भयवाद लेख : भयलोचना : भयवाद र आदिवासी

~शिव रेग्मी “प्रणत”~

१. प्रवेश : भित्र जाने बाटो
नूतन केन्द्रको स्थापना गर्न खोजिएको वर्तमान नेपाली साहित्यमा देश सुब्बा भयवादको नयाँ केन्द्रमा उभिएर नयाँ नक्षत्रका रुपमा/नयाँ ग्रहका रुपमा उत्खनित भइरहेका छन् । “लेखक” भएर “कृतिका” माध्यमबाट उदाएका देश सुब्बा “आदिवासी” नामक उपन्यासरुपी सिद्धान्तका माध्यमबाट भय र भयरुपी अस्तित्वका साथ हाम्रा सामू टक्क अडिएका छन् । हामी उनको त्यो नवीन र अन्वेषित अनुहार हेरेर अन्यमनष्क भएका छौँ । वास्तवमा देश सुब्बा अहिले के भएर उभिएका छन् त भयवाद वा आदिवासी । कति बुझिएको । जानिएको । चिनिएको छ त यो भयवाद – यस भयवादी केन्द्रको केन्द्रीय चरित्रबारे जान्नुपर्ने यथार्थ हामीसँग उपस्थित भएको छ ।

भयवादले सायद -सायद किनकि ः यस सम्बन्धी पर्ूव ज्ञान नभएकाले) मनोविश्लेषण/मनोवैज्ञानिक अध्ययन/धारण हो । यसले मानसिक तहबाट उत्पन्न हुने समस्यामा केन्द्रित भएर काम गर्छ । भयवादको जडवस्तु चेतना हो । चेतना भयपछिमात्र हामीमा भय पैदा हुन्छ । भयकै कारण मान्छेको यावत वृति निरुपित हुन्छन् । हरेक दर्शन, सिद्धान्त, धर्म, समाज, नियमित हुँदैनन् व्यवहार, राजनीति सबै भयवादबाट सञ्चालित छन् । भयकै कारण विकास र विनाश भएका छन् भन्ने भयवादी सोच/धारणा देश सुब्बाका कृति/चिन्तनमा देखिएको छ । यही मनोभाव/मनोरचनाको संसारबाट आदिम कालदेखिनै भय रहेको यथार्थलाई आफ्नो धारणाबाट सुब्बाले गरेका छन् । यही भयवादी धारणलाई कृतिमा प्रस्तुत/प्रयोग गरेर उनले आदिवासी उपन्यास/भयवाद प्रस्तुत गरेका छन् । यसैलाई पर्गेल्ने केही पहल गर्नु आवश्यक छ ।

२. रहेछ त भय : भयवाद वा भयका व्याप्ति
बुझाउनु आवश्यक भयको तहलाई सामान्य भाषामा भय अर्थात त्रास, डर । मानसिक तहबाट उत्पन्न हुने सन्त्रासको क्रिया प्रतिक्रिया नै भय हो । भय हाम्रो सामान्य मनोवृत्तिमा साधारण अवस्थामा मात्र प्रकटिकृत हुन्छ । तर, विशिष्ट अवस्थामा भय त्यस भन्दा पर छ । कुनै कुराबाट आफूलाई हामी चेतनासँगै विकसित भएको हुन्छ । यही भयवृत्तिबाट मान्छे सांसारिक जीवन यापन गर्छ । यही भयलाई जन्म र मृत्युका बीच पैदा भएर बीचमा अन्त्य हुने मानसिक भावनाको रुपमा देश सुब्बाले भयको उत्खनन गरेका छन् ।

सिद्धान्तकार/दार्शनिक/कथाकथक/उपन्यासकार देश सुब्बा मानसिक भावको यस खोजीलाई ज्ञानविज्ञानका विविध क्षेत्र खोजेर ओर्लिएका छन् भयवादको सिढीबाट विज्ञानका क्रियाप्रतिक्रिया र दर्शनका ढेलीहरू ठोसेर मात्र होइन, समाज, राजनीति, धर्म, संस्कृति, संस्कार, नश्लीयता, भूल, समस्या, रोग, व्याधि, आशानिराशा, आदिजस्ता हरेक अवतारहरूबाट भयको व्याप्ति खोजिरहेका छन् । वास्तवमै भय कहाँ मात्र छैन भन्ने कुराको खोजगर्दा भयको व्याप्ति प्रकट हुन्छ । देश सुब्बा यही धर्म खोजिरहेछ ।

अनेकौँ रुपमा अवतरित भय मान्छेका हरेक समस्याबाट प्रकटीकृट भएको हुन्छ । मान्छे भयबाट मुक्ति पाउन प्रयास गर्छ र एउटा भयबाट मुक्त हुनेवित्तिकै अर्को भयबाट आक्रान्त भइसकेको हुन्छ । भय भएन भने पनि किन भएन भनेर भयभीत भइरहेको हुन्छ । यो भयको चरित्र हो । हरेक मान्छेको उद्देश्य भयबाट अघि बढेको छ । तर, भय अनेकौँ स्रोतहरूबाट नयाँनयाँ अनुहारबाट मुखरित भई नै रहन्छ । यति भएर पनि भय सबै चेतनामा समान तहमा उत्पन्न/प्रकट हुँदैन । भयको चरित्र मान्छेको मनोविज्ञान अनुसार बनेको हुन्छ । उसको मानसिकताले जत्रो आकारमा भयको आकार कोर्छ भय त्यो नै हुन्छ । एउटा आत्मघाती बम बिस्फोट गराउनेका लागि विस्फोट सामान्य भयका रुपमा प्रकट भएको हुन्छ भने अर्को विस्फोटको खबर मात्र सुन्ने मान्छे त्यसभन्दा बढी भयभीत भएको हुन सक्छ । यसो हुनुको कारण उसको मानसिकता/भय मानसिकताले तयार गरेको आकारकै हो ।

मनोवैज्ञानिक विश्लेषण गर्दा भयको अवस्थिति मान्छेका अवचेतनामा भण्डार भएको होला । अवसर आएपछि त्यो प्रकटीकृत हुने होला तर सामान्य अवस्थामा त्यो चेतना प्राप्ति भएपछि अर्थात चेतन मनबाट मात्र प्रकट हुन्छ । हुन त सामान्य चेतना गुमाएको पागलहरूको मनोवृत्तिमा भन्ने अर्थमा बुझ्नु आवश्यक देखिन्छ । जन्मेर हर्ुकदै गरेको बालमानसिकतामा आउने चेत नै भयको प्रारम्भ विन्दु हुन सक्छ । लेखक सुब्बाले त भयवादको धारणा पत्रमा भयको आयु जन्म र मृत्यु बीचको दुरी हो भनेर जन्मसँगै लगेर जोडेका छन् । तर भय चेत प्राप्त नभई उत्पन्न हुँदैन । जैविक चेत प्राप्त भएको होला तर मानवीय चेत प्राप्त भएको हुँदैन । सोही ठाउँमा लेखकले कुनै घटना, समस्या, भूल, शंका, भ्रम सबै तत्वलाई चेतनानै ठहर्‍याएका छन् । त्यसैगरी “मान्छेलाई जबदेखि जीवन, मृत्यु, आफन्त, सम्पत्ति जस्ता कुराको ज्ञान हुन थाल्छ तब देखि भय पैदा हुन थाल्दछ भनेर चेतनालाई प्राथमिकता दिएका छन् ।”

नयाँनयाँ आविष्कार, प्राप्त उपलब्धिसँग भयका आकार र आयामहरू पनि परिवर्तन र परिवर्तित भएर देखा पर्छन् । नयाँ कुरा पत्ता लागेपछि त्यसै सँगसँगै नयाँ भयको पनि आविष्कार भएर देखा पर्छ । एउटा मान्छे जन्मने वित्तिकै भयबोधी उसको चेत पनि पैदा भएजस्तै/लेखक लेख्छन्- “हिजो एड्स, र्सार्स, वर्डफ्लु, आणविक हतियारको भय थिएन । आज मान्छेले ती वस्तुको आविष्कार गरे र थाहा पाए तब उनीहरूलाई त्यसको झन् भयानक भय हुन थाल्यो ।”

