मुक्तक
मुक्तक – १
हेर्दा पहाडै लागे नि हावाको झोक्का हो जिन्दगी
कहिलै नमरुंला झै गरे नि मृत्युको ढोका हो जिन्दगी
देख्नेले त गल्दै नगल्ने बरफकै धिक्का देख्दो हो
तर फुस्स फुटीजाने पानीको फोका हो जिन्दगी।
***********************************
मुक्तक – २
दु:खी मान्छेहरु भोलिको लागि बाँच्न सांच्छन्
सुखीहरु बर्तमानमै छ सबचिज भनी नाच्छन्
जो मान्छे बर्तमानमा बाँच्न र हांस्न जान्दैन
खोइ कसरी मान्ने उनिहरु भबिस्यमा बाँच्छन्?
**********************************
मुक्तक – ३
मुखले बोले अरुले सुन्ला, आँखाले नै बोलौ हामी
मनको भाषा बुझेकिछौ, दुई मुटु घोलौ हामी
रात बिते अग्राख बन्छ, हावा चले पात हल्लिन्छ
ईसाराले पुगेन अब, मनको ढोका खोलौ हामी।
***********************************
मुक्तक – ४
टाढा म देखी जान्छौ कसरी
मनबाट मलाई निकाल्छौ कसरी
म त्यो वास्ना हुँ जो श्वासमा छ
आफ्नै श्वासलाई बिर्सन्छौ कसरी?
*************************
मुक्तक – ५
मेरो माया फेवाताल-दह जस्तो
तिम्रो माया भुमरीको रह जस्तो
कस्तो गाह्रो मायाको पायां मिल्न
आँखा तरि मर्नु, भिरमौरीको मह जस्तो।
**************************
मुक्तक – ६
हार्नेले भन्छ, जिन्दगीमा बाधैबाधा हुन्छ
जित्नेले देख्छ, जितको-रङग नमेतिने गादा हुन्छ
हार्नु-जित्नु दुईतै जिन्दगीको पाता हो रे साथी
सुख दु:ख जिन्दगीमा आधा आधा हुन्छ।
***************************
मुक्तक – ७
खोई के रि भन्नु, एक्लै बांच्न क्या फसात छ
चिसो मौसम र म तिम्रो कमीले क्या अनाथ छ
ठिकै छ बाँच्नलाई मन बुझाउने बाटो त खोज्नै पर्यो
धन्न यो खोया बिर्के तीन पाने बोतलको साथ छ!
**********************************
मुक्तक – ८
धनै सबथोक होइन भन्थ्यो, भोक र अभाबले गर्नु गरेको छ
फाटेको चोली फेर्ने सपना साटी, धनेहरु सात समुद्र तरेको छ
उता घरमा अड्को पड्को-अईचो पैचो चलाऊनै पर्यो
ध्वांसे मुसे लुरेहरुलाई अस्थाई लब पार्न दाउ परेको छ।
**********************************
मुक्तक – ९
धने र बुद्धे हाम्रै कर्म किन खोटो भनी दिमाग खियाउदै छन्
साहु बाहरु तिनैको घरबारी कसरी निखन्ने सोचेर चियाउदै छन्
नहुने बेलामा गन्हाउने छोरा, बिनास काल बिपरित बुद्धी
साहुनीहरु दु:ख बिर्साउने अमृत भनी तिनैलाई तीनपाने पिलाउदै छन्।
***********************************
मुक्तक – १०
सबै भन्छन् घोर निन्द्रामा देखिने सपना हो
कोही भन्छन् दिनचर्याको त्यो थपना हो
तर जान्नेहरु त भन्छन् सोचेको काममा
सुत्नै नदिई जगाईरहने नै सपना हो।
*****************************
मुक्तक ११
धन चोरेको भए पो दिनु सजाय
मन चोरेछौ, म आँफै लजाएँ
घाँस काट्न जाँदा भेट्ने भन्थ्यौ खै त
तिम्रै आशामा मैले कती पात बजाएँ।
*****************************
मुक्तक – १२
धनेहरु धन खोज्न समुन्द्र पारी गा’छन् अरे
देउरालीको बर पिपल नि बिरानो भा’छन् अरे
अरबको बालुवा पौरखीको पसिनाले सिंचिदा,
गैराबारी त अचेल बनमाराको घारी भा’छन् अरे!
(स्रोत : Lalbahadurale.com)