~सुरेशजङ्ग शाह~
हाई …….हल्लो…….. हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं….। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं …..। तिम्रो माया त नक्कली रहेछ …. आज एउटा भोलि अर्को सँग …। तिमीलाई नाटक गर्न अति नै आउने रहेछ ….जहिले फोन गरेपनि फोन नगर्नु म भाइ कहाँ छु. भन्थ्यौ । त्यो त बहाना रहेछ ….। कहिले पाप गरे भनेर हात भित्तामा बजाथ्र्यो ।
अब त टाउको नै बजार्नुपर्ने हो, मेरै अगाडि अर्कोसँग लडबदिँदा शब्दमा वार्तालाप गर्दा प्रत्यक्ष थाहा पाएँ, तिमी त मेरी होइन अर्कैकी रहिछ्यौं । सुनेको थिएं, संगत गुनाको फल भनेर, तिम्रो साथी जस्तै तिमी रहिछ्यौ फरक यत्ति हो उनी देखाउँछिन् तिमी लुकाउँछ्यौं ।
तिम्रो फोन धेरै व्यस्त हुन्थ्यो । मलाई त केवल courtsey call मात्रै गर्दथ्र्यो । केवल आधा मिनेटको कति रुखो व्यवहार, कठै म विचरा तिम्रो मायाको अन्धोभक्त । तिम्रो छुट्टी कहिले हो ?, तिमीलाई भेट्न सकिन्छ ?, म तिमी कहाँ आउँ ?, भन्नसम्म पनि डराइ डराइ सोध्ने गर्दथें, त्यसै माथि पनि झर्केर रिसाएर मिल्दैन वा हुन्न भन्ने ठाडो जवाफ दिन्थ्यो । म चुपचाप सहन्थ्ये । तर हेर म तिमीलाई कति धेरै माया गर्छु । मैले खाने प्रत्येक मीठो गाँसमा तिमीलाई सम्झन्छु । मैले देख्ने प्रत्येक सौन्दर्यमा तिमीलाई सम्झन्छु । फेसन चलेका प्रत्येक लुगा र गहनामा तिमीलाई सम्झन्छु । मैले हेर्ने प्रत्येक दृश्यमा तिमीलाई पाउँछु । मेरो प्रत्येक रहरहरुमा तिमी छ्यौं, मन, मुटु, कवितामा, गीतमा तिमी छ्यौं, साँझ तिमी छ्यौं, रातमा तिमी, बिहानीमा सँगै उदाउँछ्यौं । छातीभरि बस्छ्यौं । अब भन त तिमी मेरो लागि कति प्यारी छ्यौं ? मेरो अर्थमा म त एक भरोसा हो । सुख हो… खुशी हो… समपर्ण हो …. विश्वास हो, त्याग हो, अनि बाँचुन्जेलको मुटुको नाता हो । तर खोइ ? तिम्रो लागि त मायाँ त एक उपहास भएछ, हाँसो भएछ, ठट्टा भएछ, सस्तो बजारको विकाउको वस्तु भएछ त्यसैले मुखैमा लात हानेर पछार्यौं । छातिमै लात हानेर पछार्यौं ।
तिमीलाई फेरि पनि धन्यवाद । तिम्रो मोबाइलमा अक्सर आइरहने I love you, will you marry me ? तिमी विरामी भएछौं, रातभरि सुत्न सकिन भोलि बिहानै भेट्न आउँछु ल…. ? thank you for giving me nice time my love. आदि आदि थुप्रै text message हरु देख्दा मेरो मन कति दुख्थ्यो, मुटुको व्यथा बन्थ्यो तै पनि मेरो आवाज दबेकै हुन्थ्यो । तिम्रो आवाज उँचो, बहाना पनि कति कति ? कहिलेकाहिँ तिमीले I love you भन्ने गर्दथ्र्यौ । कस्तो सतही लाग्थ्यो बिग्रेको गुन्द्रुकजस्तो, तै पनि म मख्ख नै पर्थे । मैले चिनेको कोमल मन कतिखेर कठोर भएर कसैसँग साटिइसकेको रहेछ र तिम्रो I love you को कुरा त मेरो मुटु काट्ने छुरा पो भइसकेछ । मेरो मुटु छिया छिया बनायौ ।
