कथा : अष्पस्ट समाचार

~सुबिसुधा आचार्य~SubiSudha Acharya

ममी ! बीस रुपैया दिनुस् न भिडियो गेम खेल्न जान्छु कति घरमै मात्र बस्नु थुनिएर । अरुको घरमा कति खेलका सामान हुन्छ आफ्नो त……। ।”

ठूलो भद्दा ओठ त्यसमाथि चोसो पसारेर भन्छ ऊ । आमाचाहिँ थालमा पोतेका दाना बग्रेल्ती बनाएर सियोले उन्दै हुन्छिन् ।

एकपटक छोरातिर आँखा पल्टाउँदै भन्छिन् –
“कहाँ पाउनु बीस रुपैया तेरो बाबुले राख्न दिएका छन् र “ गालीसँगै निधार खुम्चन्छ उनको ।

“अरुको बाबु आमाले कति मायाले पैसा दिन्छन् । हाम्रो चाहिँ पैसा माग्यो कि अनुहार बिग्रन्छ सन्तानको इच्छा पुर् याउन नसक्नेले त नजन्माउनु नि बरु रहरको गला दबाउन ।”
खैरा र ठूला आँखा तर्दै बोल्छ ऊ फेरि ।

“चुप लाग् ! मान्छे हेर्दा बड्क्यौला जत्रो छ कुरा भने आकाश पातालको गर्छ किन खेल्नुपर् यो भिडियो गेम के पेट भरिन्छ र अरुका छोरा छोरी कति अनुशासित हुन्छन् । घरको काम गर्ने आमालाई सघाउने होमवर्क गरेर थपक्क बस्छन् तँ भने खाली मेरो दिमाग मात्र चाट्छस् ।” पोतेको लुङमा पोते सार्दै बोल्छिन् ।

“आफू नि आफू एउटा छोरालाई त कहिल्यै सन्तुष्ट बनाउन सक्ने हैन यस्ताको सङ्गत गरेर कहिले उँभो लाग्नु “
खाटमुनिबाट एकमुठी गुच्चा निकालेर पाइन्टको खल्तीमा राख्दै बाहिरिन्छ छोराचाहिँ ।
“ठ्याक्कै बाह्र वर्ष पुगेर तेह्र लागिसक्यो बुद्धि भने केटाकेटी नै । कहिले सुधि्रन्छ होला मेरो छोरो “

उनी लामो सुस्केरा हाल्छिन् । त्यति नै बेला बत्ती जान्छ उफ् ! आज पनि बत्ती जाने पालो रैुछ । हैन दिनको दश दश घण्टा लाइन कटौती गरेर के गर्छ होला विद्युत प्राधिकरणले जल स्रोतको देश न धारामा पानी आउँछ न बिजुली नै बाल्न पाइन्छ यो मेलम्ची प्रकरण पनि पचास वर्षे योजनाभन्दा पनि बढी भयो ।”

मनमनै फलाक्दै थालको पोतेलाई्र प्लाष्टिकको थैलीमा खन्याएर पोको पारी थन्काउँछिन् खाटमुनि बटारिएका आँखालाई माडमुड पार्दै प्रुेस बनाउँने प्रयासमा छिन् उनी ुएकतमास पोतेको लुङमा हेर्दा आँखा बाउडिएर चौपट्ट छन् । नगरौँ भने नून तेल खाने पैसा हुन्न गरौँ भने आँखाले पटक्कै पालो दिदैन । बुढेसकाल लाग्यो भनौँ भने भर्खर अठ्ठाईस तीस वर्षको भइयो खै जिउ नै राम्रो परेन कि दुःखले हो कि कसो कसो कुरै बुझ्न सक्दिनन् उनी ।
म्याक्सी टकटकाउँदै भान्छा कोठामा पस्छिन् खाजा खाएको प्लेट टेवलमै छाडेर िहंडेछ केटो ।

