आजपनि फेरी घरको गेटको चुँईईईईयँ आवाज निमाले सुनिन् …. सुरजको हातमा टल्केको किट-क्याट चकलेट अब त्यत्ति मन पर्न पनि छोडेको छ, नीमालाई । हुनपनि चार वर्षदेखि निरन्तर चलिरहेको छ, घरको मूलगेट खुल्ने समय, रातो खोल भएको चकलेट ….. । शुरु
शुरुमा त निमालाई पनि राम्रै लाग्थ्यो | शायद यो चकलेटले उनलाई कुनै न कुनै तरिकाले आफ्नो बाबाको अभावलाई कम गरेको आभाष भएजस्तो तर अचेल खै किन हो कुन्नि, मिठो हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि
त्यत्ति जाति मान्दिनन् यो चकलेट | सुरज ‘के छ नानु ?’ भन्दै सामुन्नेमा आएर चकलेट दिन खोज्दा पनि उनले लिन खासै चासो लीईनन्, उनी जादुमय पारामा मौन भै दिईन् । अझ साँच्चै भन्नु पर्दा निमाले सुरज आएको पनि थाहा नपाए जस्तो गरेर बगैंचामा चिरबिर गरिरहेका भंगेराका हुललाई नियाले जस्तो गरिदिईन्, जानाजानी नै | सुरज केहीबेर पर्खिए पनि बुझी सकेको थियो आज निमाले उसको चकलेट र उसलाई कुनै महत्व दिएकी छैनन् भन्ने | शायद यहि सोचेर उ सरासर भित्र पस्छ चकलेट हातैमा लिएर |
नीमा दश बर्षकी भैसकेकीछिन् र उनले पहिल्याउन थालेकी छिन् सही र गलत पनि |
अब साँच्चै निमा तिनै भंगेराका हुल भित्र हराई सकिन उनको मुह़ार र आँखामा एकोहोरोपनको डेरा हावी भैदिन्छ ।
“सुरज – तिम्रो टाइम अकुरेसीले त मलाई कायल पार्छ अनि, अनि नी तिम्रो अब केहि क्षणमै आइपुग्ने आँखाहरुको मादकता ….. भो कुरा नगरम – म कहिल्यै सन्तुष्ट हुन सक्दिन।”- प्रिया एकैसासमा हरेक दिनको सुरजसंगको पहिलो भेट सुरु गर्छिन यसरी नै । यता सुरज अलि दिन देखि प्राय:मौन नै बसिरहन्छ या भनौं बसी रहन रुचाउँछ । उसले प्रतिक्रिया स्वरुप यदाकदा मुस्काउन बाहेक केहि फर्काउन सकेको छैन ।
नीमाको जादुमय मौनता र सुरजको प्रतिक्रियाबिहीन मौनता सायद अपत्यारिला र बिल्कुलै फरक श्रेणीका भने हुन् ।
प्रेम – नीमाका पिता जो असामयिक रुपमा लगभग चार बर्ष पहिले गुज्रिएका थिए| तत्- पश्चात आफ्नो घरमा हरेक दिन बेलुका बाबा जस्तै गरि आउने सुरजलाई अझैपनि नीमाले बाबाको स्थानमा हेर्न सकेकी छैनन् । न त खुलेर नै हेलमेल गर्न सकेकी छिन् । हुन त प्रिया पनि सुरजलाई सुरज नै भन्छिन् ।
बेलुकीको आठ बजे पछि डाइनिङ्ग टेबलमा डिनर सजिएको हुन्छ ।
नीमा, डिनर लिन्नौ तिमी ? – प्रियाले बोलाउछिन, नीमा जान्छिन, एउटा सुख्खा रोटी र दहिले उनको हरेकदिन जस्तै आजपनि पेट भरिन्छ । उनी उठ्छिन, आफ्नो कोठामा गएर सुत्छिन ।
तिमी मेरो आदत खराब गर्दै त छैनौ नी – “प्रिया -खाना खाने बेलामा मेरो टाउको सुम्सुम्याउने यो कस्तो रहर हो तिम्रो ?” सुरजले आज कहिल्यै नगरेको प्रश्न गर्छ प्रियालाई |
”मेरो लागिसकेको आदतमाथि प्रश्न नगर न सुरज प्लिज ”
मैले भाँडा माझ्ने बेला पछाडिबाट टाँस्सिदैं आएर मेरो कपाल सुम्सुम्याएको समयमा मैले कुनै आपत्ती जनाएको छु र तिमीप्रति ?? – प्रियाले प्रतिप्रश्न गरेपछि सुरज लजायो,फेरी मुस्कायो, डिनर सकिए पछी पुनः तिनै क्रियाकलापहरु पक्कै उसको मस्तकमा होली रङ्ग झैँ रंगिए ।
