कथा : अनुरित्त प्रश्न

~ऋचा शर्मा तिवारी~Richa Sharma Tiwari

उसलाई मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहाँ देखे राम्री लाग्यो । हाँसे औपचारिकता निभाए मैले । राजेशको कोठामा गए । गफ गरे तर जति गफ गरे आफैले विसे । उनको निश्चल मुहार अगाडी ठोक्किन आइरहयो । त्यो दिन त्यसै वित्यो । उसको अफिसबाट घर तिर लागे मन नलागीकन उनको स्मृतिहरु लिएर ।

रातभर नै अनिदो भएर सोचे मलाई यो के भयो किन उ प्रति यस्तो सोच । केहि होइन भनेर आफैलाई सम्झाए तर मन मानेन किन किन उ प्रति त्यसै आत्मीयता बढ्यो अपरिचितमा । मनहरु त्यसै खुशी भए । के गरुँ कसो गरुँ को अवस्थामा थिए म । एक कप चिया बनाए झ्याल निर बसेर बाहिर हेर्दै चिया पिइरहेको थिए । एक्कासी कोहि मेरो घर तिर आए जस्तो लाग्यो विस्तारै विस्तारै । चिन्न सकिन मैले अलि नजिक आएपछि थाहा पाए त्यो राजेशको अफिसमा देखेको केटी नै रहिछ । कहु जान लागेकी रहिछ भनेर हेरे मैले । उनी म वस्ने घर तिर नै लम्कीरहेकी थिइन । म अलमल्ल परे कतै मेरो घरमा आउन लागेकी हो कि भनेर तर होइन रहेछ । उसको साथी मेरो घरको बगलमा बस्ने रहिछ । सायद उसलाई भेटन आएकी होला । म ढुक्क भए । त्यस दिन उ कति बेला त्यो कोठाबाट निस्कन्छे भनेर झ्यालमानै कुरेर बसे म । उनी लामौ मौनता पछि उनी साथीसँग फर्केर आइन मेरो घर तिर हेर्दै गइन । मलाई देखि सायद उसले थाहा पाएको हुनपर्छ म त्यो घरमा वस्छु भनेर ।

म त्यसै के के सोच्न थाले । बलुकीपख म तरकारी किन्न बजार गए । जादै गर्दा उनलाई पनि देखे सायद साथीसँग आएकी होला । बोल्न मन लाग्यो तर बोलिन । उसले हाँसेर बोल्न संकेत गरिन । तर खासै बोलचाल भएन तर उनको साथी मसँग दाई के छ खबर भनेर बोल्न थालिन । ठिकै छ भनेर उत्तर दिए । एक किसिमको चिसो भयो मन । उनलाई देखेर मन हाँस्यो । उसले साथीलाई जाने हैन भनेर संकेत गरिन । म भने उ नगए हुन्थ्यो भने सोच्दथे । तर उनी हामी गयौ है भनेर गइन । मैले अवाक् हेरी रहे उनको पदचाप । उसले केहि वहानामा नजर म तिर गरी । उसले मलाई देखि हाँसी । म मनमनै गद्गद भए ।

अब के बहानामा राजेशको अफिसमा जाने भनेर सोच्न थाले । राजेशलाई म पनि तेरो अफिसमा जागीर खान्ा पर् यो भन्न गए । उसले अचम्म्ा मानेर म प्रति हेर्यो मैले मौन रुपमा हो भने । सधै कति जागीर नखाने है राजेश तेरो अफिसमा म पनि जागीर खान्छु है उसले केहि भन्न सकेन मौन भयो । उसले सोध्यो किन के कारण हो जागीर खाने भन न मैले भने यतिकै वस्दा दिक्क लाग्यो त्यसैले । राजेशले केहि सोचेको थिएन तर मेरो योजना उनी थिइन । लक्ष्य बनिन उनी प्राप्ती का लागी । राजेशले मेरो कुरा काट्न सकेन र मलाई आफनो अफिसमा एकाउन्ट हेर्न राख्यो । त्यसै वहानामा अफिसमा एउटा पार्टी पनि भयो । म भने उनको आगमनको पर्खाइमा थिए । उनी धेरै अबेर आइ निलो कुर्ता सलवारको पहिरहनमा धेरै राम्री देखिएकी थिइन उनी ।