“कति मात्तेको छ यो ठेउके पनि कमसेकम खाजा खाएपछि जुठा भाँडा बाँटामा त राखिदिनु नि टाउकोमै टेक्यो यसले पनि । मै उस्तो हो यसलाई्र तह लाउन सकिन ।”

फतफताउँदै भाँडा बटुलेर बाटामा राख्छिन् । उनको नजर एकपटक निर्जीव बनेर ठिङ्ग ठडिएको ग्याँसको सिलिन्डरमा पर्छ । चिम्रा आँखा झिमिक्क पार्दै फेरि थोत्रो स्टोभमा पुर् याउँछिन् ।
ग्याँस सकिएको पन्ध्र दिन भैसक्यो एक एक लिटर मट्टितेल ल्याएर यो स्टोभ बाली कति भात पकाउनु देशमा पनि पूर्ण स्वतन्त्रता शान्ति आएर हामी जनताले कहिल्यै ढुक्कले बाँच्न पाउने भएनौँ । पहिले माओवादीले बन्द र हड्ताल गरेर सधैँ खाद्य सामग्रीको अभाव जेल्नु परेथ्यो अहिले फेरि मधेसी मोर्चा फोरम आदि जन्मेर तराई बन्द हुँदा त्यही समस्या जताबाट पनि मारमा पर्ने हामी नै ।

दिक्क लाग्छ उनलाई्र देश राजनीति स्वतन्त्रता मानव अधिकार यी सबै प्रति वितृष्णा पनि पैदा हुन्छ उत्तिकै यस्तो चाल देशको भएपछि लोकतन्त्र जनतन्त्र प्रजातन्त्र र गणतन्त्र जे देशमा आएपनि हामीलाई हात्ती आयो हात्ती आयो फुस्सा न हो ।
हैन कहिलेसम्म नेपाली जनता यसरी नै डर त्रासमा बाँच्ने होला दुःख गरेर बिहान बेलुका छाक टार्नु त छदैँछ त्यसका पनि दुई्र गाँस तातो ढुक्कसँग परिवार मिलेर खान पाउनु छैन । विदेशमा कस्तो कस्तो सुविधा सम्पन्न छ भन्छन् हाम्रो लागि मात्र एकादेशको गाउँखाने कथा भएको छ ।
मनमा कुरा खेलाउँदै मैनबत्तीको धमिलो उज्यालोमा भात पकाउँन थाल्छिन् । उनको मनमा कुराहरु कुहिरो बनेर मडारिन थाल्छ यसरी-
“ठेउकेका बाउ बस लिन गएको आज एक हप्ता भइसक्यो न मान्छे आएको हो न त फोन नै । हैन यी लोग्ने मान्छेहरु कति स्वार्थी समय अनुकूल छैन दिनदिनै सुनसरी मोरङ्ग विराटनगर बारा लगायतका तराई क्षेत्रमा यति मोटर जल्यो उति मान्छे मरे यति घाइते भयो समाचारले फुक्छ । घरमा पिर गर्ली भन्ने सोचेर यसो एक कल फोन त गर्नु नि अँहँ पटक्कै चानुमानु छैन ।”
भातको डेक्ची उचालेर भुइँमा राख्दै कराई बसाल्छिन् ।

“यस्तो बेलामा तराइतिर नजाऊ मधेसीलाई्र पहाडियाप्रति असन्तुष्टी छ भनेकै हुँ । बस कम्पनीको हाकिम पनि कति पेटमा हरि नभएको जा कि जा भनेर तारिख नै दियो । बिचरा िहंड्ने बेलामा पनि अँध्यारो मुख लगाएर गएका थिए । न चाडबाड भन्न पाउँछन् न जिउमा सन्चो छैन भनेरै सुत्न पाउँछन् अर्काको काममा लागे पनि अनुमति पालन गर्नु नै पर्ने गधाले जस्तो ।”
कुन्नि किन आजभोलि सपना पनि नराम्रो देख्न थालेकी छु आगत भविष्य लक्ष्यको सङ्केत सपनाले गर्छ भन्थे बूढापाका खै कुनै अनिष्ठ हुने हो या भइसक्यो छाती उसै चर्किरहेछ । सम्भावित र असम्भावित शङ्का उपशङ्काले त्यसै त्यसै मुटु कोपर्छ नशा नशाबाट ! भलभली रगत बाहिरै उछिट्टिएझैँ जस्तो गरी । धिक्कार छ यो स्वास्नी मान्छेको चोला । सधै शङ्का पीर जलनमा भुट्टिएर बाच्नुपर्ने । यो ठेउके नहुँदो हो त कोठामा बिग्रेको स्टोभमा सेकेन्ड सेकेन्डमा दम दिदै किन भात पकाउँथे होला र “