भयबोध एउटा भयानक भय हो । भय छ भन्ने हामीलाई बोध भएपछि यसरी विकसित भएर आउँछ कि त्यसबाट पार पाउन मृत्यु वा चेत विलयन भएपछि मात्र संभव छ । भय एउटा भयानक ब्ल्याक होल हो । त्यसमा पसेपछि कुनै पनि चेत प्राणी फिर्ता हुन नै सक्दैन । अर्थात ब्राहृमण्डको अन्त्यमा विन्दु कहाँ छ भनेर खोजेजस्तो भयको अन्तिम विन्दु कहाँ गएर टुगिन्छ भन्न सकिँदैन । र्सव व्याप्ती र पार पाउन नसकिने विषयका रुपमा भयको उपस्थिति भएकाले त्यसलाई पार गर्न सकिँदैन । मान्छेलाई “समस्या, दुःख, कष्ट, शंका, रोग, मृत्यु” जस्ता स्रोतबाट भय वितरित भएको हुन्छ भन्ने धारणा भयवादको छ । भय एकपछि अर्का गर्दै आइरहन्छन् । एउटा भयको समाप्ति पर्ूव नै अर्को भय पैदा भएको हुन्छ । एकै पटक धेरैथोरै भएको हुन्छ । कहिले काहीँ भयको अधिक चापका कारण मान्छे विक्षिप्त वा पागलपन पनि पुग्न सक्छ । एउटै भय पनि अलगिएर जान सक्छ । जस्तै:-
१. भय…………समाधान…..भय….समाधान……..भय
२ भय………………………………………….समाधान
३ भय…… .समाधान……..भय……..आंशिक समाधान
४ भय

के हुन सक्छ भने भयको रुप आकार, अवस्थितिर र समाधान एउटै किसिमको हुँदैन । भयमोक्ताको मानसिक स्वरुप अनुहार त्यसको वितरण र विस्थापन हुन्छन् । एउटै भय पनि भयमोक्ता अनुसार फरकफरक अवस्थामा निरुपित बन्छ । एउटा त्यही भयका कारण विक्षिप्त बन्न पुग्न सक्छ भने एउटा त्यस भयलाई लिएर हिँड्न सक्छ । एउटालाई सामान्य भय मात्र पनि पैदा गर्न सक्छ । फेरि भयको समाधान र भयको पुनः प्राप्ति पनि सबै एकै किसिमले आउँदैन । कतिपय भयको समाधान गरेको भ्रममा हामी बाँचेका हुन्छौ । तर भय भ्रमको पर्दा पछाडि पनि छ । लेखक सुब्बा लेख्छन्- “बृथाहरूमात्र मान्छे हाँसिरहन्छ । दुबैको ताप, हावा साँच्चै पक्रन सक्दैन । साँच्चै पक्रेको भ्रमहरू पकडेर सन्तुष्ट हुन्छ ।”

जीवनसँगै सान्निर्ध्ता साध्ने हरेक कुराहरू भयवाद निमित छन् । भयकै उपजयका रुपमा छन् । मान्छेले भयको समाधान खोज्ने नाउँमा जीवनका विविध उपलब्धि हासिल गरेको हो । लेखक भन्छन् “जीवनलाई डोर्‍याउँदै हिँड्ने दर्शन सिद्धान्त, विज्ञान, अध्यात्मक सबैको आमा भय हो । भय लिएर नै म बाँचेको हुन्छु । म सँगै मेरो बाँचेको हुन्छ । भयको खेलमा फुलेका फूलहरू नै दर्शन, विज्ञान, अध्यात्म हुन् । त्यसैले जीवनका निमित भय निरपेक्ष छ र जगत्का निमित जीवन ।”

जीवनका निमित भय निरपेक्ष छ । जसरी जगतका लागि जीवन निरपेक्ष छ । त्यसलाई त हामी आफै उपस्थित गराउँदै हाम्रो चेतनाबाट यो पृथ्वीमा हामी नभएर प्रकृतिका नियमित क्रिया चल्दैनन् र – अझ हाम्रो कारणले पृथ्वीका प्राकृतिक वस्तुहरू समाप्त भएर गएका छन् । पृथ्वीसित चेतना भए हाम्रो जीवनको उपस्थिति अमान्य बनाइन्थ्यो होला । त्यसरी नै भयलाई पनि हाम्रै कारणले बढाइएको छ । विभिन्न स्रोतहरू खोजेर भयबाट मुक्ति पाउने प्रयास जतिजति गर्र्छौ भयको मात्र झन्झन् बढ्छ । जगतका निमित जीवन भौतिक छ तर जीवनको निमित भय मानसिक मात्र । कारणहरू भौतिक होलान् तर भय रहने केन्द्र त मानसिक नै हो ।

जीवनको बाचय सापेक्ष छ । त्यही सापेक्ष बाचयमा मान्छेले बाँच्ने विभिन्न सहाराको खोजी गर्छ । त्यही खोजी सँगसँगै भय पनि उपस्थित हुन्छ । भय त छायाँ जस्तो छ । जो र जेमा पनि हुन्छ । तर छायाँ देखिन प्रकाशको आवश्यकता भएजस्तै भय देखिन चेतनाको आवश्यकता पर्दछ । जीवन बाँच्ने निहुँमा मान्छेले थुप्रै दर्शन, कला, साहित्य, वाद, सिद्धान्तहरू निर्माण गर्‍यो । ती जीवनका बाँच्ने आधारहरू हुन् । तिनै आधारमा आधारित भएर सारा मान्छेहरू बाँचेका छन् । ती प्रत्येक आधार भनेका भयका प्रकटीकृत अध्याय वा ठेलीहरू हुन् । तिनै आफूले उत्खनित गरिएका विचार दर्शनहरूबाट मान्छे अनेकौँ सिढीहरू पार गर्दै जान्छ । कोही भ्रममा सबैकुरा गरेका ठान्छ, कोही भ्रममा बाँचेका छौँ भन्ने बुझेर जगतको सापेक्षतामा उभिएको जीवनलाई पर्गेल्न थाल्छ र भयलाई प्राप्त गर्छ ।

भयवादको आग्रह जीवनबाट भयलाई कम गर्दै लानुका साथै भयको अस्तित्व उजागर गर्नु पनि रहेको पाइन्छ । भय छ त्यसलाई बुझौँ र भय कम गर्ने उपायहरू खोजौँ भन्ने धारणा दिएर भयवाद अगाडि छ । जसरी अन्धकार पार गरेर मान्छेको उज्यालो सम्म पुग्छ त्यसरी नै भय पार गरेर निर्भयतातिर मान्छे पुग्न चाहान्छ तर अँध्यारो पारगरे पछि अँध्यारो सकिँदैन । एकपलका लागि कुनै अँध्यारो पार गरेर उज्यालोमा पुग्दैमा अँध्यारो सकिँदैन । त्यो त फरकफरक रुपमा भय अवतारित भएको हुन्छ । घरमा, चोटामा, कोठामा, गोठमा, जंगलमा लुकेर बसेको अँध्यारोलाई हामीले खोजेपछि देखिहाल्छौँ । भय त्यस्तै हो । एउटा अँध्यारो छ भन्ने बोध भएपछि अर्कोपनि अँध्यारो छ भन्ने जान्नु जसले एउटा अँध्यारो पार गरेपछि अर्को अँध्यारो छैन भन्ने भ्रममा प्रवेश गर्छ त्यसले भयलाई पनि चिनेको हुँदैन । घाम छ र त अँध्यारो छ । अर्थात प्रकाश छ र त अँध्यारो देखिन्छ । त्यसरी नै चेतना छ र भय छ । प्रकाशको लक्ष्य अन्धकार चिर्नु वा रर्डर्नु र उज्यालो र्छर्नु हो जसरी प्रकाश जति बले पनि अन्धकारका अनन्त रुपहरू सिद्धिदैनन् त्यसरी नै चेतना जति बढे पनि भयका रुपहरू अन्त्य भएर जाँदैनन् ।

