बैंककको मध्य-ब्यस्त सडकमा एकजना मगन्ते आज पर्यन्त छ l नहरमाथिको पूलसडकको पेटीमा बिहानै देखि ठूलो सर्टभित्र दुवै हात लुकाएर मुखले टोकरी च्याप्दै दुईचार पैसा कमाउने उनको पेशा अचम्मको छ l
मैले धेरै दिनदेखि उसको चर्तिकला देखेकोछु lकहिलेकाहीं बटुवा कम हुँदा हात निकाल्छ lमैलोले चिलाएको जिऊ कन्याउँछ lदुई मिनट मै टोकरीको पैसा लुकाउँछ l घाम-पानी, धुवाँ-धूलो, हल्ला-भिड सबै सहेर तेत्रो कष्टमय जीवन काट्नु भन्दा आफ्नो योग्यता अनुरुप कुनै काम गरे त्यो भन्दा सहज र सुखी जीवन उसको नहुने प्रश्नै छैन lदिमाख छैन भनौ तेत्रो ठगेर खान जानेकोछ lदिमाख छ भनौं किन तेत्रो दुर्दशा भोग्ने पर्यो र ?
एकदिन मेरो सकसकलाई उनले जवाफ दिए-‘काम गर्न अल्सी लाग्छ l ‘मैले सोचें -होइन कस्तो जाँगर हो त्यस्तो जीवन भोग्ने ?
(स्रोत : Khagendra Pandhak’s Blog)