केहि क्षणमै सुरजको मस्तकका अनुभूतिका रङ्गहरु प्रियाका केशलहरमा दलिए । प्रियाले हस्तस्पर्शहरुको आज बेग्लै अनुभूति भएको जस्तो नतिजा देखाइन् ! सुरजले प्रियाका ओठमा टाँसीएको दहीको अंशको स्वाद लिएको पत्तै पाएन । आज केशहरुको स्पर्शमात्रैमा वर्तन सफ़ाइका क्रियाकलाप सीमित रहेनन् ।
”मामू मलाई एक गिलाश पानी दिस्यो न” – सुन्नेबित्तिकै सुरज र प्रिया भान्छाघरमै ठोसमा परिणत भए । प्रियाको चाल अब ग्लास –याक हुँदै वाटर फिल्टरसम्म पुगेर रोकियो – उनले अनौठो पारामा सुरजप्रति गरेका दृष्टिपातहरु – ग्लासबाट पोखिएको पानीले प्रियाका खुट्टा चिसो अनुभूत भए पछि स्वत: परिवर्तित भए ।
उनी नीमालाई हतारमै पानी दिन पुगिन् र पानीको ग्लास नीमाको हातमा थमाएर हतारमै भान्छाकोठासम्म फर्किदा सुरजलाई त्यहाँ नदेखेपछि उनी आफ्नो रहेका काम सक्न लागिन् | काम सक्दा १०:०० बजी सकेछ | सधै काम सकेर ९:३० भित्र आफ्नो बेड रुममा छिरी सक्ने प्रिया आज ढिला भईन सोचिन आज अलि बढी नै भएछ भाँडा माझ्दा गरिने साईड वर्क | मुसुक्क मुकुराउँदै उनि बेडरूमभित्र छिरिन् । प्रियाको द्रिश्यगत यथार्थ र अन्यौल भावार्थमा अभिभावकत्वको निर्वाहमा भगवान् पनि लाचार प्राणी झैँ टोल्हाएका छन् भन्ने भान हुनु अस्वाभाविक पक्कै पनि हैन !
“नीमालाई पानी पिलाएर आएकी हौ ?” – सुरजले सोध्यो!
“हजुर,हो |” – प्रियाले भनिन्
”तिम्री नीमाले आजपनि मैले ल्याइदिएको चकलेट खान मानिनन् नि। ”
छोड न त सुरज – उसले भोली खाली नि त । – प्रियाले सुरजको नीमाप्रतिको चासो कम गर्ने पारामा भनिन् ।
नीमाले चकलेट दिंदा नलिनुको दृश्य सम्झदै सुरज सोफामै पल्टीरह्यो ।
प्रिया सुरजको समीपमा जानु अघि – अन्धकार सिर्जना गर्ने बहानामा बत्तिको स्विच अफ गरिनु नौलो कुरो भएन |
चार बर्ष देखि नै प्रियाका निमित्त दिन र रातहरुमा कुनै भिन्नता छैन- बत्ति जल्नु अनि निभ्नुले खासै फरक पर्दैन फरक पर्छ त सुरजको गमन र आगमनले त्यसमा पनि कुनै गुनासो गर्ने ठाउँ नै पाएकी छैनन् प्रियाले चाहेको या बोलाएको केहि समय पश्चात प्रियाको प्यास मेटिएकै छ त्यसैले प्रिया एक हिसाबले सन्तुष्ट नै देखिन्छिन |
आज पनि सुरज त्यस्तै गरि गोडा भुइँ सम्म टेकाएर थाप्लो खुइलिएको डांडा तराईको माथिल्लो पट्टि लम्पसार भएको ज्यान र पहिरोले खोलाको सतह छोए जसरि अड्डीएका घुंडाभन्दा तलको भाग झैं गरेर ढलेको छ, यो आजको मात्र हैन सधैको नियमित कार्य जस्तो भएको छ |
सधै प्रियाले उसको कटि भन्दा माथिको भागलाई चुम्बन गरेर फोर प्लेको सुरुवात हुने गर्दथ्यो तर आज खै किन हो प्रिया छुट्टै प्रकारले प्रस्तुत् भईन | सुरजको समानान्तर तर थोरै टाँस्सिएर सुरजको छातीमा हात राख्दै भनिन – “सुरज, आज किन किन मलाई थाकेको महसुस भएको छ | आज आफ्नो चाहना अनुरुप उपभोग गर्नु, बट क्यान यु स्टार्ट टू डे- प्लिज ………..”