“खाए पनि ठीकै छ नखाए पनि ठीकै छ यो शरीरलाई्र सधैँ हाड र छाला मासु त ऊ जुनिमै बेचेर खाइएछ क्यारे त्यसो भनेर पनि कहाँ चित्त बुझ्छ र विवाह भन्दा अगाडिको जिउडाल शारीरिक बनावट सम्झदा ……… ।”
फिस्स मुस्काउँछिन् उनी आफैँसँग । ढोकामा टकटक गरेको आवाज आउँछ।

“ठेउकेले त कहिल्यै त्यसो गर्दैन उसैका बाबा आएछन् क्यारे कहिलेकाहीँ जिस्कन त्यसै गर्छन् ।”
उनी उठेर ढोका खोल्छिन् घरबेटिको छोरो ठिङ्ग उभिएको छ –
“अन्टी हजुरको फोन आएको छ ।”
आफ्नो भनाइ सक्ने बित्तीकै फरक्क फर्कन्छ ऊ ।

फोन गरिहाल्ने आफन्त त कोही भएझैँ लाग्दैन उनलाई्र फेरि आजसम्म त्यो नम्बर कसैलाई्र दिएकी छैन यो कुरा राम्रैसँग याद छ । तैपनि फोनमा त जानै पर् यो । मनमा विचारका सोचाइका ज्वारभाटा तरङ्गित बनाउँदै मन नलाई नलाई िछंढी चढ्छन् उनका गोडा । बैठक कोठामा घरबेटीका सबै परिवार छन् । उनलाई्र कसो कसो भित्र पस्न अलि अप्ठेरो लाग्छ कारण आजसम्म उनी भित्र पसेकी छैनन् ।

“आऊ न भित्र ! किन यहाँ उभिएकी “
कुन सोचाइमा थिईन् कुन्नि उनी घरबेटीको आवाजले झसङ्ग हुन्छिन् । तै पनि कोठाभित्र प्रवेश गर्न उसै थर्थराउँछन् पाउ ढोकामा उभिएर कहिले चप्पल खोल्ने र कहिले लगाउने गर्छिन् । आउ न भित्र । बिचरो कुन चाहिँ फोनमा पर्खिरैछ कुरा गर न । बल्ल झरीमा रुझेको बिरालोझैँ लुसुक्क भित्र पस्छिन् र फोन उठाउँछिन् ।
“हलो ।”
“हलो ! रमेश दाजु हुनुहुन्न“
“अहँ उहाँ त विराटनगर जानु भएको आउनु भएकै छैन किन र हजुर को बोल्नु भएको“
“भाउजू म त्यही बस कम्पनीको स्टाप हुँ हिजो राती रमेश दाजुको बस मोरङ्गमा ठोक्कियो रे भन्ने हल्ला थियो त्यही कुरा बुझौँ कि भनेर फोन गरेको त्यसो भए अर्कै रमेशको होला ।”

