~डा. खेम दाहाल~
१. प्रारम्भ :
पूर्वी नेपाल लिम्बूहरूको बसोबास रहेको क्षेत्र हो जहाँ हामीले जान्दादेखि लिम्बूहरू आफ्नो राज्य यही भएको र कसैले हडपेको गुनासो, प्रसङ्ग र विषय सुनाउँदै आएका छन् । यसमा पनि तेह्रथुम जिल्ला विशेष स्मरण गर्न योग्य छ । जहाँका लिम्बूहरू दर्ुइ विशेषताका थिए, कोही सिधासोझा जातका मानिसको संरक्षण गर्ने तथा आफ्ना रैतीजस्तो गरी सहानुभूति राख्न र कोही हेपी व्यवहारले क्षेत्रीहरूलाई सताउने आदि दुइ प्रमुख विशेषता पाल्थे । यसमा अन्य जिल्लाहरू पाँचथर, धनकुटा, ताप्लेजुङ र इलामलाई स्वीकार गर्न सकिन्छ । यी जिल्लाहरूमा प्रसिद्ध लिम्बूहरू शमशेरबहादुर तुम्बाहाङ्फे तथा पदमसुन्दर लावती विशेष उल्लेखनीय छन् जसमा तुम्बाहाङ्फेले जिल्लामा भएको २००७ को लुटपाटलाई नियन्त्रण गर्ने जस्तो काममा दिलोज्यानले योगदान गरेका थिए र दोस्रो लावतीले सुनौलीरुपौली लिएर छोरीको सम्पत्ति खाएर जुवाइँलाई गरिब बनाएर माइती धनी हुनेजस्ता कार्यको उन्मूलन गर्न भरमग्दुर प्रयत्न गरेको इतिहास छ । बाहुनक्षेत्रीका भन्दा राम्रा संस्कारहरू लिम्बूहरूका छन् । जुवाइँले ससुरालाई गोडामा ढोग्छन् तर उच्च कुलीन हौँ भन्ने बाहुनक्षेत्रीको संस्कारमा ससुराले जुवाइँलाई गोडामा ढोग्छन् । यी नराम्रा संस्कारको खोजी गर्दै र राम्रा संस्कारको जगेर्ना गर्दै जाने युगमा हामी आएका छौँ । देश सुब्बा -लिम्बू) ले “आदिवासी” उपन्यासमा संस्कृति र भयका विषय खोजीमा ल्याउने प्रस्ताव गरेका छन् ।
२. विषय प्रवेश :
उपन्यास “आदिवासी” को प्रमुख पात्र निसाम् हो जसले प्रथम पुरुष दृष्टि बिन्दुमा आत्म वृतान्त प्रकाश गरेको छ । निसाम् प्रतिभाशाली विद्यार्थी, शोधखोज कर्ता, अनुसन्धानकर्ता तथा प्राचीनताप्रेमी रहनुका साथै भयवाट त्रसित पनि छ । वर्तमानको गतिविधि वा आदिवासी उत्थानका बारेमा सहरका राजनीति देखे सुनेको विद्यार्थी उमेरको पात्र निसाम्लाई बाबुले गरेको आदिवासी बारेको टिप्पणी, प्रवचन तथा सरोकारले एक चाबुक दिएको हुँदा साँच्चै आदिवासीका प्रकृतिको खोजी गर्नु निसाम्को लक्ष्य रहेको पाइन्छ । आदिवासीको नारा र राजनीति गर्नेहरूले आफ्नो भाषा, संस्कृति, धर्म र रीतिरिवाज आदिवासीका तहबाट बचाएको विषयमा शङ्का गर्दै जाति, भाषा, लिपि र संस्कृतिको परीक्षणतर्फउत्सुकता जागेको सर्न्दर्भबाट उपन्यास हर्ुर्किएको छ । प्रमुख पात्र निसाम् मनोरोगी पनि छ । घरबाट भागेर जाने