सुरज प्रियालाई पुलुक्क हेर्छ तर केहि रिप्लाई गर्दैन खुसि भए जस्तो पनि गर्दैन र दुखि भए जस्तो पनि | लाग्छ उ आज निक्कै गहिरो सोचमा डुबेको छ |
एक छिन् उसै गरि एकोहोरो सिलिंग हेरेर टोल्हाए पछी उसले बिस्तारै प्रियाको हातमा सुम्सुम्याउछ र शुरुहुन्छ फरक शैली तर उही लक्षको प्रेमिल प्यासी कटाक्ष शिलशिला …………………
कोठामा लामा लामा स्वासहरु बाहिरको शुन्यताको लक्ष लिएर वल्लो छेउ र पल्लो छेउ ठोक्किदै छन् | कोठामा उपस्थित मनको तापक्रम पारोको डेन्जर सिग्नल छुन आतुर देखिन्छन र शिघ्र चरमताको लक्ष लिएर उक्लिएकै छन् |
यत्तिकैमा कोठाको बत्ति ट्याक्क आवाज सहित फैलिन्छ एक उज्यालोको कण बोकेर………..
चलायमान तन अचेतन जस्तै हुन्छन, मनको तापक्रमको त कुरै नगरौं ……
दश बर्षकी निमा पनि त्यो जोडीलाई त्यो बेलामा अझंगको लाठे जस्तै महसुस हुन्छ |
प्रिया हत्त न पत्त उठेर निमालाई ढोका बाहिर पु-याउछिन शायद याद भएन कि उनि निर्वस्त्र नै छु भन्ने | सुरज मौन भएर हेरी रहन्छ उ केहि बोल्न सक्ने अवस्थामा नै छैन त्यसैले उसले टावेलको सहारामा सोफामा शरणार्थी हुन्छ | यतिन्जेल सम्म प्रिया ढोका लगाएर यथास्थानमा पुगी सकेकी हुन्छिन |
सुरज अब झन् सोच मग्न भएको छ दिउंस देखिको घटनाक्रमले उसलाई अन्यौल बनाई रहेको छ के गर्ने या के नगर्ने, सही गर्दैछ या गलत | हुन त सही त पहिले पनि लागेको हैन सुरजलाई यो सम्बन्धले तै पनि उसले आफ्नो जैविक तृष्णाको सामुन्नेमा हार मान्नु नै उचित देखेको थियो र मानेको थियो पनि |
सोच्दा सोच्दै उ झन्नै साँढे चार बर्ष पहिलेको सुरज सम्झन थाल्छ ……….
उसले कहिले पनि सोचेको थिएन कि आज को सुरज र त्यो सुरजमा आकाश जमिनको फरक हुनेछ भनेर,
साँच्चै त्यो सुरज सबैको नजरमा एउटा भद्र लगनशील र मेहनती केटो थियो | पढाईमा पनि उ प्रति कसैको गुनासो थिएन | घरमा परिवार सबैको प्यारो नै थियो | के थिएन त्यो सुरज संग अहँ कुनै पनि कोणबाट पनि त्यो सुरज कम्जोर थिएन |
र हेर्छ आजको सुरजलाई -केहि पनि भेट्दैन शिवाय समाजको सामुन्नेमा एउटा जुठो प्रेम…………….
साँच्चै आज सुरजलाई एक्लै बसेर रुन मन लागेको जस्तो भएको छ | उ निक्कै पर आइ सकेको आभाष गर्छ त्यो समाज घर परिवार साथीभाई र आफन्तदेखि लाग्छ अब उ चाहेर पनि त्यो पुरानो स्थान ओगट्न सक्दैन | आफैलाई धिक्कार्न चाहन्छ र पनि सक्दैन | ऊ आफुभित्र बिध्यमान मानवगुण प्रति अझै दयालु भए झैं देखिन्छ ।
“सुरज…………..”