अघि नै भनियो भय अन्त्य हुँदैन जसरी कुनै वस्तुमा प्रकाश परेन भन्दैमा त्यसको छायाँ हैन भन्न सकिन्दैन । त्यसरी नै कुनै कुरामा भय देखेनौ भन्दैमा भयको अन्त्य भयो भन्न सकिँदैन । भय त छ । भयको अन्त्य चाहिँ हुँदैन तर भयकम गर्न चाहिँ सकिन्छ । त्यही भय कम गर्नका लागि मान्छेले भयलाई चिन्नु जरुरी छ । कुनै कुरालाई चिनेपछि मात्र त्यसबाट बच्ने उपायहरू मान्छेले अपनाउन सक्छ । आगोलाई हामीले आगो भनेेर चिन्यौँ । आगोको चरित्रलाई ठम्याएर व्यवहार गर्न सक्यौँ भने त्यसबाट हामीले जे पनि सक्छौँ भन्ने उदाहरण त हामीसँग आदिम काल देखिनै छ । आगोलाई चिनेका कारणले आगोलाई हामी नियन्त्रण गछौँ उपयोगमा लगाउँछौँ । खाना पकाउँछौँ । फोहोर डढाउँछौ, उद्योगधन्दा, कलकारखानामा प्रयोग गछौँ र आवश्यक पर्ने विभिन्न वस्तुहरूको उत्पादन गछौँ । त्यही आगो नियन्त्रण गर्न नजान्ने हो भने त्यसैले सबै भस्म गर्न सक्छ । लेखक भन्छ र पछि तापशक्तिसम्म पुग्न सकिन्छ । लेखक भन्छ र भयकै कारणबाट युद्ध, हत्या हिंसा, अराजकताका साथै हातहतियारको आविष्कार भएको छ । भयलाई कम गर्न भयलाई चिन्ने हो भने उक्त सबै कुरामा कमी आउन जान्छ ।

भयलाई चिन्नु चिनाउनु भनेको भयलाई कम गर्ने उपायहरू खोजी गर्नु पनि हो । भय कम गराउनु वा गर्नु भनेको सकारात्मक पदचाप हो । मान्छे प्रायः सधैँ सकारात्मक चापतिर बढ्छ । भयवादको लक्ष्य पनि यतैतिर अभिमुख छ । मान्छेलाई उसैको चेतना प्रयोग गरेर उसैलाई सकारात्मक बनाउन नै भय चिनाउनु आवश्यक छ ।

के हो त भयवाद ? एउटा विवाद नै होला । भयवाद मानसिक या भौतिक ?
भय बुझिसकेपछि भयवादका बारेमा भन्न त्यति अप्ठ्यारो पर्दैन । भय चेतनाको प्रतिछायाँका रुपमा उपस्थित हुन्छ भन्ने बोध भएपछि भय सम्बन्धी चिन्तन मनन, अध्ययन, अनुसन्धान, पृष्ठपोषण वा खण्डनमण्डनका लम्वे तानहरूको लेखाजोखा भयवाद बन्न पुग्ला । जीवन वा ब्रहमाण्डका हरेक अवस्थाबाट भयका कारण र प्रकारको खोजी गरी भयलाई निर्गमन र नियन्त्रण गर्ने मार्गको अवलम्बन नै भयवाद होला । भयवाद कतिवाद, कतिबोध र कति योगिक विचार हो – भय कसरी वाद बन्न सक्छ – आदिम कालदेखि मानव जीवनमा -खासगरी) रही आएको यो आदिम सत्य आजसम्म किन प्रकट भएन – आज कसरी यो वादमा रुपान्तरण हुन बल गरिरहेको छ – के यसको खोजी पर्ूर्वीय र पाश्चात्य जगतले गरेको छ – यी र यस्ता सवालका लागि हामी धेरै हदसम्म निरन्तर छौँ ।

लेखक पर्ूर्वीय वेदान्त दर्शनमा दिइने ब्रंहृम सत्यका लागि डोरीमा र्सपको भ्रमलाई उदाहरणका रुपमा/मिथकका रुपमा प्रयोग गरेर भयको बुझाइलाई भ्रम सापेक्ष बनाएर दिइरहेका छन् । मान्छेले अँध्यारो डोरीलाई र्सप देखेर र्सप बुझे जस्तो भयलाई बुझौ भनी भ्रम मात्र बुझिरहेको छ । त्यही भ्रम बुझाइलाई अन्तिम बुझाइ मान्नेहरूले वास्तविक बुझाइ गर्न सकेका हुँदैनन् । उनीहरूको बुझाइ प्रतिछायाँका रुपमा मात्र रहेको हुन्छ । र्सपजस्तै बन्नु चाहिँ र्सपको प्रतिछायाँ हो । र्सप र डोरी त मात्र एउटा उदाहरण हो । हामीले भोगेको हरेक भोगाइहरूमा, हामीले बुझेका हरेक बुझाइहरूमा, हामीले अनुभव गरेका हरेक अनुभूतिहरूमा, दर्शन, साहित्य, सिद्धान्त, आदिइत्यादि धेरै कुरामा यही रज्जुर्-र्सपको भ्रम रही आएको छ । आदिम कालदेखिनै हामीलाई यसरी नै डोरी देखाएर र्सपको त्रास बाँडिएको छ । त्यही डोरीलाई र्सप बुझाउने वा भ्रम निवारण गर्ने निवारात्मक उपचारको प्रक्रियानै भयवाद हो । भयवादले डोरीलाई डोरी र र्सपलाई भय बुझाउने पहल गरिरहेको छ ।

मानसिक तहमा चेतनाले काम गरेपछिमात्र भयको प्रकटीकरण हुन्छ । लेखक देशसुब्बा भन्छन्-
“सम्बन्धीत समस्याको चेतना/ज्ञान नभइन्जेल उसलाई भय हुँदैन ।” एउटा पथिक अँध्यारोमा डोरीलाई र्सपको भ्रममा नपरुन्जेल उसलाई भय हुँदैन । बाटामा अचानक प्रकटीकृत डोरीको र्सर्पीकृत आकार देखेपछि उसमा र्सपको भ्रम पैदा हुन्छ । उसमा एकैपटक भ्रम र भय पैदा हुन्छ । त्यसरी पर्ने भ्रम र भय सबै मानसिक तहमा समान किसिमले पर्दैन । कसैले त्यसलाई नियन्त्रण गर्न पहल गर्छन्, बुझछन्, राम्ररी ठम्याउँछन् र डोरी भएको कुरा पत्ता लगाउँछन् र भयमुक्त हुन्छन् । भ्रम निवारण गर्छन् । कसैले त्यसैलाई र्सपकै भ्रममा भय बुझछन् र र्सप नै अन्तिममा सत्य र बुझाई बनाउँछन् । यसमा भयको मात्रा बढी हुन्छ । भयको मात्रा जति बढी हुन्छ त्यो त्यतिनै दर्ुघटित -मानसिक वा भौतिक) हुन सक्ने संभावना हुन्छ । यही भयलाई कम गर्न भ्रमबाट छुटकारा दिन मान्छेले ज्ञान, विज्ञान, धर्म दर्शन आदिको विकास गरेको छ । केही हदसम्म भय थिएन भने मान्छे रहने थिएन पनि भन्न सकिन्छ । भयबाट निरुपण गर्न सकिने जीवनका हरेक पक्षहरू छन् । हुन त भयबाट मुक्ति प्राप्त गर्न मान्छेले जेजति प्रयास र काम गरेको छ त्यसले समाजलाई अगाडि बढ्नु हो ।