उताबाट फोन राख्यो उनी रिसिभर हातमा बोकेर सोच मग्न हुन्छिन् सपना विपना उनी ठम्याउन सक्दिनन् अघि नै ती सब कुरा कसैले फोनबाट उनलाई्र भनिरहेको छ कि आकाशवाणी आइरहेछ ।
बस कम्पनीमा अरु पनि रमेश भएझैँ लाग्दैन उनलाई्र हे ईश्वर यी सब म के सुन्दैछु यो हल्ला मात्र होस् विस्तारै रिसिभर राखेर बाहिरिन्छिन् उनी ढोकामा पुग्दा घरबेटी दिदीले सोध्छिन्- कसको फोन रैछ बहिनी तिमी त निकै उदास पो भयौ उनी घरबेटीको आवाजमा सुनेर पनि नसुनेझैँ गरी नाजवाफ तल कोठातर्फ लाग्छिन् ।

घरबेटीको कोठाबाट आफ्नो कोठामा छिरेको पत्तै भएन उनलाई्र कोठा भित्र पस्दा पिलिक्क बत्ती आउँछ ठेउके पनि भित्र पस्छ सम्भावित वा असम्भावित अस्पष्ट समाचारले मन भित्रभित्रै पाक्छ । उनले थालमा भात पस्केर दिन्छिन् ठेउकेलाई्र ऊ हात पनि नधोइ खान तम्सन्छ । एकाएक तातेको दिमागले ठेउकेलाई्र सम्झाउन भन्दा गालामा हात बसा्रउन तयार हुन्छिन् ।
दुई थप्पड ठेउकेको गालामा बसा्रएर फलाक्दै फरक्क फर्किन्छिन् अर्को दिशा ऊ भने जोडले रुदै भातको थाल लात्ताले पर सारेर बाहिर निस्कन्छ ।

“हरे ! कस्तो असत्ती कुलङ्घार राक्षस जस्तो छोरो जन्माइछु मैले सधैँ टोकस्नु पर्ने कराउनु पर्ने र पिटनु पर्ने कहिलेकाहीँ त मनको वेदना ओकल्न पाइयोस् । दुःख सुख बाड्न पाइयोस् । अहँ छैन यी बाउ छोरा एकतालका भएर निस्के । उता बाउ चाहीँ…………। अत्तोपत्तो छैन । मासु खान्छन् यी बाउ छोरा मिलेर मेरो ।”

एकछिन फत्फताएर छोरालाई भात थपिदिन फर्कदा त्यहाँ भात खाइ थाल चाट्दै छ गल्लीको भुसिया कुकुर पुच्छर हल्लाउँदै उनलाई्र देखेपछि मुख मिठ्ठयाउँदै अलि पछि हट्छ ।
“धिक्कारोस् केटाले भात खायो होला त नि भनेको त मर्न नसकेको चितुवाको आराले पो हसुरेछ भात । पख तँलाई “
हातमा कुचो च्युपेर खेद्दै निस्कन्छिन् उनी कुकुरलाई्र । नखानु भात खाइहाल्यो कुचोले लाग्न नपाउँदै क्रइक्क गरेर भाग्छ कुकुर बुर्कुसी मारेर ।
दैलाको दायाँबायाँ नियालिन् ठेउके कतै छैन ।

“मनमा ताना र तर्कनाले गिजोलेको बेला थप्पड के लगाएकी थिएँ भातै नखाइ कहाँ गयो होला त्यो आफ्नो सोचाइ एकातिर छ उनीहरु घुर्काउँछन् दुःख दिन्छन् अर्कोतिर । आफ्नो व्यवहार प्रति खिन्न लाग्छ उनलाई्र ।
“गाली गरे पनि पिटिहाल्न नहुने म पनि उस्तै क्या आफ्नो रिसलाई्र काबुमा राख्न नसक्ने “ आफूले आफैँलाई्र गाली गर्छिन् ।
सडकतिर पनि गएर हेर्छिन् केटो भेटिदैन वल्लो पल्लो कोठामा पनि चियाइन् तर भेटिदैन छोरा । कोठा अगाडि भएको ग्यारेजमा पो गएछ कि अँध्यारोमा आँखा गाडेर नियाल्दै ग्यारेजभित्र पस्छिन् । एकापट्टि कुनामा केही कालो थुप्रो जस्तो देखेर नजिकै गै नियाल्दा ठेउके त्यहीँ रुँदारुँदा थाकेर लोलाउन पो लागेछ घुत्रुक्क बसेर ।

