उन्को अस्विकृतिले
अनुप्राणन चाहनाहरु
ओईलिन सक्थ्यो
तर उसो गरिनन्
बरु छरिन् आशाको बिउ
मेरो पटाङ्गिनिमा
बनाईन् सुन्दर मनोरम बगैँचा
र,
त्यही झागियो झिनो जिजिबिषा,
जस्तो सुकै कष्ट भए पनि
पानीमा छाया झै छर्लङ्गै
उन्मुक्त हासो आफ्नो मुहारमा पोतीरहिन्
जहर भित्रको अमृत बनीरहिन्
हजारौ कोष माथि बाट झर्ने
झर्ना झन संङ्लिए झै
भित्र दुखेर पनि संङ्लोपना देखाईरहिन्
यी सबै मेरो लागि गरिन
तर उन्को घाउमा न साहनुभुतिको
मलम लाउन सके
न मायालु पट्टी
सक्दै सकिन भुगोललाई चिर्न
त्यसैले,
आफुलाई निरिह ठानेँ
हेरी रहेँ निरिह हेराई
हेरी रहेँ शालिक हेराई
मुक दर्शक बनेर
मुल फुट्न बर्षात कुर्न नपर्ने भो
उकुस मुकुस मन
बाँढीले तहस नहस पारेको बगर
उस्तै उजाड बन्यो छाती
उता एता उस्तै उस्तै
मात्र फरक यती
उन्को देखिन्थ्यो
मेरो देखिन्नथ्यो
धरातल फरक
तरिका फरक
भोगाई फरक
गुनासो पोखिरह्यौँ आफ्नै भाग्य सँग
तर हामी कहीँ न कहीँ मिल्यौँ
भावनामा
कल्पनामा
सपनामा
जीवनको संरचना अरु ठोस बस्तुको जस्तो कहाँ हुने रैछ र ?
पत्झर पछी नयाँ पालुवाको आशा जस्तै नहुँदो रैछ जीवन
असहजतामा सहजताको गोरेटो थोरैले
भेट्ता रैछन्
शायद त्यो थोरैमा हामी पर्यौं
हामीले चुम्यौ त्यो मिलन
वास्तबिकतामा ना सही
कल्पनामा
भावनामा
सपनामा ।
किरण कौशल मेयोङ्बा
यूएई
(स्रोत : Inasociety.org)