भय छ, यो यथार्थ प्रकट भइसक्यो । भयका स्रोत र आयामहरू केके हुन् – भय यसरी वितरित र परिवर्तित हुन्छ भन्ने धारणा केही मात्रामा आविर्भाव भएपछि यो कसरी छ जान्नु आवश्यक छ । लेखक सुब्बा भयलाई छ कोटमा सीमित गर्छन् । जन्मेदेखि मृत्युसम्म बीचमा आउने यावत क्रियाकलाप -बाँच्नका लागि गरिने) मा उत्पन्न भयलाई जीजिविषा भय, मरेपछि के होइन्छ – कहाँ गइन्छ – भन्ने भयलाई परलोक गमन भय, मृत्यु पश्चात र्स्वर्गगमन होस् भन्न नहोस् भन्ने धार्मिकहरूको भयलाई लोकीय भय, म र मेरोका कारणबाट उत्पन्न हुने भयलाई सम्बन्ध भय, भ्रम, शंकाका जस्ता कुराबाट उत्पन्न हुने भयलाई कृत्रिम भय र ज्ञात वा अज्ञात अवस्थामा हुने भयलाई बोधअबोध भय भनेर वर्गीकरण गरेका छन् । प्रस्तुत वर्गीकरण मध्ये परलोक गमन र लोकीय भयको चरित्र उस्तैउस्तै रहेको हुनाले त्यसलाई एउटा नाममा समाहित गर्नु उपयुक्त होला कि जस्तो लाग्छ । त्यसैगरी जीजिविषा भय र सम्बन्ध भयलाई पनि एकै ठाउँमा राखेर त्यसका उपभेद बनाएर जिजिविषाका अन्य रुपहरूलाई पनि समेट्दा उपयुक्त हुन्थ्यो कि जस्तो देखिन आउँछ । व्यापक रुपमा हर्ेदा यसको वर्गीकरणलाई १. जिजिविषाका भय २. परलोकीय भयमा वर्गीकरण गरी जिजीविषाका अन्य यावत विषयलाई पनि प्रकार बनाइएको भय बुझन चाहने पाठकलाई सजिलो हुन्थ्यो जस्तो लाग्छ ।

भयको व्यापकता र व्याप्तिलाई हर्ेदा यो साहित्यिक मात्र नभएर यो एक दर्शन चिन्तन, धारणका रुपमा प्रवर्तित एउटा दर्शन, साहित्य, कला, जीवन, राजनीति, मनोविज्ञान, अध्ययन, अनुसन्धान विचार विमर्श आदिजस्ता हरेक क्षेत्रमा भयको व्याप्ति रहेको छ । ती क्षेत्रहरूमध्ये साहित्यको क्षेत्र लेखनको -बढी) क्षेत्र भएकाले यसमा भय देखाउन सहज र आवश्यक पनि छ । त्यही व्यापकतालाई भयवादका रुपमा लेखकले भयवादीय सिद्धान्त र साहित्य लेखेका पनि छन् ।
भय व्याप्तिका केही क्षेत्रको भयहरूलाई हर्ेदा भयवादको प्रयोग राम्रो होला जस्तो लागेको छ । नेपाली सर्न्दर्भका केही भयवादीय स्वरुपलाई सम्बन्धीत क्षेत्रमै हेरौँ ः-

(क) समाजमा भय/भयवाद :-
हुन त समाज भनेपछि सारा कुरा त्यसैभित्र आउन सक्छन् । तर त्यस भित्रपनि केही सामाजिक व्यवहारका भयहरू मात्र हेरौँ । एउटा परिवारभित्र विभिन्न थरी भय व्याप्ति भएको हुन्छ । बाबु आमालाई छोराछोरी बिग्रिन्छन् कि भन्ने भयले सधैँ लखेटिरहेको हुन्छ । छोराछोरीहरू आफूले गरेका/विगारेका कामहरू बाबु आमाले थाहा पाउँछन् कि – गाली खाइन्छ कि – कुटाइ खाइन्छ कि – भनेर भयभीत भइरहन्छ् । एउटा लोग्ने स्वास्नीका आँखामा कमजोर ठहरिन्छु कि – स्वास्नी कसैसँग लहसिन्छ कि – वा कसैले आँखा लगाउँछन् कि भन्ने भयमा बसिरहेको हुन्छ ।
नवविवाहित दम्पत्ति छोराछोरी जन्मिदैनन् कि भन्ने भयमा हुन्छन् भने वृद्ध वृद्धाहरू मरिन्छ कि भन्ने भयमा हुन्छन् । त्यसै गरी किसान पानी पर्दैन कि – बाली लाग्दैन कि – भन्ने त्रासमा हुन्छ भने व्यापारी व्यापार हुँदैन कि – पैसा कमिदैन कि भन्ने त्रासमा हुन्छ । समाजका हरेक पात्रहरू, गोठाला, हली, खेताला, मजदुर, शिक्षक कर्मचारी, व्यापारी, कुचीकार, डक्टर, इन्जिनियर, पाकेटमार, भ्रष्टचारी, उद्यमी आदि चरित्रका पात्रहरू आफ्नो घर व्यवहार चल्दैन कि भन्ने भयबाट आक्रान्त भइरहन्छ ।

(ख) राजनीतिमा भय/भयवाद :-
राजनीति त भयको घर नै हो । राजनीतिमा कतिले सोझो घुमाउरो जस्तो पनि काम गरेको हुन्छ । जनताका नाममा राजनीति गरेको पनि देखिनुपर्ने र सत्तामा बसेर मोज पनि गर्नुपर्ने सोच भएकालाई त सधैँ कर्ुर्सर्ीीट लडिन्छ भन्ने भय रहिरहन्छ । त्यही भयवादी सोचकै कारणले सत्तामा टिकिरहन राम्रा काम गर्ने पहल पनि भएका हुन्छन् । राणाशासन, प्रजातन्त्रको विन्दुसम्म राजनीतिमा देखिएका भयको लामो श्रृङखला नै छ । यता २०६२/३ मा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि सत्ताको लुछाचुँडीमा भएका तानातानले राजनीतिज्ञहरूमा त सत्ताप्राप्ति र अप्राप्तिको भय हुँदै छ तर र्सवसाधरण जनतामा पनि सहिदको सपना पूरा नहुने हो कि – आफ्नै मात्र भुँडी भर्ने परम्परा नै जीवित होला कि – भन्ने भय व्याप्त छ । २४० वर्षो शाही सत्ताको अन्त्य हुँदा शाही सत्ताले टाउको उठाउन सक्छ र जनताको रगतको खोलो बग्ने हो कि भन्ने शाही कालीन शाह र अन्य शासकहरूलाई थियो । केही हदसम्म त्यसको समाधान निस्किए पनि अन्य अनेकौँ थरी भय सधैँ व्याप्त छन् ।

(ग) साहित्यमा भय/भयवाद :-
साहित्यमा भय साहित्यको प्रारम्भ बिन्दूबाटै रहेको पाइन्छ । दर्शनमा भय भर्खर मात्र विकसित हुने प्रयासमा भएपनि पर्ूववता दर्शनमा यसको व्यापकता रहेछ । भय अहिले आएर खोजिएको विषय भएपनि साहित्यमा भय थियो भन्ने कुरा पर्ूवकर्ता साहित्यको अध्ययनबाट भेट्न सकिन्छ । लेखक सुब्बा पाश्चात्य साहित्यका मार्क्सवाद, अस्तित्ववाद, विसङ्गतीवाद, यौनवाद, विनिर्माणवाद र अन्य कतिपय विचारमा भयवादी चिन्तनले काम गरेको देख्छन् भने नेपालीमा धार्मिक, सामाजिक, यौनवादी, शून्यवादी, लीलावादी र अन्य कतिपय धारणामा भयको व्यापकतालाई खोज्छन् । यहाँसम्म कि पर्ूर्वीय साहित्यमा वेद पुराणसम्म पुर्‍याएर त्यहाँ रहेका भयवादी धारणाको उत्खनन गर्न सकेमा, उदाहरण समेत प्रस्तुत गर्न सके यसको प्राचीनतामा थप बल पुग्ने थियो ।

