एकजना गाँउले सहर गयो र फर्कदाँ थर्मस किनेर फर्कियो । गाँउलेहरु थर्मसका बारेमा केहि पनि जान्दैनथे ।
सबैजना ः उ हेर लाहुरे आयो ।
सबैजना ः नमस्कार लाहुरे दाई
लाहुरे ः नमस्कार हजुर, नमस्कार
पहिलो ः अनि लाहुरे दाई कहिले आयौ ?
लाहुरे ः चाहिने, भर्खरै आउदैँ छु ।
दोश्रो ः अनि, परदेशको हालचाल के छ नि ?
लाहुरे ः चाहिने सब राम्रो छ हजुर ।
तेश्रो ः हामीलाई के छ त दाजु कोशेली ?
लाहुरे ः बागमारा चुरोट छ हजुर यी ।
चौथो ः अनि दाजु कहिले फर्कने ?
लाहुरे ः चाहिने, छिट्टै फर्कन्छु हजुर ।
पाँचौ ः दाजु चिया पिउँ ?
लाहुरे ः हैन हजुर, चाहिने अब तातो के खाने यस्तो गर्मिमा ।
छ्रैटौँ ः अनि रमेशको हालखबर के छ नी दाजु ।
लाहुरे ः गज्जब हजुर , गज्जब । चाईने खाको छ, पेको छ ।
(सबैजना थर्मसमा हेर्दै)
सबैजना ः के हो यो ?
लाहुरे ः चाहिने यो थुरमस हो, शहराँ किनेर ल्याको । पसलेले भनेको यसमा तातो चिजलाई राखे तातै र चिसो राखे चिसै राख्छ रे ।
सबैजना ः ओहो यस्तो राम्रो चिज हो यो ?
लाहुरे ः अनि, त्यत्तीकै १२ सय हालेको हो त ?
सबैजना ः आहा ! अनि तिमीले के हाल्यौ त यस्मा ?
लाहुरे ः मैले यसमा चाहिने तीन कप तातो चिया र दुईवटा आईसक्रिम हालेको छु ।
(स्रोत : मुना बालपत्रीका)