ऋतु हुँ म !
परिवर्तित सधै-सधैं सबैलाई पोल्टभित्र फुलाउछु,
“म”लाई टेकी ऊठ !
आ-आफ्नो दृष्टिले मूलढोका खोली
निस्किएर चौबाटोमा
पल्लो शहरलाई शुक्ष्मदर्शनले हेर !
अनी, खोज प्रतिविम्ब सधै-सधै मुस्कुराउँछु ।
हाइ !
दु:खी र निर्दोष
मान्छेहरु हो !
मानब-बाहनमा चढि
शक्तिको प्रदर्शन गर्ने मानसिक अपाङ्गहरु हो !
मेरो मुटुको टुक्रा-टुक्रा पारी भागबण्डा नमिलेर
‘झगड्ने’ घमन्डीहरु हो !
अन्धबिश्वासमा
पिसिएर मर्ने बिचरोहरु हो !
तिमीहरुलाई देखेर
म बिस्मत छु,
तिम्रो प्रतिविम्ब देखेर सधैं-सधै मुस्कुराउँछु।
मेरो आँचलमा फुलहरु फुले-झरे/झरे-फुले
परिवर्तनशीलता अनन्तछ
जबसम्म तिमी र म रहन्छौं
सृस्टिको चक्र घुमि रहनेछ
सुतेको अध्यात्म जगाएर मध्यारातको अधेरोमा
तिम्रो दिब्यदृष्टि खोली श्मसानघाट गएर
अनुभूति गर
त्यहाँ,
चोरी नहुने खजना भेट्नेछौ
अमर प्रेमको परिभाषा जान्नेछौ
शान्तिको ध्वनि र अनन्त जीवनको गीत सुन्नेछौ
यो निलो आकाश र धर्ती तिम्रै हुनेछ
अनि फेरी हेर ! उसोरी नै –
आफ्नो प्रतिबिम्व सधैं-सधैं मुस्कुराउँछु ।।
(स्रोत : Rita Rai’s Blog)