यता साहित्य सिर्जनामा पात्रचयन, घटना चयन र प्रस्तुति जस्ता कतिपय विषयमा भयवादले पारेका प्रभावलाई हर्ेर्नु आवश्यक नै छ । हामी साहित्यलाई समाजको दर्पण वा समाजको सामाजिक चित्रण गर्ने साधनका रुपमा चिन्छौँ । हामी आफूले दिएको रचनाले आफू र आफ्नो वारपारको यथार्थ जान्यौ भन्छौँ तर हाम्रो यथार्थमा थुप्रै भ्रमहरू छोडिएका हुन्छन् । विचारक इन्द्रबहादुर र्राई भन्छन्- “हामी यथार्थ लेख्छौँ भन्छौँ तर हामीले लेखेको यथार्थ आशिक मात्र हुन्छ ।”

मनन गरेर हर्ेदा त्यो यथार्थ त भयका कारणले वास्तवमा आँशिक नै हुँदो रहेछ । आफ्नै घरमा यस्तो घटना बनेको छ कि त्यसलाई लेख्दा राम्रो सिर्जना बन्न सक्छ । वा आफ्नै परिवेशमा भएको राम्रो घटनालाई सिर्जना बनाउन उद्यत भइसकेपछि हाम्रो मानसिकतामा घटना, पात्र र परिवेशहरू उपस्थित हुन्छन् । आफ्नै घर वा छिमेकमा भएको घटना मानसिकतामा उभिएर बस्छ । भय पैदा गर्छ “खबरदार यो घटनाको परिवेश यहाँको बन्नु हुँदैन, त्यो भयो भने भोलि तँ माथि जे पनि हुन सक्छ ।” लेखक परिवेश कारण त्रसित बन्छ र आफ्नै परिवेशका घटनालाई अमूक बनाएर अन्यत्र लिएर जान्छ । घटना लेख्न बसेको लेखकका मनमा पुःन अर्को भय प्रकट हुन्छ । पात्र उपस्थित भएर खबरदारी गर्छ- “खबरदार, मेरो नामले लेखिस भने यहाँ जे पनि हुन सक्छ मैले दिएको घटनालाई कथानक दिम् दिन सक्छस् भने त्यस्तो घटना म अरु पनि अमूक बनाएर प्रस्तुत गर्छु । यो साहित्यमा पारेको भयालोक हो ।”

यथार्थ लेख्छु भन्ने एकजना लेखक कृष्ण धरावासीको परिवेश पात्रको यथार्थ चयनमा घटेको घटना जसरी पनि भयमा परिणत भएको रोचकता छ । उनको “शरणार्थी उपन्यासमा शनिश्चरेमा रहेको एकजना जीवित पात्र -धेरै जीवित पात्रमध्येको) को यथार्थ घटना र पात्र प्रस्तुत गर्दा पात्रलाई “रोयल्टी” तिर्नुपरेको छ । हरि खनाल नाम गरेको उक्त पात्रले लेखक घरायसीसँग मेरो कथा लेखेर, मेरो बेइज्जत गरेर तँ पैसा कमाउने, म तँलाई मारिदिन्छु” भन्दै लखेटेको घटनाले लेख्ता भय भोग्नु नपरेपनि र्सार्वजानिक भएपछि जीवनकै भय खेप्नु परेको थियो । पछि स्थानीय मान्छेहरूको भेला बसेर समस्याको समाधान गरेपछि साहित्यमा भयलाई स्वीकार्ने उनी एक पात्र पनि हुन् । -पात्र हरि खनाल अहिले मरिसकेका)
लेखक सुब्बाले इन्द्रबहादुर र्राई कृत लीला लेखनलाई भयवादको प्रकट गर्ने लेखनका रुपमा स्वीकार्दै उनको कठ पुतलीको मनले बनाएको धारणाको समेत संपुष्टि खोजेका छन् । मैनालीले बनाएको “लोग्ने स्वास्नीको झगडा परालको आगो” भन्ने मिथकलाई चार विनिर्माण कथाबाट नयाँ धारणाको विकास गरेका छन् । त्यही फरक फरक विचार बोक्ने घटना/धारणाबाट नयाँ भयको खोज भएको छ । लेखक सुब्बा लेख्छन्- “जहाँ लीला हुन्छ त्यहाँ भय हुन्छ । लीला भयवादको एउटा उम्दा प्रकट हो, किनभने यसले भयलाई कम बनाउन ठूलो सहयोग गर्छ, “जीवनलाई वेवास्ता गरेर लीलाको भरमा मात्र छोड्न सकिँदैन” भन्ने धारणाबाट लीलालाई खेलका रुपमा मात्र पनि बुझेको पाइन्छ । तर लीला खेल मात्र नभएर “जीवनलाई वेवास्ता गर्दैन भन्ने पनि बुझनु आवश्यक छ । बरु लीला लेखन त जीवन सापेक्ष लेखन हो । जीवनमा भएका भ्रमहरू कस्ता छन् भन्ने खोज चाहिँ बरु लीला लेखनको उत्खन क्षेत्र हो ।”

३. आदिवासी : भयको उपासना
आदिवासी देश सुब्बा कृत उपन्यास वा भयवादको कृति हो । सांस्कृतिक अध्ययनका देशीय परिधि भित्रबाट पराभौतिक सन्तुष्टिका साथ आएको यस कृतिका धेरै कुराहरू कल्पनाको मिहिन बुट्टे तन्द्राले भरिएका छन् । आदिवासी/जातीय नश्ल चेतकका साथ झिनो कथा वस्तुलाई उन्दै मानसिक सन्तुष्टि/खोजमा तल्लीन “आदिवासी” जातीय सांस्कृतिक अन्वेषणको बाटो भएर हिँडेको अनुभूति हुन्छ । जातीय किटानी नभए पनि उपन्यासमा वणिर्त विषय, पात्र र सांस्कृतिक स्वैर कल्पनाले पर्ूर्वी नेपालका किराँती/मंगोल समूदायलाई प्रतिनिधित्व गरेको आभास हुन्छ ।
आदि वासीः आदिवासीका रुपमा निर्माण भएको शब्दले व्यक्त गर्ने अर्थलाई कृतिले कति वहन गर्न सक्लान – त्यो पाठकका अदालतमा छँदैछ । आदिवासी शब्दलाई शब्दकोशले “कुनै भूभागमा प्राचीन अज्ञात कालदेखि बसोबास गर्दै आएको जाति” -प्रयोगात्मक नेपाली शब्दकोष ः हेमाङ्ग राज अधिकारी र बद्री विशाल भट्टर्राई २०६१) भनेर परिभाषित गरेको छ । आदिवासीले लक्ष्य गरेको क्षेत्र निश्चय पनि जातीय/सांस्कृतिक उत्खनन पनि हो । अन्य विभिन्न विषयमा विभिन्न चरित्रका कृतिहरू धेरै आए । सामाजिक पीडा, जीवन समस्या, राजनीतिक आस्था/परिवर्तन, क्षोभ, आक्रोश जस्ता कुराहरू साहित्यको लेखन धेरै अगाडि बढेको छ । तर आफ्नै वरपर अस्तित्वमा रहेका, बनिरहेका आफ्नै सांस्कृतिक रीतिरिवाज संस्कृति, जातीय उत्थान/अस्तित्व देख्ने लेखन उत्पन्न न्यून मात्र छन् । त्यसको विकास श्रृङखला छँदैछैन समान छ । त्यही रिक्तताको पूर्ण्ााङ्क रुपमा आदिवासी उपन्यास अस्तित्वमा आएको प्रतीत हुन्छ ।

