(एकपटक एउटा लोभी मान्छे थियो । एक दिन पल्लो गाउँको मान्छे लोभीको घरमा आयो । )
छिमेकी : हजुर नमस्कार
लोभी : नमस्कार – नमस्कार, के छ आरामै हुनुहुन्छ ?
छिमेकी :आरामै छु हजुर ।
लोभी : के कति कामले आउनु भा हो कुन्नि ?
छिमेकी : हजुर ! पर्सि मेरो छोराको बिहे छ । अनि एउटा कुकर मागौँ कि भनेर । काम सकिएपछि फिर्ता गरिदिन्छु नि ।
लोभी : हुन त हुन्छ तर ब्याज चाहिन्छ नि मलाई त !
छिमेकी : भई हाल्छ नि हजुर ।
(लोभीकी स्वास्नीले दुई कप चिया ल्याइ । एउटा लोभीले लिएर खायो ।)
छिमेकी : भाउजु नमस्कार
लोभीकी स्वास्नी : नमस्कार, लिनुस चिया
छिमेकी : हैन, ठिकै छ हजुर
लोभीकी स्वास्नी : हैन पिउनुस न
(छिमेकी हात अगाडी बढाउँछ चिया लिन । लोभीले हत्तपत्त लिएर जुठो हाल्दै ।)
लोभी : अँ ………….. ठिकै छ नि त । के कर लाकी …।
केहि दिन पछि :
(छिमेकी पहिलाको भाँडो सँग एउटा ग्लास र कचौरा पनि थप लिएर आयो ।)
लोभी : (भाँडा हेर्दै कचौरा र ग्लास हातमा निकालेर) हैन के हो यो ? यो त मेरो होईन ।
छिमेकी : यो हजुरको कुकरले पाएको छोरा छोरी हजुर । यो छोरा नि यो छोरी ।
लोभी : (मख्ख पर्दै) हैन होला ?
छिमेकी : हैन हजुर म किन ढाँट्थे र ? साँच्चै छोरा छोरी पाएको हो हजुर ।
(छिमेकीले आफुसँगै बसाएर चिया ल्याउन लाएर ख्वायो र पठायो ।)
फेरि केहि दिन पछि :
छिमेकी : नमस्ते
लोभी : (आयो मुर्ख) नमस्कार, नमस्कार । (सँगै बसाउँदै) के कति कामले आउनुभयो कुन्नि ?
छिमेकी : हजुर पर्सि मेरो छोराको बिहे थियो । यसो कुकर पाईन्छ कि भनेर ।
लोभी : ओहो ! भईहाल्छ नि हजुर (दिएर पठायो ।)
अझ केहि दिन पछि :
(छिमेकी अध्याँरो अनुहार लगाएर, हात मोल्दै खाली हात आयो ।)
लोभी : के भयो खोई त कुकर ?
छिमेकी : के भन्नु हजुर । अस्ति तपाईकोबाट लगे देखि ज्वरो आको, हिजो त ठहरै म¥यो ।
लोभी : (जुरुक्क उठेर) के नचाहिने कुरा गरेको, कुकर पनि मर्छ कहिँ ?
छिमेकी : अब कुकरले छोरा छोरी चैँ पाउने, बिरामी भएर चाहिँ मर्दैन त ।
लोभी : हँ
छिमेकी : नभए के त !
(साभार : मुना)