एक
र
सुनेको पनि छु l
देखेको छु
भोगेको छु
यस्तै-अहिलेसम्म मैले
लाग्छ…
म मारीइसक्दा पनि मर्दैन
एउटा जिउदो प्रश्न ..
/
ए समय ! तिमीलाई आफ्नो अर्थ थाहा छ ?
समयको अर्थ समयनै जान्दो रहेनछ
अझै खुलेर भन्दा त
समय त बर्तमानको ”विद्वान-मुर्ख”पो रहेछ
अनि बुझे त्यसबेला
/
फेरी
भर्नथाल्यो रंगहरु- आफ्नै सुरमा
र
चुसिरह्यो पशिना
चुस्यो l
भविष्यको उपस्थितिमा समयले शिबिर नंग्यायो l
भूतको आदेशमा समयले शरणार्थी बदल्यो l
ए समय ! – तिमीलाई तिम्रो आफ्नो अर्थ थाहा छ ?
बन्द भएन मेरो धड्कन l
तर,
समय भित्रको घडी बन्द हुन खोज्यो
जव हुइंकियो-बालुवाको यन्त्रशालाबाट
बन्द बाकसमा सजिएको ”एक-इन्ची” कद l
२
बन्द बाकसमा सजिएको ”एक-इन्ची” कद
जव हुइंकियो-बालुवाको यन्त्रशालाबाट
समय भित्रको घडी बन्द हुन खोज्यो
तर,
बन्द भएन मेरो धड्कन l
ए समय ! – तिमीलाई तिम्रो आफ्नो अर्थ थाहा छ ?
भूतको आदेशमा समयले शरणार्थी बदल्यो
भविष्यको उपस्थितिमा समयले शिबिर नंग्यायो
पशिना चुस्यो
चुसिरह्यो
र
फेरी भर्नथाल्यो रंगहरु- आफ्नै सुरमा
अनि बुझे त्यसबेला
समय त बर्तमानको ”विद्वान-मुर्ख”पो रहेछ
अझै खुलेर भन्दा त
समयको अर्थ समयनै जान्दो रहेनछ l
ए समय ! – तिमीलाई तिम्रो आफ्नो अर्थ थाहा छ ?
एउटा जिउँदो प्रश्न –
लाग्छ-
-म मारीइसक्दा पनि मर्दैन
अहिलेसम्म मैले
-यस्तै
भोगेको छु
देखेको छु
र
सुनेको पनि छु….l
ll समर्पण श्री राम प्रसाद प्रसाईं ज्यू मा ll
बिराटनगर
ल आबुधाबी
१४ नोभेम्बेर २०१० lll
(स्रोत : Bipra’s Blog)