उनको साथीलाई मैले छेडेर कस्ती राम्री तिम्री साथी भनेर जिस्काए । नजिकै थिइन उनी लजाइन । गाजलु ती आँखाहरु मानौ मलाई हेर्न नै व्यस्त थिए म पनि तिनका नयनहरुमा भिज्न व्यस्त थिए ।

आज तिम्रो परिचय एकजना सँग गराउनु छ भनेर राजेशले लग्यो । मैले सोधे को हो भन न उसले हेर्न भेटे पछि आफै थाहा पाउछँस । मेरो मनले सोच्दै थियो कतै उही त होइन । के भनेर चिनाउने भयो अब यसले भनेर डरायो । उनीहरु तिनको नजिक गए भन्यो आभा उ मेरो साथी म अक्मक्क परे मलाई किन चिनाएको हो खै । आभा अब देखि उ पनि हाम्रो अफिसको एकाउन्टेन्ट केहि परे उसँग सहायता लिए है । म के गर्ने के नगर्ने मा परे । मैले पनि औपेचारिकता निभाउन बोले केहि शब्दहरु । राजेशले केहि थाहा पाए जस्तो मेरो मनको विचार र उसले हामीलाई बोल्ने वातावरण बनाएर गयो ।

म के बोल्ने भनेर सोच्न थाले तर उनी अघि भएपछि मैले मेरो मनको धेरै भावनाहरु उनी सामु पोखे । उनले पनि कति विचारहरुमा सहमती जनाइन । ज्यादै शिष्ट थिइन । म मनमनै धेरै हर्षीत थिए । एक्कासी राजेश आयो म तिर भन्यो बियर नलिएको मैले अह ! भने । म लिन्न सायद आभाले थाहा पाई । म उसँग उसको परिवारको बारेमा सोध्न्ा थाले वातावरण सहज बनाउनका लागि । नजिक रहनका लागिअपनत्वका लागि । हामी धेरै बेर बातचीत गरिरहयौ । यसै बीच राजेश आयो मलाई व्यंग्य हान्न थाल्यो र भन्यो थाहा छ आभा जी हाम्रो साथीलाई पनि मन मिल्ने साथी खोजी दिनुहोस् न आफु जस्तै राम्री । उनी अक्क न बक्क परि के भन्ने के नभन्ने । मैले हे राजेश के भनेको तिमीले । होइन आभा जी त्यस्तो केहि होइन भन्न थाल्यो । आखीर पोल खोल्यो राजेशले भनेर उ मनमनै भन्न थाल्यो । आभाले पनि सायद सहमती जनाएकी होला त्यसैले उ मख्ख परिरही । राजेशको कुरा सुनेर । त्यस रात पार्टी पछि म घर फर्के र उनी पनि ।

पसर्ीपल्ट अफिसमा गए । उनी आएकी थिइनन् । मन लागेन अफिसमा बस्न । छटपटि भयो उनलाई हेर्न मन लाग्यो । ढिलो आइन उनी अफिस । मैले जिस्काएर यस्तो ढिलो अफिस आउन पाइएन नि भनेर भने । उनी झस्कीन पछाडि म थिए उनले थाहा पाइनन् । विस्तारै पछाडि हटिन म निर ठोकिइन् झंसग भइन । आखाँ हेर्न पनि सकिनन् उनले । मैले सोधे यस्तो माया लाग्छ मेरा । उनी लाजले भागिन । केहि बोलिन म अफिसबाट उठेर हिडे रमाए । राजेश मलाई अफिसमा खोज्दै रहेछ त्यस दिन । भोलिपल्ट सर हिजो कहु भागेको भनेर जिस्कीयो मैले होइन अलि साचो भएन भने । उसले केहि बोलेन । दिनभर काम गरे साझँ अफिसबाट हिड्न लागेको थिए आभाले सर म पनि जान्ो नि भनि । मैले ल आउ न त भने । हामी बाटोमा गफ गर्दै गयौ । थाहा नै भएन कति चाडो प्रेम गरिएछ भनेर ।