त्यसैले म बाँचेर पनि मरेको छुं …..। सायद यही नै मेरो अन्तिम यात्राको कात्रो हुने होला । मलाईथाहा छ, म मरेको खबरले तिमीलाई खुशी दिनेछ । तर पनि प्रिय सक्छौं भने तिम्रो पोल्टोमा घोप्टो परेर एक चोटी धक् फेरेर रुन देउ मलाई, अनि सक्छौं भने त्यही पहिलाको स्निग्द मइन बत्तीको सिकाजस्तो कोमल मुस्कान मुस्काइ देउ । धित मरुन्जेल हेर्ने चाहना छ मलाई सायद म बाँचुन्जेल यी मेरा पूरा नहुने चाहनाहरु होलान् । मैले मन पराएको मन, माया र मुस्कान त तिमीले K.B.N.D.R. आदि आदि नामसंग जोडिएका तिम्रा प्रेमिहरुसँग सारी सकेको छौं । म कस्तो अभागी, मैले तिमीलाई मेरो जीवनको सबैभन्दा प्रिय सौन्दर्य ठानेर सकेजति मुटुभित्र साँचेको माया सुम्पणे प्रयत्न गरें ….. तर पनि तिम्रो अगाडि हारेँ …। तिम्रो हृदयभित्र कतै कोमल मन छ भने कुनै दिन मेरो पवित्र समर्पित मायाको हेक्का गर्ने छौं ….। त्यत्तिबेला म मरिसकेको हुनेछु र तिम्रो जवानी ढल्कीसकेको हुनेछ ….। फेरि पनि प्रिय तिमीलाई शुभकामना ……।
पत्र लेख्दा लेख्दै एलेक्स भक्कानिएर रुन थाल्यो । उसका आँखा वरिपरी इलियाको हँसिलो मुहार झल्किरहेको थियो । कानभरि उनको मधुर आवाज गुन्जीरहेको थियो । मनभरि इलियासँग बिताएका प्रत्येक क्षणहरु घुमफिर गरेको ठाउँहरु, सडक र गल्लीहरु एकपछि अर्को गर्दै सिनेमाको पर्दामा देखिने चलिचित्रका सिनहरुझैं घुमिफिरी झल्किरहेका थिए । इलियाले यसरी आफुलाई बीच बाटोमै अरु कसैसंग लागेर छोडलिन् भनेर सपनामा पनि सोचेको थिएन ।
जीवनमा इलिया जस्ती मायालु भेटेकोमा गर्व गर्दथ्र्यो एलेक्स । उनको आनिवानी, अंगप्रत्यगं रुपडौल सबका सब मन पर्दथ्र्यो एलेक्सलाई र उनको सौन्दर्यको मुक्त कण्ठले प्रशंसा गर्दथ्र्यो र उनलाई पाएकोमा भगवानलाई धेरै पटक धन्यवाद दिन्थ्यो …. तर आज उनै इलियाले लात हानी आँशुको सागरमा डुबाएको दुःखले झुकेको शीर चिरिएको छाती, फुटेको मुटु र टुहुरिएको मन बोकेर पनि उनै इलियालाई पत्र लेख्दा लेख्दै उसको गह भरिएर आयो । आँशुका बलिन्द्र धारामा डुबिरहेको मनले विछोडको बेदना थाम्न सकेन । इलिया ….. इलिया….. इलिया …. भनेर आवेगमा चिच्यायो एलेक्स र एकाएक इलियालाई लेखेको प्रेमपत्रका सबै पन्नाहरु धर्धरी च्याद्दै टुक्रा टुक्रा पारेर भुँइभरि छरिदियो । छरिएका प्रत्येक टुक्राहरुमा एलेक्सलेृ इलियाको सुन्दर मुहार झल्किरहेको देख्यो र आफ्नो मुटु टुक्रा टुक्रा भएर छरपस्ट भईरहेको पायो ।
यतिबेला रातिको ३ बजिरहेको थियो । एक्कासी ड्याम्म गोली चल्यो । भित्ताभरि रातो रगत छरपस्ट छल्किन पुग्यो । एलेक्सको हातबाट खुत्रुक्क इलियाको तस्बिर खस्यो । तप तप आलो रगत इलियाको तस्बिरमाथि तप्किरहेको थियो । एकछिन्मा रगतको आहाल बढ्दै गयो त्यही रगतको आहालमाथि तैरिरहेको इलियाको तस्बिर मुस्कुराइरहेको थियो ।