सभ्यताको विकास गरेर अगाडि बढेका भाषा भाषिक समूदाय, खासगरी पश्चिममा साहित्य, संस्कृतिको विकास गरेका पश्चिमी अवधारणालाई आफ्नो आधारपत्र बनाउने र आफ्नै बत्ति मुनिको अँध्यारो नदेख्ने हाम्रो परम्पराले नेपालका कति जातीय संस्कृति र सभ्यता लोप हुने अवस्थामा छन् । पश्चिमी शैलीको अनुकरण गर्ने, त्यही चेतनालई मात्र विकास गर्ने सोँचका कारण कतिपय साहित्य, कृति नेपाली भावको मात्र प्रयोग भएका नेपाली माटोभन्दा धेरै परको अनुभव भएकै छन् । हाम्रा नजरमा पश्चिममाले आफ्नो संस्कृति अन्वेषण गरेको देखेका छैा र सोही अनुकरण गर्र्छौ त्यसबाट हाम्रै भूमिमा रहेका सांस्कृतिक अन्वेषण गर्नुपर्छ भन्ने कुरा सिक्दैनौँ । त्यसको अवसानका लागि देश सुब्बाले आदिवासीमा जुटेर र आफ्नै सँस्कृतिको अन्वेषण गरे । त्यो पनि एउटा नयाँ सिद्धान्त भयवादका साथ ।

आदिवासी एउटा पातलो कथावस्तु बोकेर हिँडेको वैचारिक/चिन्तन पत्र हो । यसमा कथानकलाई भन्दा बढी भयवादी धारणालाई सांस्कृतिक संवरणका साथ प्रस्तुत गरिएको छ । उपन्यासमा लेखक आफैँ पात्रको मनोविष्लेषण गर्छन् । घटनाको विश्लेषण गर्छन् । आदिवासी उत्खननमा भाषा, धर्म, लिपि, संस्कृति, इतिहास, पुरातत्व आदिका नाममा भएका विकृतिका विरुद्धमा आवाज उठाउँछन् । त्यसलाई बाहिरीभन्दापनि आन्तरिक/मानसिक स्वर बनाउन सन्देश गर्छन् । कृतिले प्रारम्भमै बौद्धिक चेतनालाई अगाडि ल्याएर उभ्याएको छ । जातीय सँस्कृतिको अस्तित्व आफ्ना प्राचीन परम्परामा रहेको हुन्छ भन्ने धारणाबाट कृति उठेकाले यसको खास उत्खनित क्षेत्रनै जातीय/सँस्कृतिक अस्मिता बन्न पुगेको देखिन्छ ।

उपन्यासको कथावस्तुमा कतिपय पर्ूवकर्ता कृतिका मात्राको अनुसरणको आभास पनि हुन्छ । तेराखको “र्सवजा” ले खोजेको स्वैरका उत्खनन, वा सञ्जीव उप्रेतीको “घनचक्कर” को मूल पात्रले भोगेको मानसिक समस्या र रुपान्तरणका विषयहरूका नजिक वा बहुलताको संयोजक “आदिवासी”ले ओगटेको छ ।

“आदिवासी” वर्तमान भूमिमा टेकेर भूतकालको भूतकालिक अस्तित्वमा अवस्थित धरोहरको खोजीमा जुटेको छ । जसले गर्दा कथा सुकेनास लागेर पहेँलो भएको छ । सांस्कृतिक जातीय मिथकहरू प्रतीकहरू मोटाएका छन् र उनीहरूको भीड लागेको छ । हामी उपन्यास पढ्न पस्छौँ । उपन्यास कता छुट्छछुट्छ । छेउ किनाराबाट लुक्तै लुक्तै अपराधी जस्तो उपन्यासको कथा आइरहन्छ तर विचार, चिन्ता र धारणा छाती खोलेर हिँडिरहन्छन् । यो अवस्थाको मूल्याङ्कन गरेर नै लेखकले उपन्यासका विकलामा “भयवाद” भन्ने शब्द पनि राखेका छन् ।

उपन्यासको प्रारम्भमै उपन्यास नायकका मानसिकतामा बौद्धिक, जटिल भयहरू उत्पन्न भएका छन् । आफ्ना पिता वा अग्रजहरूले चलाएको आदिवासीहरूको आन्दोलन प्रति असहमति प्रकट गरेको छ । त्यही असहमति र द्वन्द्वबाट नै उसका मनमा एक तमासको भय पैदा हुन्छ । नायक सोचिरहेको छ । आफ्नो धर्म, संस्कृति, रीतिरिवाजलाई छोडेर गरिएको आदिवासीको आन्दोलनले आदिवासीको हित कसरी गर्न सक्छ त्यही मानसिक अवस्थाका बीचमा आफ्ना बाबुसँग तर्क गर्छ-
“सबै नयाँ बनाएर ठूलठूला स्वरले कराउँदैमा जातीय रुपमा बलियो भइँदैन, झन् कमजोर भइन्छ । कमजोरीको तर्क गरेर तपाईहरूले के गर्न खोज्नु भएको – आदिवासी हुनलाई बलियो आधार भनेको भाषा, लिपि, धर्म, संस्कृति, इतिहास, चार्डपर्व नै हो । परम्पराको संरक्षण गर्नुपर्छ । आफ्नो सम्पत्तिको संरक्षण गर्न नसक्ने जातिले अरुको नै गर्न सक्छ –
प्रारम्भमै असहमतिको बिन्दुबाट उठान भएको नायकको मनोवृत्तिमा मानसिक ताप, -केही हदसम्म मानसिक रोग) वा भय उत्पन्न हुन्छ । तर्सिने, डराउने, काम्ने, बेहोस हुने जस्ता अवस्थाबाट ऊ गुज्रिन्छ । कुनै छायाँले खेदे जस्तो उसलाई लाग्छ । नेपाली समाज -खासगरी ग्रामीण समाज) मा विद्यमान धामी झाँक्री, झारफुक गर्छ, औषधिमूलो गर्छ । यति गर्दा पनि निको नभएपछि ऊ एकदिन घर छाडेर बाहिरिन्छ ।

लेखक सुब्बाले भयवादलाई संस्थापन गर्न आफ्नो मूल पात्रलाई डराउने, तर्सर्ााे, अत्याउने कमाउने र बेहोस हुने जस्तो मनोवृत्तिबाट उभ्याएका छन् । साथै आफ्नो अन्वेषण सांस्कृतिक छ भन्नलाई आदिवासीको आन्दोलनको असहमति र धामीझाँक्रीको झारफुकको उपचार प्रस्तुत गरेका छन् ।

उपन्यासको नायक निसाम् घर छोडेर जंगल, अनकन्टार खोज, गुफाहरूतिर भौतारिन थालेपछि उसको मानसिकतामा सञ्चो भएको, मुक्तता प्राप्त गरे जस्तो अनुभव गर्छ । एउटा समस्याबाट ग्रस्त भएर भौतारिरहँदा समाधान भएजस्ता मानसिक सन्तुष्टि प्राप्त गर्छ तर लगत्तै अर्को समस्याबाट ग्रस्त भइहाल्छ । मानसिकताले त्यसको पल्लो बिन्दु खोज्न थाल्छ । उसको खोज लगातार अगाडि बढ्छ । उसले धेरै ज्ञान पनि प्राप्त गर्छ । बौद्धिकता/चेतना चक्रका बारेमा ज्ञान प्राप्त गर्छ तर उसलाई अवचेतनामा रहेको कालो छायाँले पछ्याइरहन्छ, लखेटिरहन्छ ।
यसबाट लेखक निसाम्को नायकत्वमा भयको खोजमा प्रतीक उभ्याउँछन् । एउटा समाधान पछि अर्को समस्या उत्पन्न हुने कुरालाई निसाम्ले एकपछि अर्को व्यहोर्दै गएको, एउटा कुराबाट मानसिक सन्तुष्टि भइसक्दा नसक्दै अर्को समस्याले ग्रस्त बनाएको कुराबाट प्रष्ट हुन्छ । नायकले जति ज्ञान प्राप्त गर्दै गएपनि उसको अचेतनामा रहने, लखेटिरहने कालो छायाँले खेदिरहेको कुराले भयको समाधान जतिभएपनि अन्तिम अवस्थासम्म पुग्न सकिँदैन भन्ने कुराको प्रतीकात्मक संकेत दिन्छ ।