घर आयो । विछोडको समय आयो । मनमा नरमाइलो लाग्यो । उनले सर म गए ल भनी मैले केहि बोल्न सकिन । निश्ाब्द हेरे उनलाई । तरकारी किन्न जाने निधो गरे र जान मात्र लागेको थिए । उनी मेरो कोठामा आइन । ल कहु जान लागेको तपुइ म तपाँईलाई भेटन् आएको भन्दै आईन । मैले ए आउ न त भने । हामी बस्यौ गफ गर्न लाग्यौ । समय वितेको थाहै भएन रात परेछ म उसको घर सम्म छोड्न गए भोलि भेट्ने वाचाका साथ ।

भाेलिपल्ट उनी अफिस आइनन । मनमा नरमाइलो लाग्यो । काम गरेपछि उनको घर तिर गए सरासर । उनी एक्लै बसीरहेकी थिइन् । म उनको ढोकामा जाँदा उनी छक्क परिन । सर यहाँ तिमी अफिस आइनौ किन रहेछ भनेर हेर्न आएको के भयो होइन केहि होइन मन लागेन अनि त्यसैले भन्दै उनी उठिन । सर बस्नुहोस् न ठिकै छ भनेर म उठॆ । केहि भए मलाई भन न त भनेर मैले भने खास केहि छैन भन्दै उनी म नजिक आई र भनी मलाई विवाह गर्नुहोस् न । म स्तब्ध भए म खबर गर्छु नी भनेर म उठे र त्यँहाबाट हिडे । जाने बेलामा उनले हात समाएर मलाई एक्लो नबनाउनु है भनि रुन थाली । मौनता छायो त्यसबेला तर मैले चाहेको जस्तो भयो त्यसबेला । म मख्ख भए । भोलिपल्ट अफिस गएर काम गर्दा मेरो प्रशन्नता देखेर राजेशले किन यस्तो हर्ष नि भन्यो । मैले भने मैले विवाह गर्न लागेनी । आभाले सुन्ने गरि भने । हो र को हो त्यो भाग्यमानी हँ मैले उत्तर मा भनो छे एउटी परी मेरो सपनाको जीवनको । राजेशले ल पार्टी कसले दिने भन्न थाल्यो । मैले पार्टी नदिइ भएन । अफिसमा पार्टी दिए र सबैको अघि मैले आभालाई विवाह गर्ने प्रस्ताव राखे उनी छक्क परिन र सहमत भइन । हामी सबै प्रशन्न थियौ ।

त्यस पार्टी पछि केहि दिन राजेश अफिस आएन । किन रहेछ भनेर म उसको कोठामा गए । उ थिएन । कहाँ गएछ भनेर खोजे । रात भरी नै कोठामा आएन । डर लाग्यो कहाँ गयो भनेर । रात भर उसको कोठामा नै बसे । भोलिपल्ट अफिसमा आयो राजेश । हिजो कहाँ गएको तँ भनेर सोधे ए एक्लो भए भनेर हिडेको । कस्तो नमज्ज्ाा लाग्यो म थिए नि किन एक्लो भइस् तँ अब विवाह गर्ने मान्छेसँग के हिड्ने भनेर नि । उसले केहि कुरा लुकाइरहेको छ भन्ने लाग्यो मलाई । मैले सोधे उसले भनेन । मलाई शंका लाग्यो के आभा उसको प्रेमिका त होइन उसले राजेशलाई भन्यो त पनि विवाह गर न है राजेशले कोसँग भन्यो मैले भने आभासँग । उ झसङ भयो । कहाँ म विवाह गर्ने तैले मनपराएको केटी । मैले तेरो निम्ति यति गर्न सक्दिन न त तैलॆ मेरो लागि यति गरिस् मलाई पनि केहि गर्न दे न अब है मनभरी पीडा बोकेर मैले राजेशलाई आभाको जिम्मा लाए । आभा छक्क परिन र भनिन यो के गरेको तिमीले प्रश्न अनुरित्त नै रहयो मौनता छायो ।
काठमाण्डौ ।

(स्रोत: Jpana)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.