तथा जिज्ञासा भेटाउने लक्ष्यमा छ । उसको अवस्था युवती पात्र मु लुकीसितको संवादबाट खुल्न गएको छ जसलाई डरले लखेटेको, धामी बन्न नसकेको अचेतमा परेका बेला सेँ लाग्यो भनिएको, फेदाङ्वाको बल मागिएको स्थितिमा निसाम् मनोरोगी हो भन्ने ठहर गरिन्छ । यस कृतिले आदिवासी ग्रामवासी मनुष्यका बारेमा संक्षिप्त अध्ययन गर्ने प्रयास अगाडि बढाएको छ । यस अध्ययनले आदिवासीका धार्मिक-सांस्कृतिक लक्षणहरू प्रकाशमा आएका देखाएको छ । यसमा साँझमा आएको अतिथिलाई यथाशक्य भोजन गराउने संस्कृति प्रकाश गरिएको छ -पृ-५०) । यसमा आदिवासीले बसोबास गर्ने बनका समीपको ग्रामवास सुन्दर र स्वास्थ्यका दृष्टिले अनुकूल हुने किसिमबाट प्रशंसा गरिएको स्थान हो, यस्तो नपाइने र वर्तमान समयबाट हेर्दा काल्पनिक ठहर्ने सम्भावना छँदै छ । यस्ता रमणीय गाउँको यात्रामा जीवनलाई जोत्ने विश्वास बढेपछि भय पनि कम हुँदै जाने कुराको वकालत गरिन्छ । यसमा सुम्दो नामको काल्पनिक गाउँ प्रशंसामा लिइएको छ, त्यस गाउँबाट आदिवासीको जीवनशैली संरक्षण भएको यथार्थको भ्रम सिर्जना गर्ने प्रयत्न भएको पाइएको छ -पृ-५२) । यसमा धेरै कुरा आजको युगबाट नपाइने स्तरबाट प्रकाशमा ल्याइएका छन्, त्यसको प्रस्तुतीकरणको ढङ्ग उपन्यासको जस्तै छ, किनभने घटनालाई प्रस्तुतिमा ल्याउँदा बिस्तारै क्रमशः जीवनका गतिको ढङ्गले भूमिका निर्वाह गरिएको छ । आजको मानिसको जीवनशैलीभन्दा सयवर्षअगाडि नेपाली ग्रामीण संसारको जीवनशैली अनुकरण-अनुसरण गरिएको छ । यसमा प्रकाश गरिएको नगद जिन्सी नबोकी गाउँमा ढ्याङ्ग्रो, झ्याम्टा, मादलजस्ता सांस्कृतिक बाजाहरू आज पनि छन् । यहाँ रूखको पूजा गरिएको दृश्य प्रकाशमा आएको छ जसले प्रकृतिको पूजा गर्ने संस्कार देखाउँछ, आज पनि रूखको पूजा गरी सुखशान्तिको कामना गरिन्छ । आदिवासी यायावरको कल्पना गरिएको छ जसमा भाषा प्रयोगका विशेषताले अरुभन्दा उनीहरू भिन्न रहेको देखाइएको छ । गाउने, बजाउने, नाच्ने, रमाउने प्रक्रियाहरू अघि पनि थिए, आज पनि छन् ।
यस आदिवासी उपन्यासमा आदिवासीको विषयसितै प्राचीन संस्कारको महत्वमा प्रकाश पार्ने उद्देश्य राखिएको छ । यसमा लिने संस्कार भन्दा दिने संस्कारको परम्परा जीवित छ, त्यसैले गाउँलेहरू यायावरलाई खानपिउन दिने गर्छन, इतिहास र संस्कृतिका विज्ञ तुत्तुलाई आदर गर्ने जीवनशैली सभ्यताको प्रतीक पनि मान्छन् । तुत्तुले रूखको पूजा गर्ने चलन हामी सबैका जस्तै लिम्बूको