वसन्त ऋतुको प्रादुभावमा वरिपरिका लतागृह एवम् पंक्षी जगत मुस्कुराइरहेका देखिन्छन् । क्षितिजमा अल्पसंख्यक वादलु गणहरु दिशाहिन भएर यताउती छट्पट्याइरहेका छन् भने आजको पुनर्जन्म पश्चात सुर्यको यात्रा चरम उत्कर्षमा पुगेको छ । वार्सिलोनाको कुनै फराकीलो , चिल्लो कालोपत्रीय सडकमा हुँइकिरहेका सयौँ सवारी साधन मध्येको यौटा सानदार कारमा अनवरत मनोचाहनाहरुलाई कोलाकोला गर्दै कुलेलम ठोक्दो छ प्रमिथस पनि । आधुनिक आभुषणमा झकिझकाउ
भएर सहरका नर-नारीहरु , युगल जोडीहरु सडकका छेउछाउबाट ओहोर-दोहोर गरिरहेका देख्न सकिन्छ । परन्तु मनमा उम्रिएका काउसोजस्ता धारणाहरुले असह्य अवस्थामा पुगेको प्रमिथसलाई यी यावत कुराहरुको फित्तलो प्रभाव मात्र रह्यो ।
आँखाको अगाडी चस्मा ठडीए जसरी झुम्मीरहेका त्यी दृश्यहरु अनि वहिरो भान गराउने त्यी आवाजहरुको यादगार चहलपहलमा प्रमिथस मानसिक कमजोरीको सिकार बनेको छ , अरु दिन भन्दा असाधारण देखिन्छ । आज उसको कारको गतिमा कुनै नियमितता छैन , जीन्दगी झनै विराग लाग्दो ! कडा परिश्रमका उपज उसँग आज सम्पति छ , मान मर्यादा छ , इज्जत छ । फेरी पनि ऊ मनै मन गुम्सिएको छ , मनै मन एक्लिएको छ । प्रमिथस र मेलिनाको बिहे भएको चार वर्ष गुज्रिसकेको छ । कलेज पढ्दा देखिनै मेलिनासँग माया गाँसिएको थियो उसको । उसका पहिला प्रेम प्रस्ताबहरुलाई वहिस्कार गरेकी थिई मेलिनाले । तर मायाले माया जन्माउँछ भने झैँ दुवैको सामिप्यता बढ्यो , बिहे भयो । जागिरको मारमा अल्झिएका दुवै व्यस्तताका बाबजुत मायाका मुस्कानी फूलहरु फूलाउँथेँ , विश्वासको ऐँसेलु फल्ने गर्थ्यो । उसले कल्पना सम्म पनि गरेको थिएन की जसको मायाको कंचनतामा मग्न भएर जीवन रङ्गै रङ्गले सजिएको पाइन्थ्यो आज उसैले मनको जहाँज डुवाएर एक्लै किनारातिर छुट्टिन चाहन्छे ।
मनको कुरुप बन्दै गएको क्यानभाषमा त्यीनै काला आकृतिहरु ताजा ताजा बनेर उत्रिन्छन् । सम्झदैँ जान्छ – ऊ आज बिहान सवेरै उठेर बाथरुममा नुहाउँदै थियो ।बाहिर फाट्टफुट्ट आबाज सुनियो जून मेलिनाको थियो । उसले फोनमा कुरा गर्दैछे भन्ने कुराको पनि चाल पायो । स्पष्ट बुझिँदैनथ्यो तर मेलिना भन्दै थिई ” . . . . .. . .यस्तो लोग्नेसँग कसरी बस्न सकिन्छ ?. . . . . . . .कुरा मिल्दैन. . . . . . .झगडा पर्छ. . .. . . . DIVORSE गर्नुपर्छa . . . ” जम्माजम्मीमा मेलिनाका यी शब्दहरु बज्र जसरी ठोकीए उसको कानमा । ऊ झसङ्ग भयो , दिलको धड्कनको रफ्तार बढ्यो , बेसुरे- के गरुँ , के नगरुँ , उसलाई होस भएन । एकाध शुन्यता छायो , सन्नाटा छायो , छ सय भोल्टको करेन्ट लाग्यो उसलाई ।
केहिबेर पछि बल्लतल्ल लुगा फेरेर बाहिर निस्कीयो । मेलिनालाई भेटेन , उसको गाडी पनि घरमा थिएन । अब झन् मन कुँडीयो , सबै सपना जस्तो लाग्यो उसलाई. . . . .। आखिर कारण जेसुकै होस् अब उसलाई पुर्ण विश्वास भैसकेको थियो की मेलिना ऊ बाट छुट्टिन चाहन्छे ।
यसरी नै स्मृतिका घाँघर बजाएर , मन भरी तर्कना-वितर्कना खैनी खेलाएझैँ खेलाएर आफुलाई सम्हाल्ने प्रयत्नमा जुटेको छ प्रमिथस । उसका प्रयत्नहरुको बेकामी पटक पटक उसका आँखा छलेर पोखिने अश्रु लहरले प्रस्ट्याउँछन् । . . . .झट्ट आफू अफिस जान लागेको हूँ भन्ने कुरा सम्झन्छ , घडी हेर्छ नौ-बीस भएको हुन्छ । आज सँधैभन्दा करीब आधा घण्टा अगावै घरबाट निस्केको थियो ऊ । सबेरै अफिस जान उचित मानेन , त्यसैले आफ्नो गाडी छेउकै पार्क तिर हुल्यो ।