यस बिन्दुमा लेखकले आफ्नो नायकलाई एकपछि एक समस्या र ती समस्याका समाधान गर्दै आदिवासीको बीचमा भयको अन्त्य गर्न गरेका पहल हर्ेदा कृतिका सर्न्दर्भमा आएका केही कुरा भन्नु आवश्यक छ । तेराखको र्सवजा उपन्यासमा शर्ीष्ाकको खोजी गर्दै हिंँड्दा मानवीय भावना विविध रुपमा साथै मानवेत्तर वनस्पती, प्राणी, कीटपतंग, प्राकृतिक अन्य वस्तुमा समेत रुपान्तरण भएर मानसिकतामा आउने रुपान्तरणका भावलाई बढो राम्ररी स्वरै काल्पनिक ढ्रगले प्रस्तुत गरिएको छ । त्यसैगरी सञ्जीव उप्रेतीको घनचक्करमा एउटा कुरा/समस्यामा हिंँडेको नायक फरक नायक वा साधारण चरित्रमा आफैँ रुपान्तरित हुँदै जान्छ । एउटा समस्यामा हिंडेको मान्छे त्यो समाधान नभइ अर्को समस्या थपेर आउँछ । यो क्रमकै कारणले ऊ मानसिक रुपमा सायद विचलित बन्न पुगेको छ । यता आदिवासीको नायक निसाम् पनि करिब करिब त्यस्तै नै एउटा समस्या र खोजबाट हिँड्छ तर हिँंडेपछिकै ठाउँमा रुपमा रुपान्तरित भएर देखापर्छ । एक थोक खोज्नु हिँडेको अर्को थोक प्राप्त गर्छ । मूल थोक तन्किरहन्छ तन्किरहन्छ । छायाँ बुझन हिँडेको निसाम् त विचार पढाउन थाल्छ । जिज्ञासु अन्वेषक नायक विचार वेत्तामा रुपान्तरित हुँदै जान्छ ।

नायक निसाम्ले जंगलमा धेरै ज्ञान प्राप्त गरेको छ । घुम्ने क्रममा ऊ आदिवासी गाउँमा पुगेको छ र त्यहाँको ज्ञान, संयम, उदात्तता, शालीन चरित्र, प्रेम, सद्भाव र सरलता जस्ता कुरा देखेपछि उसले खोजेको विषय केही हद प्राप्त भएको महसुस गर्छ । आदिवासीका परम्परागत मूल्य, मान्यता, उनीहरूले गर्ने पूजाआजा, आदिम रूख सावाला खोला जस्ता आस्थाका प्रतीक देखेर नायकमा नयाँ जीवन प्राप्त हुन्छ । लिम्बू वा किराँती संस्कृतिमा प्रकृतिलाई पूजा गर्ने -वनस्पति, खोला, जलवाय,ु तापशक्ति जस्ता कुरालाई) परम्परालाई देखाएर प्राचीन संस्कृतिको र्सार्थक पक्ष उत्घाटित गरिएको छ । यस कुराले आदिवासीको उत्थानका लागि सहरमा अनर्गल, प्रचारवाजीलाई प्रहार गर्दै सांस्कृतिक उत्थान गर्नुपर्ने कुरालाई अगाडि ल्याउनु पनि आदिवासी उपन्यासको एउटा पक्ष हो ।

नायक आदिम रूख र आदिवासीहरूबाट धेरै ज्ञान प्राप्त गरेपछि मानसिक सन्तुष्टि प्राप्त गरेर घर फर्किन्छ । उसले प्राप्त गरेको ज्ञानलाई गाउँका मान्छेलाई भेला पारेर भन्छ । मान्छेलाई भयका बारेमा चेतना दिन्छ । हिजो उसलाई लखेटिरहने कालो छायाँ पनि छायाँ नभएर भय मात्र रहेछ । भयको प्रकट भएपछि कालो छायाँ हराएको कुरा सुनाएर धेरैलाई आफ्ना ज्ञान सुनाउँछ । तर त्यही ज्ञान दिएको एउटा कुनामा बसेर दर्ुइ युवकहरू उसको ज्ञान प्राप्तिको बाटो र ज्ञानलाई भनिरहन्छन् – “उसलाई वन झाँक्रीले लगेको हो थाहा छ तिमीलाई π अब ऊ धामी निस्किन्छ ।”

त्यत्रो ज्ञान प्राप्त गरेपछि उसको मानसिकताबाट विस्थापित भएको भय आफ्ना व्यक्तिमा रुपान्तरण हुन्छ । उक्त कुरा देखाएर लेखक सुब्बा भयबाट मुक्ति प्राप्त गर्ने थुप्रै उपायहरू अपनाएर भय कम गराए पनि भयबाट हामीपर्ूण्ा मुक्त हुनसक्दैनौँ भन्ने कुरालाई उठाइरहेका छन् ।
आदिवासीले अपनाएको प्राकृतिक स्वरुपलाई नै आदिम सत्य मानेर परम्परा, संस्कृति र समानतालाई संरक्षण गर्ने लेखकको लेखनी लेख्छ – “आकाशको आफ्नो आकार हुँदैन निसाम् गिलासको पानी जस्तै हुन्छ यसको आकार । यहाँको गिलास भनेको नै यहाँकी धर्ती, हावापानी, रूख, विरुवा, मान्छे, चराचुरुङ्गी, प्रकृति हुन् । तिनीहरू जस्तो छन् आकाश त्यस्तै देखिन्छ । आदिवासी भनेको रूख, विरुवा, हिमाल, फूल, आकाशजस्तै धर्तीका सौर्न्दर्य हुन् । के फुल नभएको धर्ती सुन्दर देखिन्छ -“

त्यसैगरी भयका कारण धेरै भौतारिएको तर त्यही भय/मानसिक तनावका कारण धेरै ज्ञान प्राप्त गरेको नायकका माध्यमबाट भयवादलाई लेखक उभ्याउँछन्- “भय एउटा फूलबारी हो, यही फूलबारीमा धेरै फूल फुलिरहेका हुन्छन् । त्यसैले संसार सुन्दर देखिन्छ । यही फूलबारीमा काँडा पनि फुलिरहेको हुन्छ । मैले यायावर जीवनमा काँडो पनि देखेँ । यो फूल मैले आदिम रूखमा देखेको थिएँ । फूलको मात्र फूलबारी बनाउने विचार हो भयवाद । आँधीहुरी र असिना परेन भने फूल सधैँ मोहक देखिन्छ । यही फूलबारीलाई नयाँबगैँचा बनाउने उपाय लिएर संसारमा आएको छु ।
लेखक आफ्नो नायक मुख्य पात्रका मुखबाट उक्त कुरा व्यक्त गर्छन् । भयलाई चिनाएर भयबाट मुक्ति दिलाउनुलाई “फूलबारी बनाऊ” प्रतीकका माध्यमबाट पस्केका छन् ।