संस्कृतिमा पाइन्छ । उनीहरूले शान्ति मानेर पुजा गरेका देवीदेवताका प्रतीकहरू वन, जङ्गल, जल, अग्नि, रूख, बाँदर, र्सप, सिकारी आदि प्रसिद्ध छन्, तिनीहरूमा प्राकृतिक शान्ति पुञ्ज रहेको विश्वास हुन्छ । सुम्दो गाउँका आदिवासी नयाँ वर्षमनाउँथे जसको जीवनशैलीमा आधुनिकताका नाममा विकृति छैन । सुम्दो गाउँमा अतिथि समेतको यायावरीय जमघटलाई पुरानो र नयाँ पुस्ताको मिलनका रुपमा लिन सकिन्छ, वक्ता आफैँले सुम्दो गाउँ हुँदै तरुलभ्याकुरको भोजन गर्नु, च्याउ र फलफूल बाँडेर खानु एक प्रकारले समाजशास्त्रीय शैलीको सहभागीमूलक कदम र शोध तथा अनुसन्धानको विधि हो । यसमा यायावरले पाएको मानसम्मान, नर्तकी बालाको नाच तथा भोजनका कन्दमूल ढुङ्गेयुगका लक्ष्यणहरू हुन्, यी वस्तुका प्राचीनतामा लेखकको मोह रहेको छ । यसमा खोलो, बगैँचा, पशु, जलकुण्ड, हिमाल आदि हेरिरहन योग्य छन् । प्रकृतिसित नजिक रहेका ती आदिवासीका आफ्ना गरगहना, भेषभूषा, खानपिन र सुनको खर्ुपाजस्ता हातहतियारको सर्न्दर्भलाई अगाडि सारेर सहरवासी आदिवासी र यायावर आदिवासीका बीचको भिन्नता कोरिएको छ । हामीले जानेको ज्ञान भनेको अपुर्ण छ, किनभने वस्तुका बारेमा सबै कुरा हामी जान्दैनौँ । कुनै पनि खोज कर्ताले पाउने कुरा धेरै थोरै अवश्य हुन्छन्, क्षमताको परिणाम हो । यहाँ खोजी गर्न हिँडेका पात्रको प्रसङ्ग छ, जेजति जानेको छ, जान्न अझ बाँकी छ भन्ने विषय प्रकाश गरिएको देखिन्छ । यसको उदाहरणमा खोजकर्ताले प्राचीन लिपि, भाषा र संस्कारका बारेमा अत्यन्त थोरै जानेको अनुभूति प्रकाश गर्दछन् । उनलाई प्राचीन वृक्ष, प्राचीन मर्ूर्ति, जनावरका हाडबाट बनाइएका गरगहना, भत्किएको दरबार, रङ्गशालाजस्तो ठाउँ, सुन्दर ओडार, ओडारमा बस्ने मनुष्य, हातहतियारवालाको हमला, अपबोध्य भाषा, मादक पदार्थबाट आदिवासी पतन भएको सम्भावना, ओडारवासीले अध्ययन गरेको भाषा, भय घटाउने माध्यम, ज्ञान आदि विषयको छिपछिपे अनुभूति भएको छ । उनले प्राप्त गरेका ज्ञानको स्वरुप छिपछिपे लाग्यो, तथापि उनले गाउँ र पहाडका गोठालाहरू भेटेका छन्, ओडारवासीको ग्रहदशा हेर्ने जान्ने ज्योतिषिधामी झारफुके झाँक्रीको परिचय पाएका छन् । सहरका आदिवासीले आफूलाई अरुले आदिवासी भनेको सुनेर लजाउने भन्दा फरक ढङ्गका सहज रुपका आदिवासी सुम्दो गाउँमा आफूबाट भेटिएका छन् । ती खास आदिवासीहरू स्वावलम्बी, परिश्रमी, लगनशील स्वभाव भएका हुनाले राजनीतिबाट फरक लागेको