रिसको झोँकमा थप्पड हाने पनि मरिमरि बाचेको एउटै छोरो चित्त कटक्क खाइहाल्छ ।
“बाबु किन यहाँ आएर बसेको िहंड बाबै जाउँ ।” उनी मायाले सुमसुमाउँदै हातमा समातेर तान्छिन् तर ऊ पटक्कै उठ्न मान्दैन अन्तमा ग्याम्म अंगालोमा उचालेर बोकी लाग्छिन् कोठातिर ।
लत्याक लुत्रुक भैदिन्छ छोराचाहीँ निधार छाम्छिन् आगोको भुङ्ग्रो जस्तो तातो छ ।
“ला फेरि ज्वरो आयो उसलाई एक थप्पड लाउनै हुन्न बिसन्चो भै हाल्छ । अब गरिनस् काम रीस थाम्न नसकेको प्रतिफल भोग आफै ।”

उनी आफ्नो पुर्पुरोमा हिकाउँछिन् धारे हातले । छोरालाई कोठामा सुताएर भान्छा कोठामा पस्छिन् । आधा भन्दा बढी भात उसै छ भाँडामा । दिउँसो पोते उन्दा हो भने मान्छे चपाउँला जस्तो भोक लागेको थियो उनलाई तर अैले एकातिर फोनबाट आएको अस्पष्ट खवर दोस्रो ठेउके बिरामी । भात र तरकारीलाई छोपछाप पारी जस्ताको तस्तै थन्क्काउँछिन् र् याकमा र ढोकामा ताल्चामारी पस्छिन् अर्को कोठामा ।

“खुइयू लामो सुस्केरा हाल्छिन् ।
“बाबु ! ए बावु के खान्छस तँ“

छोराको निधार छाम्दै बोलाउछिन् ऊ बर्रर आँसु झारेर रुन्छ मात्र केही बोल्दैन छोराको दयनीय अवस्थाले छाती कटक्क खान्छ ।
“कस्तो साढे सातको दशा मलाई्र नै लागेछ न बाउचाहिँको अत्तोपत्तो छ न छोरा सद्दे छ । हे भगवान अब के गराँै “
छोरा ज्वरोको रापले लठ्ठिएर निदाउँछ उनी कोठाको भित्तामा झुण्ड्याएको घडी हेर्छिन् आठ बज्न पाँच मिनेट बाँकी छ । कहाँ लैजाउष म छोरोलाई्र दिमाग घुमाउँदा घुमाउँदा टिभीमा गएर टाँसिन्छ मन कहाँ के भएछ समाचार सुन्नकै लागि उठेर खोल्छिन् टी।भी। ।

“तराई मधिसे मोर्चा र टाइगर समूहले गरेको भिन्ना भिन्नै बन्दमा सुनसरी मोरङ्ग विराटनगर र बारा लगायत अन्य आसपासका जिल्लामा बीसवटा भन्दा बढी गाडी तोडफोड त्यसमा केही मान्छे सशक्त घाइते र आज बेलुकी नौ बजे देखि अनिश्चितकालीन कफ्र्यु ।” टिभीले प्रमुख समाचारमा नै यसरी फलाकेपछि उनको मनमा ढ्याङग्रो बज्छ ।
“के थाहा बीसवटा गाडीहरु मध्ये हाम्राले चलाएको पनि त पर्न सक्छ “ फेरि टोपी लाएका पहाडिया भनेपछि झनै खेदो गर्छन् भन्ने हल्ला सुनेकी छिन् उनले ।

