(कुनै एक गाँउमा शुसान्त नाम गरेका एकजना लोभी मान्छे बस्दथे । उनी जसरी हुन्छ आफ्नो पैसा जोगाउने धुनमा लागिरहन्थे । बिहान बेलुकै खाना खाने बेला कुनै न कुनै छिमेकीकोमा पस्दथे । छिमेकीहरु उसको बानी देखि रिसाए पनि अगाडी केहि भन्न सक्दैनथे । मुखले ठिक्क पारेर शुसान्तलाई खानेकुरा खान दिन्थे । उ हरेक दिन यसै गथ्र्यो, कसै न कसैको घरमा ङिच्च दाँत देखाउँदै पुगिहाल्थ्यो । एकदिनको कुरा हो एकाबिहानै शुसान्त पेट मिच्दै डाक्टरकोमा पुगे ।)
शुसान्त ः ऐया आमा ! मरेँ नि आमा ! डाक्टर साब, मेरो पेट दुख्यो । केहि औषधी दिनुस ।
(डाक्टरले आँखा, पेट, जिब्रो, सबै हेरे र नारी छाम्दै सोधे)
डाक्टर ः के भो साउजी ? हिजो बेलुकीसम्म त तगडै हुनुहुन्थ्यो त ।
शुसान्त ः (पेट मिच्दै) के हुनु डाक्टर साब ! हिजो राती सारै भोक लाको थियो । पाउरोटी अलि बढि खाएछु ।
डाक्टर ः पाउरोटी खाएर त त्यसो हुनु नपर्ने ?
शुसान्त ः कुरो के प¥यो भने नी डाक्टर साब ! पाउरोटी १५ – २० दिनको पुरानो थियो । फाल्दा पैसा नास हुने भएकोले त्यहि पाउरोटी खाएथेँ । पाउरोटीमा अलिअलि मात्रै ढुसि पनि परिसकेको थियो ।
(डाक्टर केहि पनि नबोली उठे र आँखाको औषधी निकालेर )
डाक्टर ः ल साउजी ! आँखा खोल्नुस । यो औषधी तपार्इँको आँखाबाट दिमागमा पुग्छ ।
(शुसान्त छक्कै परे र उठेर रिसाउँदै भने)
शुसान्त ः हैन डाक्टर साब ! पेट पो दुखेको त । आँखा र दिमाग त एकदम ठीक छ मेरो ।
(डाक्टर औलाँले चुप भन्दै)
डाक्टर ः नकराउनोस तपाँई । ढुसि परेको देख्दा देख्दै पैसाको लोभले त्यस्तो पाउरोटी खाने तपाँईलाई आँखाबाट दिमागमा जाने औषधी नगरे के गर्ने त ।
(शुसान्त लाजले बोल्नै नसकी लुसुक्क हिडेँ डाक्टरले बोलाउँदा बोलाउँदै । सुनतली माई मार्यो नि डाक्टरले मार्र्यो गीत गाउँदै । )
(साभार :मुना)