४. केही सम्यक सम्-आलोचना अर्थात- बहिर्गमन
लेखक, विचारक उपन्यासकार, चिन्तक व्यक्तित्व देश सुब्बा कृति आदिवासी र आंशिक अवधारणा पत्र -आंंशिक, अर्थात मेरो अध्ययनमा आदिवासी पहिलो प्राथमिकता गरी अध्ययन गरिएकोले) को अध्ययनबाट नेपाली साहित्यमा एउटा नयाँ विचारको प्रादर्ुभाव भएको कुरा र्सार्वजनिक भएको छ । आदिम कालदेखि नै हामी भित्र रहेको भयले हाम्रो जीवनका हरेक पक्षलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव परेको कुरा “भयवाद” ले र्सार्वजानिक गरेको छ । भय त हामी सँगै थिएछ । त्यसको प्रकट मात्र नभएको रहेछ । आफैलाई आफ्ना विचार, चिन्तन, व्यवहारहरूबाट हर्ेर्ने हो भने भय सहज प्रकट हुँदोरहेछ । भय बुझेपछि भयबाट मुक्त हुन सकिनेरहेछ तर पर्ूण्ात भय मुक्त हुने कुरा सम्भव रहेनछ भन्ने कुरा लेखकको धारणा रहेको छ । भय हुन्छ तर त्यसलाई हर्ेन जान्नु र ध्यान दिनु जरुरी छ । सहस्र बुद्धमा रहेको एक बुद्धको थ्रि डायमन्सन चित्रलाई जस्तो एकचित्त भएर ध्यान पर्ूवक हर्ेदा हामी भयलाई बुझन सक्छौँ भन्ने लेखकीय भयवादी धारणा छ ।

लेखकको भयको उपन्यास भएको भयवादी उपन्यास आदिवासीले उक्त धारणालाई सांस्कृतिक पुनरुत्थानका साथ प्रस्तुत गर्ने जमर्को गरेको छ । हाम्रा आदिम सभ्यतामा रहेका सांस्कृतिक शक्ति, जातीय अस्मिता, प्राचीनतामा रहेको शालीनता, आत्मीयता, उदारतालाई उल्खनन गर्दै मान्छेको मानसिकताबाट मुक्त हुन नसक्ने भयलाई प्रस्तुत गरेका छन् । तर त्यही भयको निर्भयता वा भयबाट मुक्ति प्राप्त गर्ने पहलमा मान्छेले ज्ञान प्राप्त गरेको, मान्छेले विकास गरेको कुरालाई समेत कृतिले प्रतीकात्मक संकेत गरेको छ । कृति हाङयुग अज्ञातका धारणामा किराँती उत्थान, धर्मेन्द्र विक्रम नेम्वाङका धारणामा लिम्बूकी सौर्न्दर्य शास्त्रमा रङ्गवादी विचित्रता र कृष्ण धरावासीको विचारमा सांस्कृतिक पुनरुत्थान र भयको उत्खनन बन्न पुगेको छ ।

लेखकले प्रकटीकरण गरेको भयवादी सोच आदिवासीमा प्रयोग गरेका छन् । यसमा केही टिप्पणी गर्न मिल्ने ठाउँहरू छन् । भयवादको अवधारणा पत्र अध्ययन नगरी उपन्यासबाट भयवादबारे स्पष्ट हुन सकिदैन । अर्थात् भयको दृष्टिकोण कृतिले स्पष्ट पार्न सकेको अनुभूति हुँदैन । भयवादको प्रयोग गर्ने मनसायले मुख्य पात्रलाई बढी प्रायोजित बनाइएको आभास हुन्छ । उसमा अनावश्क बढी भय सन्त्रास उत्पन्न गराइएको र बेहोसीको अवस्थासम्म पुर्‍याइएको छ । बेहोसीको अवस्थामा पुग्ने गरी मानसिक समस्या भोग्नु भनेको विरामी बन्नु पनि हो । भयवादलाई प्रस्तुत गर्ने पात्रलाई सचेत र स्वास्थ्य बनाएर नै आफन्तसँग तार्किक असहमति गराएर पठाएको भएपनि हुन्थ्यो । मानसिक पीडाका कारण घरबाट हिँडाइएको भएपनि हुन्थ्यो जस्तो लाग्छ । उपन्यासको मूललक्ष्य भयवादको प्रकटीकरण हो कि आदिवासीको पुनसंवरण वा दुवै भन्ने कुरामा उपन्यास अलमल भएझैँ प्रतीत हुन्छ । साथै लेखकको सिद्धान्त अनुसार आदिवासी उपन्यास भय बाँकी हेरेेेको छैन तर पात्रको रुपान्तरण चाहि भय छ । आदिवासी शर्ीष्ाक राखेर गरिएको आदिवासीको सांस्कृतिक, जातीय उत्खनन/पुनसंवरण केही सीमित भएझैँ लाग्छ । मिथक, प्रतीक, सांस्कृतिक पर्यावरण जस्ता कुराहरूको र्सार्वभौम आदिवासी भन्दा पनि किराँती आदिवासी भन्ने कुरालाई संकेत गर्छ नै । हुन त र्सार्वभौम चरित्रलाई नै उत्थान गर्न पाएको भए अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ । नेपालमा पनि पुगनपुग सय जति जातजातिको बसोबास छ । ती सबै जातजातिको आ-आफ्नै चरित्र हुन्छ । आदिवासी शब्दको अर्थले त समूह भन्ने अर्थ आउँछ । यसले उत्खनन गरेको आदिवासी किराँती नश्लीय भएकाले सोही शब्दसँग जोडेर आदिवासी भएको भएपनि हुन्थ्यो कि –

आदिवासी भने पछि दक्षिण अफि्रका/अफि्रकातिरका आदिवासीहरूका बारेमा तयार गरिएको वृत्तचित्रको याद आउँछ । त्यतातिरका आदिवासीको धर्मसंस्कृति, रीतिरिवाज आदि कुरालाई छायाँकन गरिएका दृश्यहरू हामीले हेरेका छौँ । जंगलका पशुपंक्षीको सिकार गरेर जीविका निर्वाह गरेको, पूजा उत्सव मनाएको जस्ता दृश्य देखिन्छन् । उनीहरूको आदिम संस्कृति देखाइएको पाइन्छ । पुरुषहरू धनुकाँड बोकेर करिबकरिब नाङ्गै, डोरीले लिङ्गमा बाँधेर कम्मरमा कसेको महिलाहरूले पनि कपडा, रूखका पातबोक्राले गुप्ताङ्ग मात्र छोपेर नानीलाई दूध चुसाइरहेका दृश्यहरूलाई यस कृतिले सम्झना गराएको छ । त्यस्तो नभएपनि त्यस्तै छनक दिने आदिमताको बिम्ब आदिवासीले पस्केको छ ।

विषयगत अध्ययन गरेका विशिष्ट अध्योता, चिन्तक, विचारक, विद्धान्, लेखक देश सुब्बाले दिएको विचार र कृतिलाई यस सानो अध्ययनले निश्चयनै काम गर्न सक्दैन तर सम्बन्धीत क्षेत्रको ढोका भने निश्चय पनि ढकढक्याउँछ भन्ने अनुमान गर्न सकिन्छ । एउटा नयाँ दर्शन/ज्ञानको क्षेत्रको ढोका खोलेर हामी पनि खोज र अध्ययन गर्न प्रतिपादन र प्रकट गर्न सक्छौँ भन्ने चेतना दिएकामा देश सुब्बा प्रति कृतकृत्य हुनै पर्छ । आफ्नै संस्कृति, सभ्यता जाति र भूमिभित्र नै हाम्रा अस्तित्व छन् भनेर बाटो खोज्न पाठक, अध्येता, लेखकलाई मार्ग प्रशस्त गरेकामा लेखक सुब्बालाई धन्यवाद टक्रयाउँनै पर्छ । पाठकहरू बौद्धिक र सचेत हुँदाहुँदै पनि सबै कुरा बुझनलाई आज “फाष्ट फुड” संस्कृतिमा समयको अभाब रहने हुनाले मिथकहरूलाई फुटनोटमा शब्दार्थ र भावार्थ समेत दिएको भए हुन्थ्यो भन्दै विषयगत अध्ययनको उपासना आदिवासीका लागि लेखक देश सुब्बालाई साप्रवाद दिन्छु ।


अस्थिर कुटी, दमक दमक क्याम्पस, दमक २०६५/४/१७
९८४२६३०४१४
(२०६५।४।१८मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )

(स्रोत : Dobato)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.