~बासु श्रेष्ठ~
मनोद्वेग सुखका हुन सक्छन्
मनोद्वेग दःुखका पनि हुन सक्छन्
मनोद्वेग आँसुमा बग्न सक्छन्
मनोद्वेग हाँसो भैकन पनि फुट्न सक्छन्
मनोद्वेग कथा भएर बग्न सक्छ
कविता भएर पनि कुद्न सक्छ
शायरी या गजलमा लहरिन सक्छ
हाईकु या उपन्यासमा भरिन सक्छ
भजन या किर्तनमा पाउन सकिन्छ
मनोद्वेग ईन्द्रेणी झ्रै रङ्गिन हुन सक्छ
निष्पट्ट अन्धकार पनि हुन सक्छ
सूर्यको प्रकाश झै चहकिलो हुन सक्छ
जूनको शीतलता पनि हुन सक्छ
आकाश झैै विशाल भएर फैलिन सक्छ
गुफा र कन्दरामा पनि खुम्चिन सक्छ
चट्टान झै कठोर पनि हुन सक्छ
फुलको कोमलता पनि हुन सक्छ
मनोद्वेग रगत भएर पनि बग्न सक्छ
अमृत जलधार पनि बन्न सक्छ
नीलकण्ठ विष पनि बन्न सक्छ
मनोद्वेग मदिरा भै पनि बग्न सक्छ
मनोद्वेग झरना भै झरझर गर्न सक्छ
सरिता भैकन पनि बग्न सक्छ
अथवा तालमा कुण्ठिएर जम्न सक्छ
या समुद्रको छाल भै लहराउन सक्छ
एउटै रुप हुन्न न त आकार एउटै
न त भाव एक न त राग एउटै
नखोज बाँध्न एक रुपमा यसलाई
मूर्ख नबन फुकाउ आफुलाई
उड़ब्रिज, भर्जिनीया
(स्रोत : Khasskhass)