रसेटामा धुलो पाकेझैँ भतभत पाक्छ उनको मन उनी चुप लागेर बसिरहन सकिनन् पटक्कै कहाँ जाउष के गरौँ भन्ने छटपटाहटले चिर्थोछ बेस्सरी । आफू बसेको घरभन्दा पाँच घर पर त्यही कम्पनीको मिस्त्री बस्छ डेरा गरेर सोच्छिन् ऊ पनि अब त आयो होला ग्यारेजबाट यस घटनाको बारेमा उसलाई्र पक्कै थाहा छ म गएर सोध्नै पर्छ ।”
दौड प्रतियोगितामा तयार पारी टुडिखेलमा कुदाएको घोडाको जस्तो रफ्तारमा छासिन्छिन् उनी मिस्त्रीको डेरातिर । कोठा बाहिर पुगेर रोकिन्छ हिँडाइको रफ्तार कसो कसो मुटु जोडले धडकिन्छ स्वास थुनिएझैँ गरी हातलाई रोक्ने प्रयास गर्दा गर्दै हुत्तिन्छिन् एकै पटक भित्र ढोका उघारेर ।

मिस्त्रीको परिवार भात खाँदै छन् एक्कासी उनलाई्र त्यतिबेला आफ्नो कोठामा देख्दा अक्क न वक्क पर्छन् । हत्तपत्त अरुको कोठामा गैहाल्ने बानी छैन उनको त्यसैले पनि होला हेरेको हेरै हुन्छन् मिस्त्रीका परिवार । अर्कै दुनियाँबाट आएको प्राणीलाई देख्दाझैँ ।

एकछिन पछि भातको गासलाई्र पानीले निल्दै बोल्छ मिस्त्री-
“भाउजू ! बस्नुस न ।”
“म ……॥म यहाँ बस्न आएकी हैन बाबु दाइ गाडी लिन गएको पाँचदिन भैसक्यो खोजखबर छैन तपाईंर्ंलाई्र केही थाहा छ अफिसमा फोन आयो कि भनेर बुझ्न आएकी ।” निन्याउरो मुहार लाएर बोल्छिन् उनी ।

उनको सोधाइमा सोच मग्न हुन्छ मिस्त्री केही बोल्दैन मात्र निहुरेर भात खाइरहन्छ । उनी अप्ठेरो मानेर उभिरहन्छिन् ठिङ्ग ढोकानेर मुटुको धडकन झन तीब्र हुँदै जान्छ । गाडीको डाइनामो घुमे झैँ घुम्छ सोचाइ शङका उपशङकाले चपाउँछ भित्रभित्रै रगत छाद्ने गरी ।

भात खाइ सकेर रुमालले हात पुछ्दै उठ्छ मिस्त्री र खाटमा बस्छ थचक्क एकछिन घोरिएर भन्छ-
“भाउजूले थाहा पाउनु भएको छैन र “
उनी अतालिदै सोध्छिन् -”के कुरा “

“गए राती गाडी भगाएर ल्याउन लाग्दा फोरमका कार्यकर्ताले थाहा पाएछन् र खेदेछन् । दाइले डरले गाडी बेस्करी कुदाउनु भएछ अनि जिल्ला प्रहरी कार्यालय मोरङ्गको भवनमा गएर जोतिएछ गाडी । अगाडिको सिसा झर् याम झुरुम फुटेछ दाइ र खलासी इन्तु न चिन्तु घाइते भएका छन् रे धन्न पुलिसको कब्जामा भएर बाँचे नत्र फोरमका कार्यकर्ताले जिउँदै गाडीमा जलाइदिन्थे । आजको सन्ध्याकालीन पत्रिकाले दाइको नाम सहित दिएको छ ।”

यति भनेर मोलेको सुर्ती फ्वाक्क मुखमा हाल्छ मिस्त्री ।

उनलाई्र भाउन्न छुट्छ यो खवरले के गरुँ कसो गरुँ जाऊँ त कहाँ जाऊँ उता छोरो निस्लोट बिरामी छ । जे जस्तो भएपनि आधा अङ्ग लोग्ने भन्ने जात जन्मदिने बाबु आमाले पनि उसकै हातमा “मारे पाप पाले पुण्यु भन्दै सुम्पेका हुन् । उही भन्ना खातिर माइती भुलेर बस्नु पर् या छ । कतै उसलाई्र केही भइहाल्यो भने चिसो हुन्छ उनको मुटु चालीस वाटको ट्युबलाइट बालेको ठाउँमा पनि अँध्यारो अँध्यारो देख्छिन् उनी । आफँैलाई्र प्रस्ट नचिनिने ।

