साँचो माया गरेको छु
हेरे हुन्छ नशा-नशामा उसैको नाम कोरेकी छु,
उसले जस्तै मैले पनि
एउटा सपना देखेकी छु
अनिंदो रहेरै रातभरी
प्रेम-पत्र पनि लेखेकी छु
यस्तो लाग्छ सँधै,
आजै भेटन पाए हुन्थ्यो
एक आपसमा खुशीहरू,
साँटन पाए हुन्थ्यो
यो भन्दा नि गाढा मायाँ अझै
उसैले लाए हुन्थ्यो ।
– आल्ग्रेभ, पोर्चुगल ।
(स्रोत : Germany – Inls)