प्राय जसो पार्कमा मनोहर वातावरण खोज्दै विवाहित /नवजोडीहरु प्रेमका मिठा बात गर्न आउने गर्छन् अनि फाट्टफुट्ट व्यक्तिहरु चिन्तन मनन गर्ने हेतुले यता छिर्छन् । फुलै फुलले सजाइएको उद्यान , रमाइरहेका जोडीहरु. . . . . निकै मनोरम देखिन्थ्यो यो पार्क । प्रमिथस यौटा बेन्चमा गएर बस्यो । लामो श्वास फेर्यो . . . . . . . .। उसको नजर सामुन्ने एक जोडा युवा युवती प्रेममा घुलेर अङ्कमाल गर्दै चुम्बन लिइरहेका हुन्छन् । त्यी केटा केटीहरु अन्दाजी 20-25 वर्षका थिए होलान् । उत्तेजनात्मक अवस्थामा युवकको दुवै हात युवतीको बक्षस्थलसम्म पुगेर थोरै उठेको छातीसँग जिस्किरहेका हुन्छन् , ओठै ओठ जोडेर आनन्दपुर्ण चुम्बनमा रमिरहेका देखिन्छन् । केटा केटी आफ्नै धुनमा मस्त छन् , प्रमिथस आँखा घुमाई घुमाई त्यतै तिर भुल्न पुग्छ । यत्तिकैमा उसलाई आफ्ना सुरु-सुरुका विवाहित जीवनको याद आउँछ
मलिना -ज्योतीका लहरहरु सम्प्रेषण गर्दै घामले विहानी भित्र्याएको थियो । अझै पनि ओछ्यानमा प्रमिथस र मेलिना अङ्गालिएर निदाइरहेका थिए । खाटको सिरानी तल भुइँमा खसेको थियो , तन्ना पुरै बिग्रिएको थियो ।प्रमिथसको आँखा खुल्यो , आफ्नो अर्धनग्न शरीर ढाक्यो र हातमुख धोएपछि चिया-नास्ता बनाएर ल्यायो । तर दुर्भाग्यवश ढोकामा अल्झिएर चिया पोखियो- उसको घुँडा हुँदै खुट्टा सम्म पोखियो । चिया सेलाई सकेकाले उसलाई खासै पोलेन । मेलिना जर्याक-जुरुक उठी र अत्यन्तै आत्तिई , त्यसपछि फ्रिज बाट केहि बरफका टुक्रा र औसधी ल्याएर लाइदिई । आफुप्रति मेलिनाको माया देखेर प्रमिथस निशब्द रह्यो , आँखाको तलाउ भरियो । मेलिनालाई अङ्गालोमा बाँध्यो , त्यसपछि उनीहरुले त्यी युवक-युवतीले जस्तै गरी चुम्बन लिएका थिए , माया साँटेका थिए । उनीहरुको वैवाहिक जीवन ज्यादै सुखमयी गुज्रिँदै थियो , माया नै मायाको अमृतले भरीएको थियो । तर आज उसको जीवनमा जे भएको छ त्यसको चिसोले कठ्याङ्ग्रिरहेको थियो प्रमिथस । मेलिनाले उबाट DIVORSE चाहनुपर्ने कुनै कारण थिएन प्यारो जीन्दगीमा । कमसे कम उसको नजरमा चाहिँ कुनै कारण भेटिदैनथ्यो ।
यस्तैमा फेरी उसको नजर घडीतर्फ मोडीयो , 10:50 भैसकेको सुचना पायो । अफिस पुग्न ढिला हुने डरले ऊ त्यहाँबाट निस्कियो र कारलाई गति दिँदै अफिस सम्म पुग्यो । उसको परीवर्तीत र असन्तुलीत मुद्रा देखेर बाँकी कर्मचारीहरु ऊ तिर घोरिएर हेर्दै थिए । ऊ छिटो-छिटो आफ्नो कार्यकक्षमा पुग्यो र आफ्नो काममा लाग्न थाल्यो । परन्तु उसको मष्तिष्कमा अझै पनि खल्बल्ली मच्चिरहेको थियो , ओठमा कलेटी परेको थियो , हात काँपीरहेको थियो । ऊ यसै-यसै विचलित थियो , काममा जाँगर थिएन , लगाव थिएन ।
अचानक प्रमिथसको मोबाइल बज्यो , खल्तीबाट मोबाइल निकाल्यो . . . . .मेलिनाको फोन थियो ।. . . .झसङ्ग भयो , पसिना काट्यो ‘कतै DIVORSE SIGN गर्न भनेर फोन गरेकी त होइन ?. … . .हो हो ! त्यस्तै हुनुपछ्’ मनमनै कुरा खेले . . . . . . . .बडो हिम्मतका साथ फोन उठायो “हे. . . . . ल….. ओ. . .” “प्रमिथस , हेर न ! मेरो साथी रीयालाई उस्को पतीले निर्घात कुटपिट गरेछ. . . . धेरै अघिदेखि उनीहरुको सम्बन्ध बिग्रिएको रहेछ , अहिले पुलीसले समातेको छ . . . . . . . . . .अनि रिया हस्पीटलमा छे . . . .मैले त हतार हतारमा तिमीलाइ थाहै नदिकन यहाँ आएँ. . . . . . .नरिसाऊ है मेरो ज्यान म भोलि फर्किन्छु . . . . . .” प्रमिथसको मनमा जमेको हिऊँ पग्लियो । “हुन्छ बाबा . . . . . .” अरु केहि बोल्न सकेन , फोन राखियो । लामो श्वास फेर्दै खल्तीबाट रुमाल झिकेर पसिना पुछ्यो ।
(स्रोत : Anup Joshi’s Blog)