~राजिव “बसन्त”~
आमा म रात्री भोज मा गए ,त्यति खेर तिमीले दिएको साबधानी मलाई संझना थियो । तिमीले मलाई रक्सी नखाउ भन्यौ, त्यसैले आमा मैले सोडा, केवल सोडा पिए । म आफै मा खुशी भए, किनकी मैले तिम्रो बाचा पुरा गरे । मैले पिएर गाडि चलाईन जबकी सबै साथी हरु मलाई पिउन को लागी जोड गरेका थिए । मलाई थाह छ , मैले सहि निर्णय लिएको थिए । आमा मलाई थाह थियो , तिमी मलाई जे भन्छौं मेरै
भलो को लागी त भन्छ्यौं । अब रात्री भोजको लगभग अन्त्य भयो र सबैजना आ- आफ्नो घरतिर जान लागे । म पनि प्रफुल्ल मुद्रा मा घर जानको लागी मेरो गाडिमा बसे किनकी मलाई तिमीले हरेक समय प्रफुल्ल हुन सिकाएकी थियौं ।मैले गाडि चलाउन के सुरु गरेको थिए , म बाटो बाट बाहिरिए । अर्को गाडिले मलाई देखेनछ क्यारे , मेरो गाडिमाथी पहाड खसेसरी बजारियो, त्यो गाडि । म त बाटो को किनारमा उछिट्टिएछु अनि बिस्तारै पुलिस को आवाज सुन्छु, बेहोसिमा, पुलिस अगाडि भन्छ , त्यो अर्को मान्छे ले रक्सी पिएको थियो । आमा अैले मैले त्यस्को भुक्तानि तिर्दैछु ।
आमा म अैले सडकमा मरिरहेछु , मेरो चाहना केवल तिमीलाई एक चोटि भेट्न पाए। आमा मलाई किन यस्तो भयो ? किन मेरो जीवन बेलुन फुटे सरी भयो आमा ? मेरो वरी परि रगतै रगत मात्र देख्छु र सबै जसो मेरै हो । यहा मेरो नजिकै भएको परिचारीका बाट म सुन्छु , म केहि बेरमै मृत्यु बरण गर्दैछु । आमा, म तिमी फेरी पनि कसम खान्छु,मैले तिम्रो बाचा पुरा गरे, मैले कत्ति पनि पिईन। सबैजना ले पिए ,उनिहरुले सोच्दै नसोचि पिए । मलाई जस्ले हान्यो ,उ पनि त्यहि रात्री भोजमा थियो , केवल फरक छ उसले पियो र म मर्दै छु । आमा, मान्छे ले किन पिउछन ? जव यसले सारा जीवन नै सिद्दयाउन सक्छ भने ! आमा मलाई दुखाई बढ्दै छ । हरेको पल चक्कुले मेरो सरीर टुक्रा टुक्रा पारिरहे जस्तो भएको छ मलाई। त्यो मान्छे जसको गाडिले मलाई हान्यो,मेरै सामु निर्धक्क हिडिराखेको छ । आमा ! यो त उचित न्याय भयन नि , त्यस्तो लाग्दैन तिमीलाई । म यहा मरिराखेको छु, उ केवल मलाई हेर्न मात्र सक्छ ।
मेरो भाई मलाई संझेर रोला,नरुनु भनिदिनु होला, बाबालाई साहसी हुन हौंसला दिनुहोला । जब म स्वर्गमा पुग्छु , अनि जब म स्वर्गमा पुग्छु,मेरो बाबा आमा को यो प्यारो छोरालाई ,चिहान मा पुरी दिनुहोला । कमसेकम कसैले उसलाई पिएर गाडि चलाउन हुन्न भनेर संझाईदिएको भए पनि त म अझै पनि बाच्ने थिए । मेरो सास छोटो छोटो भईराखेको छ , आमा ।मलाई एकदैमे डर लागिरहेको छ , आमा । आमा मेरो लागी कहिल्यै पनि नरुनु है । मलाई जब जब तिम्रो खाचो थियो तिमी सधै म संगै थियौं , आमा, जीउन लाई पो साथ चहिने रहेछ, मर्न त एक्लै पनि मरिने रहेछ नि । आमा म मेरो मृत्यु लोक मा जादा जादै, तिमी लाई एउटा अन्तिम प्रश्न राख्न चाहन्छु , मैले तिमीले भनेझै नपिएरनै चलाए तर म नै किन मर्नु पर्यो ?
JANUARY 07, 2009
(स्रोत : Nepalisahityasansar)