चक, डस्टर र कालो पाटी
अनी उही उत्ताउला बसन्ती युवाहरुसङ्गको सङ्सर्ग
जीवनका संध्याकालीन एक्ला रातहरु
पल पल थाहा छैन
किन उमङ्ग छर्न खोज्छन ?
पछील्लो बेन्चमा बसेर
मुस्कुराइ रहन्छ ??
म आफ्नो त्यो यौबन सम्झन्छु
जब उच्छ्वासले छचल्किएर
मेरा रेसमी कपाल उनका मुखभरी बयली खेल्थे
ठुला ठुला छपनी ढुङ्गा जस्ता दाँत देखाउँदै
मख्ख पर्थे
मेरो हजुर
साँझमा सम्झन्छु –
मेरो हजुर
अनी त्यो फुच्चे केटो ?
ओह
त्यो घुम्रिएको कपाल उस्तै
त्यो फक्लेटा दाँत उस्तै
मेरा प्रत्यक लेक्चर
सदियौँ पहिलेका मिठा बसन्ती मुना जस्ता
उनलाई पहिलो पल्ट भेट्न जाँदाको झैँ
मानौँ
उनी मलाई हेर्न आउँदै छन
म “Bertrand Russell” पढाईरहेछु
मलाई थाहा छैन
त्यो फुच्चे
“सिग्मण्ड फ्रायड” बुझ्दो हो
म झुक्किन्छु ……..
अनि लुकेर
छड्के नजरले फुच्चे केटालाई हेर्छु
ओह !!
त्यो फुच्चे केटाको हेराइ
र मेरो हजुरको हेराइ
बिल्कुल उस्तै……
(स्रोत : Uddhav Silwal’s Blog)