झस्यांग हुन्छ, प्रियाको बोलावटले मन मनै भन्छ किन यसलाई यति बेलै बोलाउनु पर्ने ?
मन नलागी नलागी प्रतिउत्तर गर्छ “भन न “
आउ न के, म चाहिं आज उसको दिन भनेर पर्खेर बसेको उ चै झोक्राएर बस्ने !
बाध्यात्मक तवरले उ बेडमा पुग्छ, र भन्छ
“आएँ त”
“यतिबेला आएर आएँ रे “
प्रिया ओठ पसार्दै ठुसुक्क परेर भन्छे |
अब सुरजले नै केहि गर्नु पर्ने देख्यो र एक पटक गर्धनमा कोमल ओठको स्पर्श गराउँछ |
आखिर प्रियाले चाहेकी त्यहि न थियो किन धेरै बेर रिसाएर बस्न सक्थिन र ?
आगोको छेउमा मैन झैं अझ आगोको तापक्रम र ज्वालाको आयतन बढाउन लागिन |
सुरज पनि आगोको ज्वाला बनेर दन्किन लाग्यो |
कोठामा दुइ योद्दा युद्दको पुर्व तयारीमा तल्लिन थिए बस युद्दघोश गर्न बाँकि थियो |
झन्नै १५ मिनेटको पुर्व तयारी पश्चात प्रियाले नै युद्दघोष गरिन र शुरु भयो विजय लक्षको युद्द |
लाग्थ्यो कोठा अब कोठा हैन दुइ तर्फी आक्रमणको रण मैदान हो जताततै रण ध्वनि गुञ्जायमान भएको छ | दुइ योद्दा बिजय लक्षको समिप पुगेका छन् बस केहि बेरकोको पर्खाई छ |
बस बस बस दुबैले बिजय लक्षको प्राप्त गर्छन र थकित मुद्रामा एक अर्काको सहारा लिन पुग्छन |
प्रिया फेरी एक पटक बिजय मुस्कान सहितको चुम्बनले सुरजलाई आक्रमण गर्छिन |
प्रिया मन मनै निक्कै दंग छिन् किन कि उनले चाहेको र खोजेको सम्पूर्ण रुपले प्राप्त भएको छ | यो भन्दा धेरैको चाहना पनि छैन उनलाई बस यसैको निरन्तरता नै उनको लागि काफी छ | आज फेरी उनि अर्को गहकिलो निन्द्रा संग हातेमालो गर्दै चम्किलो बिहानीको पर्खाइमा सुरजको बाहुको आडमा लुक्छिन |
सदा झैँ बिहान हुन्छ अनि प्रियाको निन्द्रा पनि खुल्छ | आँखा मिच्दै उठेर बोतलको पानि पीए पछी प्रिया आफुलाई सदा झैं निक्कै हलुको महसुस गर्छिन आज पनि |
उठ्छिन र आफ्ना प्राकृत आंगिक स्वरुपलाई कृतिम बस्त्रभुषण गरे पछी चियाको मेलो मेसो तिर लाग्ने सोचले ढोकाको छेस्किनी खोल्छिन……………………………………..
अम्म्मा…………………………………………………………………..
प्रियाको चिच्याहटले सुरजको पनि निन्द्रा खुल्छ र हत्तासिंदै ढोकामा आइ पुग्छ |
प्रियाको मौनता शुरु भै सकेको थियो अब सुरज पनि बस मौन नै हुन्छ लाग्छ दुइवटा मुर्ति ढोका मै कसैले ठड्याएको छ |
निमा स्थिर भै सकेकी छिन छ त केवल अचेतन शरीर |
प्रिया अर्ध चेतन भै सकेकी छिन केहि सोच्ने शक्ति छैन, छ त केवल ग्लानी, पश्चाताप र अपराध बोध
सुरज आफ्नो पुर्व सांकेतिक सोच संग मेल खाएकोमा अचम्मित छ न पिडा न हर्ष उसै गरि टोल्हाईरहेको छ …….
त्यो घर फेरी एक पटक मध्यान्ह मै अन्धकारमय भएको छ ………|
(स्रोत : Anbipra’s Blog)