अनुभव र इसाराको भरमा बाहिरिन्छन् उनका खुट्टा । कानमा मिस्त्रीले भनेको कुरा दोहोरिन्छन् लगातार-
“इन्तु न चिन्तु घाइते धन्न प्रहरीको कब्जामा पुगेछन् । नत्र गाडीमा जिउँदै जलाइदिन्थे फोरमका कार्यकर्ताले ।” उनी बाहिर निस्केर घरको पेटीमा बस्छिन् थचक्क कोठामा फर्कन गोडा मान्दै मान्दैनन् पटक्कै । फेरि सम्झन्छिन् छोरो ज्वरोले निस्लोट छ लोग्नेलाई्र केही भएपनि त्यही छोराको मुख हेरेर बाँच्नु पर्छ मैले संसारको रीत नै हो साँवाको भन्दा ब्याजको माया लाग्नु ।
उनी जुरुक्क उठ्छिन् बसेको ठाउँबाट र सरासर लाग्छिन कोठातर्फ । खुट्टा बाटामा पटक्कै लाग्दैन हिड्नु पर्ने बाध्यता छ उनको । कोठामा चुकुल बाहिरबाटै लगाएर गएकी उनलाई्र राम्रोसँग याद छ तर ढोका भित्रबाट बन्द छ । अरु सोच्ने क्षमता नै भएन उनलाई्र यतिखेर । ला ! म बाहिर गएको मौका छोपेर कुनै लुटेरा पो भित्र पस्यो कि सोँचीन् पक्का कोही चोर डाँका भित्र पसेको छ ढोकालाई जोडले हान्छिन लात्ताले । तुरुन्त भित्रबाट ढोका उघि्रन्छ उनी देिख्छन् मधुरो बत्तीको उज्यालोमा ठिङ्ग उभिएको हुन्छ उनकै लोग्ने ।

सवाल उठाउनु पहिल्यैै हुत्तिन्छ उनको शरीर लोग्नेको समिपमा लोग्नेलाई्र अंगालो मारेर रुन्छिन् । उनी खूब धित नमरुन्जेल । रोएकी उनलाई्र छातीबाट उठाएर आँसु पुछिदिदै सोध्छ लोग्नेचाहिँ ।

“किन के भयो र रोएकी “
“गएको यत्रो दिनसम्म मलाई्र किन फोन नर्गनु भएको जानुस् म तपाइसँग बोल्दिन के ।”
ठुस्केको जस्तो गर्दै फन्केर पर गएर सोफामा थ्याच्च बस्छिन् ।

घरबाट हिँडेपछि बाटामा के हुन्छ कस्तो हुन्छ कहिले साथमा फुटेको कौडि हुँदैन अनि कसरी तँलाई फोन गर्नु त “
“यहाँ कस्तो खबर फैलेको थियो गाडी चौकिमा ठोक्कियो मान्छे सक्त घाइते यस्तै यस्तै ……॥ ।”
“अँ तँ फेरि त्यसैको पछाडि दौडिइस् होला हैन यदि यस्तो भएको भए त म फोन गरिहाल्थेँ । गारो साघुरो नपरी फोन किन गर्नु भनेर पो त । जसले जे भन्यो विश्वास गर्नु हुँदैन ।”

ऊ श्रीमतीलाई नजिकै तान्छ आफ्नो अंगालोतिर । उनी पनि टाँसिएर सुकसुकाउँछिन् सुस्तरी ।

subisudha9841140180@gmail.com
acharyasubisudha@yahoo.com

(स्रोत : Sahityasansar.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.