अनुभूति प्रकाशमा आएको छ । सहरवासी आदिवासी भनिएका नागरिकहरू आधुनिकताका नाममा छदम्झैँ लागेका छन् । उनले आदिवासी एउटा अध्ययनको क्षेत्र भएकाले सो क्षेत्रको अध्ययनका निमित अनेक मार्गहरू मध्ये निरीक्षण भ्रमण एउटा खुला मार्ग भएको शोध विधि प्रयोग देखाएका छन् । उनले गरेको निरीक्षणका आधारमा आदिवासी भनेका रूख, विरुवा, हिमाल, फूल, आकाशजस्तै धर्तीका सौर्न्दर्य हुन् -पृ-८४) । उनले जीवनलाई सहज बनाएका छन् जसबाट भय निस्किएर गएको अनुभूति गरेका छन् । यात्रीले भिन्नभिन्न ठाउँमा भिन्नभिन्न प्रकारका आदिवासी भेटेका छन् जसमा आदिवासीका भेषभूषा र भाषा-भाषिका, संस्कृति आदि मासिएका छैनन्, राज्य भने गुमेको स्थिति देखिएको छ -पृ-९४) । यस प्रकारले खोज्दै जाँदा अनेक नवीन कुरा पत्ता लाग्ने अवस्था छ, भयवादको परिभाषा, प्रयोग, शक्ति र सीमाको प्रशस्त प्रकाश भएको छैन । यस कृतिको निरीक्षण गर्दा मार्क्सवादी चिन्तक पिएरे मासेरीले ठानेझैँ हाम्रा पाठहरू सधैँ अपूरा हुन्छन् र ज्याक डेरिडाले निर्देशन गरेझैँ यसमा खोज्ने ठाउँका ग्यापहरू छाडिएका छन् ।
३) निष्कर्षः
देश सुब्बाको आदिवासी उपन्यासको विषय खोजमूलक रहेको छ । यस खोजीमा “भय” तथा “आदिवासी” मूल प्रवाहमा समानिष्ट छन् र सांस्कृतिक अध्ययन अतिरिक्त विषयमा परेका छन् । यी विषयको प्रस्तुतीकरणमा गतिमयता, अप्रत्यक्षता वा लक्षणमूलकता एवम् पात्रमार्फ विषयको उत्खनन गराउने आधुनिक उपन्यासको ढाँचाको प्रयोग गर्न अभ्यास गरिएको पाइन्छ । यसको भाषाको संवेदना छ, त्यसैले उनको “अपमान” उपन्यास भन्दा यसको अभिव्यञ्जनात्मक धर्म कलात्मक रहेको छ । यसको प्रस्तुतीकरणमा स्थिरता, संय्म र आधुनिक युगका उपन्यासले पालन गर्दै आएका कथानक प्रकाशनका गतिविधि परिचित भएको स्थिति देख्न सकिन्छ । यसमा प्रकाशनको शिल्प अभ्यास तथा साधनाबाट खारिँदै गएको स्थिति देखाए पनि लिङ्ग, वचन र क्रियापदका नियमहरू ठाउँठाउँमा चिप्लिएका छन्, महिलाको प्रसङ्ग आउँदा- “उनी आफ्नो विचारलाई विराम लगाउन खोज्थी” -पृ-४३), “उनले भनी” -पृ-४५) जस्ता वाक्यहरू नराम्रो गरी फसेको विचलनभित्र पर्छन् । हामी सिक्दै छौँ र सिक्न बाँकी छ भन्ने आत्मविश्वास तथा आभ्यासिक चरणमा आफू रहेको स्वीकार गर्नुपर्ने स्थितिमा देश सुब्बा छन् भन्न सकिन्छ । सफलताको लागि शुभकामना छ ।
(२०६५।४।१८मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )
(स्रोत : Dobato)